Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

शनिबार बिहान दलबीच औपचारिक वार्ता

काठमाडाैं, एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र सत्तापक्षबीच शनिबार बिहान औपचारिक वार्ता हुने भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्ताले शनिबार बिहान औपचारिक वार्ता गर्ने सहमति गरेको हो । ‘भोलि (शनिबार) बिहान ९ बजे ३० दलीय मोर्चा र सरकारबीच औपचारिक वार्ता हुने भएको छ।’ प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले खबरडबलीसँग भने । दुई नेताबीच सहमति भएसँगै आठ माघदेखि रोकिएको राजनीतिक गतिरोधले निकास पाउने भएको छ । दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा दुई घण्टा कुराकानी भएको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले पनि शनिबार दलबीच औपचारिक वार्ता गर्ने सहमति भएको जानकारी दिए । ‘शनिबार चार पक्षबीच औपचारिक वार्ता गर्ने सहमति भएको छ ।’ अधिकारीले खबरडबलीसँग भने, ‘औपचारिक वार्ता सुरु हुने भएपछि संविधान निर्माण प्रक्रियाले अब गति लिन्छ ।\' सहमतीय प्रक्रियाबाट संविधान बनाउनुपर्ने माग गर्दै आएको ३० दलीय मोर्चा प्रक्रिया रोक्नुपर्ने पक्षमा छ । तर, कांग्रेस एमाले सबै विषयको टुंगो ‘वार्ताको टेबुल’बाट गर्नुपर्ने पक्षमा छन् । मोर्चाले प्रश्नावलीसमितिले बनाएको प्रश्न खारेजीको माग गर्दै आएको छ । तर, सत्तारुढ दल दलबीच कुरा मिलेपछि सोही विषय संविधानसभामा अघि बढ्ने भन्दै त्यससको औचित्य नभएको दाबी गर्दै आएका छन् । एक वर्षमा संविधान नआएको र प्रक्रिया पनि अघि नबढेपछि सत्तारुढ दुई दल तत्काल औपचारिक वार्ता गरी विवादित विषयमा सहमति खोज्न विपक्षी मोर्चालाई दबाब दिंदै आएका थिए । चैतभित्र संविधानको पहिलो मस्यौदा ल्याउने गरी कांग्रेस एमाले संविधान निर्माण प्रक्रियालाई अघि बढाउनुपर्ने पक्षमा छन् । वार्ता हुने भएपछि अब विभिन्न बहानामा सहमतिको प्रयास रोकिन नहुने उनीहरुको मत छ । एमाओवादीसहितका मधेसी दल विगतका सहमति र सम्झौतका आधारमा सहमतीय प्रक्रियाबाट संविधान बनाउनुपर्ने पक्षमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy