काठमाडौँ । सभामुख ओनसरी घर्ती र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसबीच भेटवार्ता भएको छ ।सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा सभामुख घर्तीले बेलायतले लामो समयदेखि नेपालको विकास निमार्णमा सहयोग गरेको स्मरण गर्दै विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा बेलायत सरकारबाट महत्वपूर्ण सहयोग हुने आशा व्यक्त गरे।
उनले नेपाल र बेलायतबीचको आर्थिक, सामाजिक र राजनीतिक सम्बन्ध प्राचिनकालदेखि नै रहेको स्मरण गर्दै नेपाल र बेलायतको संसद सदस्य भ्रमणको आदनप्रदानलाई निरन्तरता दिँदै दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्नुपर्ने विचार व्यक्त गरे ।
बेलायत सरकारले नयाँ संविधानको स्वागत गरेकोमा खुसी र आभार व्यक्त गर्दै सभामुख घर्तीले नेपाल र बेलायती संसदबीचको सम्बन्धलाई आफ्नो कार्यकालमा अझ प्रगाढ बनाउन आफू उत्सुक रहेको उल्लेख गरिन् ।
राजदूत रिचार्डले घर्तीलाई सभामुख पदमा निर्वाचित भएकोमा बधाई र शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सहयोग र मित्रता बढ्दै जाने विश्वास व्यक्त गरेको संसद सचिवालयले जनाएको छ ।
सो अवसरमा राजदुतले नेपालको नयाँ संविधानको स्वागत गर्दै संविधान निर्माण नेपालको इतिहासमा कोशेढुङ्गा सावित भएको विचार व्यक्त गर्नुभयो ।
उनले नेपालमा परेको भूकम्पको महाविपत्तिका बेला आठ करोड पाउन्ड जम्मा गरी भूकम्पपीडितलाई पठाएको जानकारी गराउँदै जनतालाई राहत प्रदान गर्न र पुनःनिर्माणमा सहयोग गर्न बेलायत तयार रहेको बताए।
उनले बेलायत र नेपालबीचको कूटनीतिक सम्बन्धको २०० औं वर्षगाठका अवसरमा नेपालको संसदीय टोलीलाई भ्रमणका लागि बेलायतले निम्तो दिने तथा नेपालको संसद र बेलायतको संसदबीच भ्रमण आदानप्रदान गर्दै लैजानुपर्ने र यसले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने धारणा व्यक्त गरे ।
संसदमा पेस भएको पुनःनिमाणको विधेयकसहित अन्य विचाराधिन विधेयकबारेसमेत राजदूतले चासो राखेका थिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: