Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

विमानस्थल आक्रमणको संयुक्त राष्ट्र संघद्वारा निन्दा

\"moon\"अफगानिस्तान । अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा अवस्थित कान्दाहार विमानस्थलमा गत मङ्गलबार राति तालिवान आतङ्ककारीले गरेको आक्रमणको युनाइटेड नेसन्स् असिस्टन्स् मिसन इन अफगानिस्तान ९युएनएएमसी० ले कडा शब्दमा निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघले बिहीबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी दिएको छ । सो आक्रमणमा परी चार बालबालिकासहित ३९ सर्वसाधारणको मृत्यु भएको जनाइएको छ । यस आक्रमण कम्तीमा २३ सर्वसधारण घाइते भएका बताइएको छ । त्यस आक्रमणको तालिवानले जिम्मा लिएको छ । मङ्गलबार रातिदेखि लिएर बुधबार अपराह्नसम्म भएको यस भीषण आक्रमणमा नजिकैको आवासीय भवनहरु र पसलहरु समेत क्षतिग्रस्त भएको बताइएको छ । यस आक्रमणमा कैयौँको सङ्ख्यामा आतङ्ककारी मारिएको सरकारी दाबी रहेको थियो । तर पनि मारिनेमा धेरैजसो सर्वसाधारण नागरिक नै परेका बताइएको छ । कान्दाहार प्रान्तका सैनिक कमान्डर दउद साह वफादारले यस आक्रमणमा ११ जना आत्मघाती आक्रमणकारीलगायत ५० व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् । सो इलाकामा मङ्गलबार रातिदेखि तालिवानहरुले विमानस्थलको बाहिरी भू–भागलाई घेरामा हालेर विस्फोट सुरु गरेका थिए । आक्रमण भएको सो इलाका नेटो शिविरसँग जोडिएको बताइएको छ । ती हतियारधारीले उक्त विमानस्थलका साथै सँगै रहेको नेटो सेनाको शिविरलाई पनि हमला गर्ने लक्ष्य लिएका थिए । उक्त क्षेत्रलाई बिहीबार बिहानीपखदेखि सेनाले पूर्णरुपमा नियन्त्रणमा लिएको बताएको छ । त्यसपश्चात अफगान सेनाले तालिवानविरुद्धको कारबाहीलाई तीब्र बनाएको हो । संयुक्त राष्ट्रसङ्घीय मिसनले यस आक्रमणमा मारिएका निर्दोष नागरिकका परिवारप्रति पनि समवेदना प्रकट गरेको छ । रासस÷सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies