Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

मधेसी जनताको सोझोपनलाई ठालुहरुले गुमेको सत्ता पुनः स्थापना गर्ने हतियार बनाए – भट्टराई

\"Yogeshपोखरा । नेकपा एमाले का सचिव योगेश भट्टराईले मधेसी जनताको सोझोपनलाई मधेसका ठालुहरुले उपयोग गरेको बताएका छन् । उनले भने – मधेसमा संविधानको विषयमा भ्रम छरिएको छ , मधेसी सर्वसाधारणको सोझोपनलाई त्यहाँ लामो समयदेखि सत्ताको हालीमुहाली गरेका ठालुहरूले आफ्नो सत्ताको पुनःस्थापनाका लागि मधेस विद्रोहमा उपयोग गरेका छन् । त्यहाँ ठालु र सर्वसाधारणलाई छुट्याउनु आवश्यक छ ।’ नेपालमा जारी समस्या समाधानका लागि एमाले नेतृत्वको सरकार उच्चस्तरीय ढङ्गबाट लागिपरेको बताएका छन् । प्रेस चौतारी नेपाल, कास्की द्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले समस्या समाधानका लागि जारी प्रयत्न सकारात्मक रूपमा बढेको छ बताए । समस्याको समाधान गर्ने सम्बन्धमा सरकारले संविधान संशोधनको विधेयक अघि बढाउन लागेको उल्लेख गर्दै उनले देशको आन्तरिक समस्या समाधान गर्न नेपालीहरू आफैँ सक्षम भएको बताए । सीमाङ्कन अहिले नै हेरफेर नहुने भन्दै उनले यस विषयलाई निष्कर्षमा पु¥याउन संवैधानिक रूपमा नै व्यवस्था गरिएको सङ्घीय आयोगमा जानुपर्ने वा राजनीतिक तहबाट समाधानका लागि संसदीय वा राजनीतिक समिति बनाउने कुरामा आन्दोलनरत दल सहमत हुनुपर्ने बताए । नेपाली काँग्रेसले संसद्मा गरेको अवरोध असान्दर्भिक भएको बताउँदै सचिव भट्टराईले मधेसी मोर्चा पनि पुनःनिर्माण प्राधिकरण विधेयक पास गर्न सहमत भएका अवस्थामा संसद् खुलाउन सहयोग गर्नुपर्नेमा जोड दिए । उत्तरतर्फका नाका खोल्न प्रयत्न भइरहेको भन्दै उनले चीनसँग पेट्रोलियम पदार्थको व्यापार गर्ने सम्झौता हालसम्म नभएको र त्यो सम्झौता अर्को हप्तामा हुने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE