मंसिर २६ गते, २०७२ शनिवार 12th December, 2015 Sat१३:०४:०३ मा प्रकाशित
काठमाडौं । भारतले गरेको नाकाबन्दीको मार सबैभन्दा बढी विद्यार्थी वर्गलाई परेको छ । नाकाबन्दीको कारण इन्धन अभावले सबैलाई समस्या भए पनि बढी मार विद्यार्थीलाई परेको छ ।
सबैभन्दा बढी राजधानीमा रहेका विद्यार्थीहरुलाई समस्या भएको छ । दुई महिनाभन्दा बढी समयदेखि खाना पकाउने ग्यासको अभाव छ । ग्यास अभावले विजुलीमा काम चलाउन पनि सबैलाई सम्भव छैन । नाकाबन्दीको कारण देखाएर बजार भाउ आकाशिएको छ । तोकिएको मूल्यमा बजारमा कुनै पनि सामान पाइन छाडेको छ ।
‘दुई महिनाअघिदेखि ग्यास सकिएको छ,’ काठमाडौंमा अध्ययनरत गुल्मीका लक्ष्मण सुवेदीले भने, ‘ग्यास नभए पनि बिजुलीबाटै काम चलाउँ भनेको घरबेटीले दिँदैनन् ।’ कोठामा हिटर बाल्न नपाएपछि होटलमा खाना खानुपर्ने बाध्यता रहेको उनले सुनाए । होटलमा पनि महंगोमा दाउरा किनेर बाल्नु परेको सुनाउँदै हरेक वस्तुको भाउ बढाएका छन् ।
पढाइ अनियमित, तेल भर्न भन्दै विद्यालय बन्द
तेल अभावकै कारण विद्यालय तथा क्याम्पसमा नियमित पढाइ हुन छाडेको छ । दशैं तिहारपछि पनि नाकाबन्दीको कारण समस्या भएको भन्दै निजी विद्यालयहरु धेरै दिन बन्द गरिए । स्कुल बसबाट विद्यार्थी ओसार्नु परेकोले समस्या भएको भन्दै विद्यालय अनियमित सञ्चालन हुने गरेको छ । अभावकै कारण सरकारी क्याम्पसहरुमा विद्यार्थीहरु कम देखिन्छन् ।
नेपाल आयल निगमले विद्यालय बसहरुलाई पनि आलोपालो तेल दिने भएकाले तेलको लाइनमा बस्नुपर्ने भन्दै निजी विद्यालयहरु घोषित रुपमा नै बन्द गर्ने गरिएको छ । कलंकीस्थित पिनाकल स्कुलले गत विहीबार तेल लिने पालो परेकाले विद्यालय बन्द गरिने भन्दै अभिभावकलाई पत्र नै पठाएको थियो ।
ट्रान्सफर्मर पड्किएर अन्धकार
केही दिनयता राजधानीका विभिन्न ठाउँमा बत्ती बल्न छाडेको छ । खाना पकाउने ग्यासको अभावमा सबैका घरमा हिटर बल्न थालेपछि धमाधम ट्रान्सफर्मर जल्न थालेका छन् ।
हरेकले हिटर प्रयोग गर्न थालेपछि लोड धान्न नसकेर ट्रान्सफर्मर पड्किने गरेको विद्युत प्राधिकरणले जनाएको छ ।
खाना पकाउने ग्यासको अभावमा ३५० मेघावाट थप भार परेको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार राजधानीमा ६५ भन्दा बढी ट्रान्सफर्मर पड्किसकेको छ । ट्रान्सफर्मर पड्किएपछि हप्तौसम्म विजुली नआउँदा अन्धकारमा मात्र होइन, भोकभोकै बस्नुपर्ने अवस्था आएको छ ।
विद्यार्थीले सहुलियत पाएनन्
नाकाबन्दीको कारण जनाउँदै विद्यार्थीहरुले कुनै पनि सवारी साधनमा सहुलियत पाउन छाडेका छन् । यसअघि विद्यार्थीहरुले ४५ प्रतिशत गाडीभाडा सहुलियत पाउँदै आएकोमा नाकाबन्दीको कारण देखाउँदा यातायात ब्यवसायीहरुले सहुलियत दिन छाडेका छन् ।
विद्यार्थीहरुका लागि ४५ प्रतिशत विद्यार्थी सहुलियत कार्यान्वनयमा आइसकेकोले सहुलियत निर्णय नभएको यातायात समितिका पदाधिकारीहरु बताउँछन् । सहुलियत नदिने भन्ने कुनै निर्णय नभएको तर विद्यार्थीहरुले नै समस्या बुझेर सहुलियत नलिएको हुनसक्ने ब्यवसायीहरु बताउँछन् ।
नाकाबन्दीका कारण इन्धन अभाव भए पनि सार्वजनिक सवारी साधन सञ्चालनमा समस्या नआओस् भनेर नै निजी सवारीलाई तेल नदिएर सार्वजनिक सवारीलाई आलोपालो मिलाएर तेल वितरण भइरहेको छ । त्यसैले सार्वजनिक सवारीका लागि महंगो शुल्कमा पनि तेल किन्नु परेको छैन । उनीहरुले पालोअनुसार पूरानै मूल्यमा तेल पाएर पनि विद्यार्थीलाई सहुलियत नदिनु गलत भएको विद्यार्थी नेताहरु बताउँछन् ।
इन्धन अभावकै कारण राजधानीमै ट्राफिक प्रहरी महाशाखाले नै छतमा झुण्डिएर तथा जस्तोसुकै जोखिमयुक्त यात्रा गर्न पनि छुट दिएको छ । त्यसैको फाइदा उठाएर यातायात कर्मचारीहरुले विद्यार्थीहरुलाई छतमा चढ्न लगाउँछन् ।
‘अरु यात्रुलाई चढाउन भन्दै हामीलाई गाडीभित्र बस्न दिँदैनन्,’ बानेश्वरमा बस्दै आएका विद्यार्थी सचिन खनालले भने, ‘विद्यार्थी भनेर छतमा पठाइए पनि सहुलियतसमेत छैन भन्छन् ।’ महंगोमा डिजल किन्नुपरेकोले नाकाबन्दी हुन्जेल सहुलियत नहुने यातायात कर्मचारीहरु बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: