Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

एक हप्ताभित्र पुनःनिर्माण प्राधिकरण गठन हुन्छ : मन्त्री पाण्डे

\"surendra-pande\"काठमाडौँ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पुनःनिर्माण प्राधिकरण एक हप्ताभित्र गठन भएर प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने बताएका छन् । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेले पुनःनिर्माणसम्बन्धी विधेयक पारित भइसकेकाले अब छिट्टै पुनःनिर्माणको काम अगाडि बढ्ने बताए । भारतको नाकाबन्दीका कारण अहिले भएका उद्योगसमेत चल्न नसकेको भन्दै उनले नाका खोल्न कूटनीतिकलगायतका प्रयत्न भइरहेको बताए । नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले काँग्रेस, नेकपा एमाले र एमाओवादीको सहमतिमा पुनःनिर्माण विधेयक ल्याउँदा एमालेका केही सभासद्को अवरोधका कारण तत्कालीन अवस्थामा उक्त विधेयक पारित हुन नसकेको स्मरण गराउँदै अब पुनःनिर्माणका काम तीव्र गतिमा अघि बढ्ने विश्वास व्यक्त गरे । पुनःनिर्माणसम्बन्धी योजना तर्जुमा भइसकेको बताउँदै उनले भने – “अब ती योजनाको स्वीकृति छिट्टै हुन्छ भन्ने विश्वास लिएको छु । केही व्यक्तिको गलत मनसायका कारण यो विधेयक पारित हुन समय लाग्यो तर पुनःनिर्माणका काममा भने अवरोध हुने छैन ।” एमाओवादीका नेता दीनानाथ शर्माले पुनःनिर्माण प्राधिकरण सिइओ जो आए पनि कुनै पार्टीको कार्यकर्ताका रुपमा नभई काम राम्रोसँग गर्ने सक्षम व्यक्ति हुनुपर्ने बताए । ठूला पार्टीले विधि नपु¥याउँदा मुलुक समस्यामा परिरहेको बताउँदै उनले भने – “मधेसका समस्यालाई पनि आन्तरिक रुपमा मिलाउन सकिन्थ्यो । मधेसले समावेशी समानुपातिक अधिकारको सुनिश्चितता, सीमाङ्कन र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न राखेको मागलाई ढिलोचाँडो सम्बोधन गर्नै पथ्र्यो, त्यसलाई मिलाउन नसक्दा अहिले समस्या परिरहेको छ ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE