Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

एसएलसीमा डि र त्योभन्दा कम श्रेणीकाले चाहेमा पुनः परीक्षा दिनसक्ने

[caption id=\"attachment_7929\" align=\"alignleft\" width=\"400\"]\"file file photo[/caption] काठमाडौं  । लेटर ग्रेडिङ प्रणाली ९अक्षराङ्कन पद्धति० अनुसार डि र डिभन्दा तल्लो ग्रेड प्राप्त गरेको विद्यार्थीले कुनै दुई वा त्योभन्दा बढी विषयमा माथिल्लो ग्रेड प्राप्तिका लागि पुनः मूल्याङ्कन गराउन चाहेमा आगामी वर्षको एसएलसी परीक्षा दिन पाउनेछन् । शिक्षा मन्त्रालयले भर्खरै कार्यान्वयनमा ल्याएको विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि–२०७२ मा यसै वर्षदेखि एसएलसी परीक्षामा लागू गरिन लागेको लेटर ग्रेडिङ् प्रणालीअनुसार प्राप्त हुने श्रेणीमा विद्यार्थीलाई चित्त नबुझेमा पुनः मूल्याङ्कन गराउनसक्ने व्यवस्था रहेको छ । लेटर ग्रेडिङ प्रणाली क्रमशः अन्य तह तथा कक्षामा समेत लागू गरिनेछ । यस क्रममा कक्षा १ देखि ७ सम्म लागू भएको निरन्तर विद्यार्थी मूल्याङ्कन प्रक्रियामा हाल कायम रहेको प्राप्ताङ्कको तीनवटा वर्गान्तरलाई उक्त प्रणालीमा कायम गरिएका वर्गान्तर सरह बनाई सिकाइका लागि मूल्याङ्कन प्रक्रियामा जोडिनेछ । यसका लागि शिक्षा विभागले सहजीकरण गर्नेछ भने विद्यार्थी मूल्याङ्कनमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट स्वीकृत नीति कार्यान्वयन गरी सहजीकरण र प्राविधिक सहयोगसमेत प्रदान गर्नेछ । परीक्षा नियन्त्रण कार्यालयले ग्रेडिङ प्रणाली कार्यान्वयन गर्नेछ भने यसका लागि विद्यार्थी, शिक्षक, विद्यालय र जिल्ला शिक्षा कार्यालयलाई आवश्यक निर्देशन र समन्वय गर्नेछ । क्षेत्रीय शिक्षा निर्देशनालयले कार्यान्वयनका बेला आवश्यक सहजीकरण र अनुगमन गर्नेछ । लेटर ग्रेडिङ प्रणालीअनुसार ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डि, इ  र एन श्रेणी छुट्याइएको छ । ९० देखि १०० अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए प्लस श्रेणी दिइन्छ । ८० देखि ८९ अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए, ७० देखि ७९ सम्म अङ्क प्राप्त गर्नेलाई बी प्लस, ६० देखि ६९ सम्मकालाई बी, ५० देखि ५९ सम्मकालाई सी प्लस, ४० देखि ४९ सम्मकालाई सी, ३० देखि ३९ सम्मलाई डी, २० देखि २९ सम्मलाई इ र १ देखि १९ सम्मलाई एन अर्थात् ‘नो ग्रेड’ श्रेणी राखिएको छ । शिक्षा मन्त्रालयले गत मङ्सिर २६ गते अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि–२०७२ लाई स्वीकृत गरेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE