मंसिर २५ गते, २०७२ शुक्रवार 11th December, 2015 Fri१७:०७:५६ मा प्रकाशित
काठमाडौं । नेपालीले दुवै छाक भात खाने बानीमा परिवर्तन नल्याउने हो भने मुलुकमा यसवर्ष चामल आयात दोब्बरले वृद्धि हुने भएको छ ।
गतवर्ष नेपालले भारतबाट करिब २३ अर्बको चामल आयात गरेको थियो । प्रमुख दोस्रो खाद्यन्नबाली गहुँको उत्पादन गतवर्ष करिब १७ लाख मेट्रिक टन भएकोमा खपत झण्डै नौँ लाख मेट्रिक टन भई आठ लाख मेट्रिक टन गहुँबचत हुन गएको थियो ।
गतवर्ष नेपालले पाँच अर्ब ७६ करोडको मकै कुखुराको दाना बनाउन भारतबाट आयात गरेको थियो । दैनिक खाद्य प्रयोजनका लागि मकै आयात गर्नुपदैन । मीठो खाने बानी र पकाउन सजिलो भएकाले आम नेपाली, मकै र गहुँको परिकार रुचाउँदैनन् । ‘दुवैछाक भात खानु स्वास्थ्यका लागि हितकारी छैन’ डा भूषण श्रेष्ठले भने ।
कम्तीमा दिनमा एकछाक मकैको ढिँडो, गहुँ, फापर तथा जौको रोटी खानेलाई मधुमेहको रोग नलाग्ने डा श्रेष्ठको दाबी छ । गहुँको रोटी, मकैको ढिँडो खाने बानीमा ह्रास आएकाले चामल आयातमा क्रमशः वृद्धि हँुदै गएको कृषि विकास मन्त्रालयका सहसचिव सुरज पोखरेलले राससलाई बताए ।
कुल गाह्र्रस्थ उत्पादनमा कृषि क्षेत्रको ३३ प्रतिशतमध्ये धानको मात्र २१ प्रतिशत योगदान छ ।धान नेपालको प्रमुख खाद्यन्नबाली हो । धानको उत्पादन बढ्दा कूल गाह्र्रस्थ उत्पादनमा टेवा पुग्दछ भने घट्दा आर्थिक स्थिति तल झर्छ । नेपालमा चैते धान, बर्षे धान र घैँया धानखेती हुँदै आएको छ ।
भोजनका बानीमा परिवर्तन ल्याउनुपर्छ तर धानको उत्पादनमा गिरावट आउनु दुर्भाग्यपूर्ण भएको वरिष्ठ धान विशेषज्ञ भोलामान सिंह बस्नेत बताउँछन् । विसं २०३५ सम्म धान, चामल, निर्यात गर्न यहाँ सात÷आठवटा धान चामल कम्पनीको स्थापना गरिएको थियो । तर ३७ वर्षपछि नेपाल धान चामल आयात गर्ने देशमा गणना भएको छ ।
हालै कृषि विकास मन्त्रालयले बालीनालीको स्थितिलाई दुर्भाग्यपूर्ण भनेको छ । सो मन्त्रालयले कृषि विकास विभाग, क्षेत्रीय कृषि विकास निर्देशनालय, जिल्ला कृषि विकास कार्यालय, विश्व खाध्य कार्यक्रम, विश्व खाद्य सङ्गठन इसिमोड, सिमिट र इरीलगायतका संस्थाबाट प्राप्त तथ्याङ्कलाईसमेत आधार मानी धान उत्पादकत्व वृद्धिलाई दुर्भाग्यपूर्ण भनेको हो ।
गत वर्षको तुलनामा यसवर्ष धानको उत्पादनमा १० प्रतिशत अर्थात करिब चार लाख ९० हजार मेट्रिक टनले घट्नगई यसवर्ष ४२ लाख ९९ हजार मेट्रिक टनमा सीमित हुन गयो । गतवर्ष धानको उत्पादन ४७ लाख ८८ हजार मेट्रिक टन थियो । कृषि विकास मन्त्रालयका सहसचिव डा।सुरज पोखरेलका अनुसार धानको उत्पादनमा ह्रास आउनुको मुख्य कारणमा समयमा रोपाइँ नुहुनु र रासायनिक मलको ढुवानी हुन नसक्नु हो ।
धानखेती हुने जमिन क्रमशः बाँझिदै गएको छ । यसवर्ष ६१ हजार हेक्टर धानखेत हुुने जमिन बाँझो भयो । झण्डै एक रोपनी जमिनमा सरदर १५० किलो धान उत्पादन हुन्छ । यसरी गणना गर्दा कूूल बाँझो जमिन १२ लाख २० हजार रोपनीमा १८ करोड ३० लाख किलो धान अर्थात अहिलेको प्रचलित बजारमूल्य प्रतिकिलो रु २५ का दरले रु चार अर्ब ५७ करोड ५० लाखको धान उत्पादन हुने खेत बाँझै हुनु दुर्भाग्यपूर्ण हो ।
कृषि विकास मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार किलो छ । गत वर्ष भन्दा यस वर्ष जमिन बाँझो राख्ने प्रचलनमा कमी आएको छ । गत वर्ष धान उत्पादन हुने ६५ हजार हेक्टर जमिन बाँझो थियो । राष्ट्रिय कृषि गणना २०६८ मा दश वर्षमा एक लाख २९ हजार हेक्टर उर्वर जमिन बाँझो भएको तथा एक लाख १६ हजारले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको उल्लेख छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: