Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

भूकम्प पीडितले घर बनाउन २ लाख अनुदान पाउने

काठमाडौं । सरकारले भूकम्पका कारण पूर्णरुपमा घर क्षति भएका करिब ५ लाख परिवारलाई घर बनाउन २ लाख रूपैयाँ अनुदान दिने तयारी गरेको छ । सरकारले भूकम्प प्रभावित व्यक्तिहरुलाई भूकम्प प्रतिरोधी घरको नमूना पनि दिनेछ । उक्त घर दुई लाख रुपैयाँमा तयार हुने छ । दुई लाख भन्दा धेरै खर्चेर घर बनाउन चाहनेहरुले भने थप रकम आफै व्यहोर्नुपर्नेछ तर, घरको नमूना भने सरकारले भनेजस्तै हुनुपर्नेछ ।

[caption id=\"attachment_50993\" align=\"alignleft\" width=\"550\"]\"House-Model-No.-1\" सरकारले बनाएको भूकम्प प्रतिरोधी घरको पहिलो नमूना[/caption]

सरकारले बनाएको ‘भूकम्पबाट पूर्ण रूपमा क्षति भएका आवास पुननिर्माण अनुदान वितरण कार्यविधि–२०७२’ बनाएको छ । उक्त कार्यविधिअनुसार भूकम्प पीडितहरुलाई घर बनाउन २ लाख रुपैयाँ दिने व्यवस्था छ ।

पीडितको रोजाई अनुसारको घर

सरकारले यसअघिको ‘भूकम्पबाट पूर्ण रुपमा क्षति भएका आवास पुनर्निर्माणका अनुदान सहायता प्रवाह कार्यविधि–२०७२’ को आलोचना भएपछि नयाँ कार्यविधि ल्याएको हो । यस अघिको कार्यविधिमा सहरी क्षेत्रमा २५ लाख र ग्रामिण क्षेत्रमा १५ लाख सहुलियत ऋण लिने भूकम्प पीडितले अनुदान पाउने व्यवस्था गरिएको थिएन । पीडितले कि त २ लाख अनुदान कि ऋण मात्र लिन पाउने व्यवस्था थियो ।

सहरी विकास मन्त्रालयको पहलमा प्रधानमन्त्री कार्यालय, योजना आयोग, स्थानीय विकास मन्त्रालय, अर्थमन्त्रालय र गृह मन्त्रालयबीच छलफल भएर पुरानो कार्यविधिलाई परिमार्जन गरि ल्याइएको नयाँ कार्यविधिअनुसार अनुदान रकम स्थानीय विकास मन्त्रालयले व्यवस्था गर्ने छ । घरको नक्सा तथा डिजाइनसहित प्राविधिक पक्ष सहरी विकास मन्त्रालयले हेर्नेछ । भवन निर्माण विभाग अन्तरगतको डिभिजन कार्यालयले उपलब्ध गराउने भूकम्प प्रतिरोधी घरका डिजाइनमध्येबाट पीडितले छान्नु पर्नेछ । यसमा कोठाको नाप र कोठाको संख्या आवश्यकता अनुसार थपघट गर्न सकिने छ ।

नयाँ कार्यविधिमा भूकम्प पीडित सबैले २ लाख अनुदानका साथै २ प्रतिशत ब्याज दरमा ३ लाख रूपैयाँ सहुलियत ऋण पाउने छन् । पहिले दिने भनिएको १५ लाख र २५ लाख रूपैयाँ सहुलियत ऋण भने बैकले माग्ने धरौटी राखेर मात्र पाइनेछ ।

एक भन्दा धेरै घर भएकाले पनि अनुदान पाउने

२ लाख अनुदान रकम तीन किस्तामा पाइनेछ । पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा एक लाख र अन्तिम किस्तामा ५० हजार अनुदान वितरण गरिनेछ ।

दुई वा त्योभन्दा धेरै घर भत्किएकाले पनि एउटा घरका लागि मात्र अनुदान पाउने छन् । धेरै ठाउँमा घर हुनेको एक स्थानको घर भत्किएको तर अर्को स्थानको सग्लै छ भने त्यस्ता पीडितले अनुदान पाउने छैनन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE