Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

भ्रष्टाचार नियन्त्रणका लागि दृढ सङ्कल्प गरौँ -प्रधानमन्त्री

[caption id=\"attachment_49682\" align=\"aligncenter\" width=\"1800\"]\"e|i6frf/ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि दृढ सङ्कल्प गर्नुपर्ने समय आएको बताएका छन् ।भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार काठमाडौंमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।[/caption]

“भ्रष्टाचार नियन्त्रणका लागि हाम्रो व्यवहारमा सुधार ल्याउनुपर्छ, दिउँसो घन्टी झुन्ड्याउने र राति मुसा खाने बिरालाको प्रवृत्ति अन्त्य नभएसम्म भ्रष्टाचार कम गर्न गाह्रो हुन्छ, मुखले भ्रष्टाचार नियन्त्रणको कुरा गरे पनि व्यवहारमा उतार्न नसक्दा कम हुन सकेको छैन, अब कम गर्ने सङ्कल्प गरौँ”– उनले भने।

नेपालमा भ्रष्टाचारविरुद्धको चेत पृथ्वीनारायण शाहको पालादेखि नै आए पनि अझै कम हुन नसकेकाले जसरी पैसा कमाए पनि पैसा हुनेलाई मान सम्मान गर्ने सामाजिक परम्परा तोड्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

भ्रष्टाचारलाई अन्त्यका लागि सामाजिक जागरण ल्याउनु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।भ्रष्टाचार नियन्त्रणका संस्था राजनीतिक अस्त्रका रुपमा प्रयोग हुन नहुने र कानुनी व्यवस्थालाई सहीरुपमा कार्यान्वयनमा ल्याइनुपर्ने उउनले बताए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले नीतिगत, कानुनी र संरचना भए पनि कार्यान्वयनमा समस्या भएकाले भ्रष्टाचार कम हुन नसकेको बताए ।

“सरकारका वार्षिक दस्तावेजमा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकताका साथ राखिएको छ, संविधानसभाबाट जारी भएको संविधानमा पनि सुशासन प्रवद्र्धनलाई उच्च प्राथमिकता दिइएकाले अब कार्यान्वयनमा जोड दिइनुपर्छ”–उनले भने ।

मुख्यसचिव डा सोमलाल सुवेदीले भ्रष्टाचार विरुद्धको महासन्धिको व्यवस्था लागू गराउनका लागि कार्ययोजना बनाएर अघि बढ्न लागिएको जानकारी गराए ।

निमित्त महालेखा परीक्षक सुकदेव खत्रीले भ्रष्टाचार नियन्त्रणका लागि व्यक्तिको आचरण शुद्धीकरण गरिनुपर्ने धारणा राखे । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष भरतबहादुर थापाले नेपालमा भ्रष्टाचारले सबै क्षेत्रमा प्रभाव पारेकाले यसको न्यूनीकरणका लागि भएका व्यवस्था कार्यान्वनयन गर्न सरकार अग्रसर हुनुपर्नेमा जोड दिए ।

संयुक्त राष्ट्र सङ्घले सन् २००३ देखि यो दिवस मनाउन सुरु गरेको हो । दिवसमा यस वर्षको नारा ‘भ्रष्टाचारको जालो तोडौँ’ रहेको छ ।नेपालमा यो दिवस विसं २०६४ देखि मनाउन थालिएको सो अवसरमा जानकारी गराइएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy