Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

डिस्कोबाटै युवतीको किनबेच र जवानीको मोलमोलाई

\"disko\"काठमाडौं । राजधानीको व्यापारिक केन्द्र दरबारमार्गमा रहेको रात्रि क्लब भिक्टोरी डिस्कोमा नेपाली युवतीहरुको किनबेच तथा उनीहरुको जवानीको खुल्लमखुल्ला मोलमोलाई हुने गरेको रहस्य सार्वजनिक भएको छ । स्रोतका अनुसार आफूूलार्ई ‘डन’ दाबी गर्ने उक्त डिस्कोका सञ्चालक राम गिरीले देहव्यापार तथा अफ्रिकी मुलुकका डान्सबारको नाममा नेपाली युवतीहरुको तस्करी र नेपालको कलाक्षेत्रमा मोडेलिङमा लागेका नेपानी तथा रसियाली युवतीहरुलाई प्रयोग गरेर देहव्यापारको भीआईपी ¥याकेट सञ्चालन गरेको खुल्न आएको छ । उपत्यकाको रात्रिकालीन व्यवसायमा लुट मच्चाएर अर्बौँको अकूूत सम्पत्ति जोड्न सफल भएका डिस्को सञ्चालक गिरीले आफ्ना सहयोगीहरु परिचालन गरेर नेपाली कलाक्षेत्रमा आबद्ध मोडेल युवतीहरु तथा विभिन्न आवरणमा देहव्यापारमा संलग्न महिला तथा युवतीहरुलाई डिस्कोमा सित्तैमा प्रवेश गराउँदै डिस्कोमा आउने धनाढ्य व्यापारीहरुलाई मोजमस्तीको लागि युवती मिलाइदिने र पछि तिनै युवतीहरुलार्ई प्रयोग गरेर व्यापारीहरुसँग ब्ल्याकमेल गर्ने गरेको उक्त डिस्कोको सुरक्षामा खटिएका एक कर्मचारीले नाम नछाप्ने शर्तमा जानकारी दिए । पछिल्लो महिना महानगरीय प्रहरीपरिसर ललितपुरले एक युवतीको जाहेरीको आधारमा घरजग्गा व्यवसायी भूूषण थापालाई जबर्जस्ती करणी मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा जाहेरी दिने ती युवती पनि गिरीको उक्त डिस्कोमा बस्ने गरेको र त्यहाँबाटै मनोरञ्जनको लागि आउने धनाढ्य व्यापारीसँग सम्बन्ध विस्तार गर्दै ‘ब्ल्याकमेल’ गरेर रकम असुल्ने गरेको खुल्न आएको ललितपुर प्रहरी स्रोत बताउँछ । उक्त मुद्दामा ती युवतीले जबर्जस्ती करणीमा प्रतिवादी बनाइएका व्यवसायी थापासँग सहमतिमै शारीरिक सम्बन्ध राखेको र पछि थापाको आर्थिक हैसियत बुझेपछि पैसा माग्दै ‘ब्ल्याकमेल’ गरेको खुल्न आएको देखिएको ललितपुर प्रहरी स्रोतले बतायो । जबर्जस्ती करणी मुद्दामा ललितपुर जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएबमोजिम हाल नख्खु कारागारमा थुनामा रहेका भूूषण थापाका आफन्तका अनुसार जाहेरी दिने ती युवतीसँग थापाको चिनजान गिरीले सञ्चालन गरेको सोही डिस्कोमा भएको थियो । चिनजान भएपछि थापा र ती युवतीको भेटघाट बाक्लिँदै जाँदा दुवैबीच आपसी सहमतिमा शारीरिक सम्बन्ध कायम भएको थियो । थापासँग सहमतिमा शारीरिक सम्बन्ध कायम भएपछि ती युवतीले ४० लाख रुपैयाँ माग गर्दै ‘ब्ल्याकमेल’ गर्नथालिन्, थापाले आफूूले ४० लाख रुपैयाँ दिन नसक्ने बताएपछि युवतीले बलात्कार मुद्दा हाल्ने भन्दै धम्क्याउनथालिन् । ती युवतीले आफूूसँग ‘ब्ल्याकमेल’ गरेको बुझेपछि थापाले १० लाख रुपैयाँसम्म दिएर घटना सामसुम पार्नखोजे । तर ती युवतीले २५ लाख रुपैयाँभन्दा तल आफूूले कुनै सम्झौता नगर्ने बताएपछि थापाले आफूूले त्यति धेरै रकम दिन नसक्ने बताएपछि ती युवती काल्पनिक घटनाक्रमको जाहेरीसहित महानगरीय प्रहरीपरिसर ललितपुरमा जाहेरी दिएको आरोप थापाका आफन्तहरुको छ । जबर्जस्ती करणी मुद्दामा जाहेरी आएपछि ललितपुर प्रहरीले आरोपी थापालाई पक्राउ गरेर आवश्यक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरमार्फत ललितपुर जिल्ला अदालतमा मुद्दा दायर ग¥यो । ललितपुर जिल्ला अदालतले थापाको उक्त मुद्दामा थुनछेक आदेश गर्दै पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललार्ई पुर्पक्षको लागि नख्खु कारागारमा थुनामा पठाएको छ । स्रोतका अनुसार आपसी सहमतिमा भएको शारीरिक सम्बन्धलार्ई लेनदेन नमिलेपछि जबर्जस्ती करणी मुद्दामा जाहेरी दिन ती युवतीलाई बाध्य बनाउने र अदालतमा बकपत्रको समयमा जाहेरीवालाको बकपत्र ‘होस्टाइल’ गराएर रकम असुल्ने धन्दामा डिस्कोका सञ्चालक गिरीले प्रतिवादीका आफन्तहरुसँग मोलमोलाइ गरिरहेको गिरीनिकट स्रोतको दाबी छ । युवतीहरु प्रयोग गरेर ‘ब्ल्याकमेल’ गर्दै रकम असुल्नका अलावा अफ्रिकी तथा खाडी मुलुकमा रेस्टुरेन्ट, डान्सबार तथा वेश्यालयहरुमा नेपाली युवती सप्लार्ई गर्ने काममा समेत गिरीको संलग्नता रहेको स्रोतको दाबी छ । उनले आफ्ना पाँचवटै रेस्टुरेन्ट तथा बारको प्रयोग गर्दै अफ्रिकी मुलुक तान्जानिया, केन्या, युगान्डा र खाडी मुलुक युएई, बहराइन, मलेसिया र ओमानमा विभिन्न प्रलोभन दिएर नेपाली युवती तस्करी गर्ने काममा समेत सक्रिय रहेको स्रोतको दाबी छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘अपरेसन इगल’को नाम दिँदै करिब छ महिना लगाएर अनुसन्धान गर्दा गत वर्षको चैत महिनामा युवती तस्करीको आरोपमा पक्राउ परेका राजेन्द्र सुवेदी, राज मानन्धर, ललितराज सिंह सुवाल, सुनिल अधिकारी, केदारबहादुर खड्का, नवीन दाहाल र भारतीय नागरिक तरुण रोजना खनगवालको समूूहसँग गिरीको निकट सम्बन्ध रहेको देखिएता पनि प्रमाण अभावका कारण त्यसबेला उनलार्ई कारबाहीको दायरामा ल्याउन कठिन भएको सीआईबी स्रोत बताउँछ । त्यसो त कुनै समय ठमेलमा चिया बेच्दै हिँड्ने गिरी रेस्टुरेन्टको बाउन्सर हुँदै अर्बपति मालिक बनिसकेका छन् । काठमाडौंको ठमेलमा चार रेस्टुरेन्ट तथा बार र दरबारमार्गको भिक्टोरी डिस्कोका मालिक रहेका गिरी करिब डेढ करोड रुपैयाँ पर्ने गाडी चढ्छन् । नेपाल प्रहरीका केही विवादास्पद एवं भ्रष्ट अधिकारीहरुको कालोधनलाई सेतो गराउने भूमिकामा लागेका गिरी अवैध हतियारको कारोबारमा समेत मुछिएका व्यक्ति हुन् । व्यवसायी अन्जनी कुमार चाचन, टेकुको एक्साइड ब्याट्री र ठमेलको भिक्षु निमा लामामाथि गोेली प्रहार भएको घटनामा प्रयोग भएको पेस्तोल उनै गिरीले उपलब्ध गराएको भन्दै पक्राउ परेका निरज केसी र सुनिल महर्जनले प्रारम्भिक बयानको क्रममा बताए पनि महाशाखाको तत्कालीन नेतृत्वले प्रारम्भिक बयानको क्रममा उल्लेख गरेको गिरीको नामसहितको बयान कागज फेरेर हतियार कारोबारी गिरीलार्र्ई उन्मुक्ति दिएको थियो । चाचन हत्याकाण्डको अनुसन्धानको क्रममा घटना घटेको चार वर्षपछि अभियुक्तहरुमध्ये काठमाडौं टेबहालका ३५ वर्षीय सुनिल महर्जन  र काठमाडौं भीमसेनगोलाका ४१ वर्षीय निरज केसी पक्राउ परेपछि अनुसन्धानको क्रममा उक्त घटनामा प्रयोग भएको हतियार गिरीले नै बेचेको खुल्न आएको थियो । महाशाखाका तत्कालीन प्रहरी निरीक्षक मन्जिल मुकारुङ नेतृत्वको विशेष टोलीले गोली प्रहार, लुटपाट तथा हत्याको घटनामा संलग्न केसीलार्ई करिब एक वर्षअगाडि सुनसरीको धरान र महर्जनलार्र्ई काठमाडौं नक्सालबाट पक्राउ गरेको थियो । प्रहरी निरीक्षक मुकारुङ नेतृत्वको टोलीले निरज केसीलार्ई धरानमा पक्राउ गरेपछि गाडीमा काठमाडौं ल्याउँदै गर्दा प्रारम्भिक सोधपुछको क्रममा उक्त घटनामा प्रयोग भएको हतियार ठमेलको नशाबारमा राम गिरी र सुरज प्रधानसँग करिब एक लाख रुपैयाँमा किनेको बयान दिएका थिए । नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालको जोडबलमा काठमाडौं प्रहरी प्रमुखमा व्यावसायिक प्रहरी अधिकृतको छवि बनाएका एसएसपी विक्रमसिंह थापाको सरुवा भए पनि एसएसपी थापाको नाम भजाउँदै गिरीले अवैध असुली धन्दा सञ्चालन गरिरहेको समेत खुल्न आएको छ । गफ दिन माहिर गिरीले पछिल्लो समय यति एयरलाइन्सका मालिक आङछिरिङ्ग शेर्पामार्फत प्रधानमन्त्रीलाई भन्न लगाएर काठमाडौं प्रहरी प्रमुखमा एसएसपी थापालाई आफूले ल्याएको भनेर गफ दिँदै हिँड्ने र ठमेल र दरबारमार्ग क्षेत्रमा सञ्चालित यौन अखडा, डान्सबार, डिस्को, क्याबिन रेस्टुरेन्ट, मसाज सेन्टर र अवैध हुण्डी र डलरका कारोबारीहरुसँग प्रहरीमा ‘सेटिङ’ मिलाइदिने बहानामा सहयोगी परिचालन गरेर साप्ताहिक रुपमा रकम उठाउने गरेको ठमेलका एक व्यवसायी  दाबी गर्छन् । नेपाल प्रहरीका केही अधिकारीहरुसँग निकट सम्बन्ध रहेका गिरीले प्रहरीलार्र्ई प्रयोग गर्दै अन्य आपराधिक समूहलार्ई तर्साउँदै रकम असुल्ने गरेका छन् । गिरीले गुण्डा ‘सर्कल’का केही व्यक्तिहरुसँग ‘केरकारले तिमीहरुलार्र्ई लागूऔषध हालेर फसाउन खोज्दै छ, यदि नफस्ने हो भने पैसा खर्च गर म प्रहरीसँग कुरा मिलाइदिन्छु’ भन्दै राजधानीका केही गुण्डाहरुसँग लाखौँ रकम असुलिसकेको स्रोत बताउँछ । गिरीको उक्त अवैध धन्दा सम्बन्धमा टेलिफोनमार्फत प्रतिक्रिया लिनखोज्दा उनीसँग सम्पर्क हुनसकेन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy