Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सरकारले इजरायल कामदार पठाउने प्रक्रिया लम्बियो

\"Isreal\"काठमाडौँ । इजरायलमा रोजगारीका लागि नेपालबाट ३०० घरेलु कामदार पठाउने प्रक्रिया लम्बिएको छ । इजरायल जान चाहने घरेलु कामदारका लागि यसअघि वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले निकालेको सूचनामा तीन महिनाको तालिम लिएको हुनुपर्ने प्रावधानको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छनोट प्रक्रिया लम्बिएको हो ।

सो प्रावधानका कारण सीमित म्यानपावर कम्पनीले मात्रै इजरायलमा कामदार पठाउन पाउने र २०६८ सालभन्दाअघि तालिम लिएकाले मात्रै रोजगारीमा जान पाउने अवस्था आएको भन्दै उजुरी परेपछि आयोगले अन्य आवेदकले पनि जान पाउने गरी प्रस्ताव संशोधन गर्न निर्देशन दिएको थियो ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यले आवेदन दिएकामध्ये १४५ जना नर्सको हकमा तत्काल प्रक्रिया सुरु गरिने अन्यको हकमा तीन महिना तालिम लिएपछि मात्रै जान पाउने गरी काम अगाडि बढाइएको जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस तयारी

श्रम तथा रोजगार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गोविन्दमणि भुर्तेलले आगामी पुस ३ गते अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस विविध कार्यक्रम गरी मनाइन लागेको जानकारी दिए ।

सबैभन्दा बढी विदेशमा कामदार जाने २७ जिल्लामा मन्त्रालय र विभिन्न सङ्घ सङ्गठनले ¥याली, अन्तक्र्रिया, सडकनाटक, निबन्ध प्रतियोगितालगायतका जनचेतनामूलक कार्यक्रम गरी साताव्यापी रुपमा मनाउने तयारी गरिएको उनले बताए ।

राजधानीमा दिवसका दिन भृकुटीमण्डपमा प्रभातफेरी तथा विविध कार्यक्रम आयोजना गर्न लागिएको छ । हाल विश्वभर २३ करोड २० लाख मानिस आप्रवासीका रुपमा रहेका छन् ।

वैदेशिक रोजगारीमा रहँदा पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम् मानवअधिकार प्राप्ति आदिमा आप्रवासी कामदार भएकै कारण विभेद् नहोस् भनी संयुक्त राष्ट्रसङ्घले आप्रवासी कामदारको हकसम्बन्धी महासन्धि पारित गरेको दिन डिसेम्बर १८ लाई आप्रवासी कामदार दिवसका रुपमा मनाउने गरिएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies