हामी अस्तित्वमै नआएको नयाँ शक्तिमा गएका छैनौं–विवेकशिल नेपाली
पौष ३ गते, २०७२ शुक्रवार 18th December, 2015 Fri०८:१८:१८ मा प्रकाशित
काठमाडौं । विहिबार विवेकशिल नेपाली पनि नयाँ शक्तिमा गएको भन्ने समाचारप्रति विवेकशिल नेपालीका प्रवक्ता रमेश पौडेलले आपक्ति जनाएका छन् ।
विहिबार नै एक प्रेस वक्तव्य जारी गर्दै पौडेलले नयाँ शक्तिका अभियन्ता बाबुराम भट्टराईले आयोजना गरेको छलफल सहभागी भएको तर अस्तित्वमै नभएको नयाँ शक्तिमा समाहित हुने कुनै कुरा नरहेको समेत बताएका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘ विगत ३ बर्षको हाम्रो अनुभव एवं घोषित मूल्य र मान्यतालाई अलपत्र छोडेर अस्तित्वमा नै नआईसकेका कुनै पनि समूहसंग मिल्ने कुनै सवाल नै आउँदैन।’
विहिबार भट्टराईको सचिवालयले पठाएको समाचार यस्तो थियो, जस्ताको तस्तै :
नयाँ विचार, राजनीति, सुसंस्कार, सँस्कृति सहितको वैकल्पिक राजनीतिक शक्तिको सोंच राख्ने शक्ति तथा व्यक्तिहरुबीच छलफल सम्पन्न भयो । छलफलमा निम्न समझदारी कायम भएको छः
– वैकल्पिक विचार, सुसंस्कार, सँस्कृति सहितको वैकल्पिक राजनीतिक शक्तिको खाँचो छ भन्ने कुरामा हामी सहमत छौं ।
– वैकल्पिक राजनीतिक विचार राख्नेहरुको बीचमा सहकार्य र सहयोगको आवश्यकता छ भन्ने कुरामा हामी सहमत भएका छौं । वैकल्पिक राजनीतिक विचार राख्नेहरुबीचको सहकार्यमा हामीले जोड दिन्छौं ।
– वैकल्पिक राजनीतिको मूल उद्देश्य सदाचार सहितको राजनीति, देशको विकास र समृद्धि हो भन्ने कुरामा हामी सहमत छौं ।
– वैकल्पिक राजनीतिक शक्ति निर्माणका निम्ति सबै शक्ति, व्यक्ति र आम जनतासँग यो प्रक्रियामा सहभागिताका निम्ति हामी हार्दिक आग्रह गर्दछौं ।
१. डा. बाबुराम भट्टराई – नयाँ शक्ति निर्माण अभियान
२. प्रदीप गिरी – व्यवस्थापिका–संसद् सदस्य
३. रामेश्वर खनाल – पूर्व अर्थसचिव
४. उज्वल थापा – अध्यक्ष, विवेकशील नेपाली
५. गोविन्दनारायण तिमल्सिना – विवेकशील नेपाली
६. रमेश पौड्याल – विवेकशील नेपाली
७. अभिषेक बस्नेत – विवेकशील नेपाली
८. पुकार बम – विवेकशील नेपाली
९. जीवन श्रेष्ठ – विवेकशील नेपाली
१०. अनुषा थापा – विवेकशील नेपाली
११. देवेन्द्र पौडेल – नयाँ शक्ति निर्माण अभियान
१२. रामचन्द्र झा – नयाँ शक्ति निर्माण अभियान
१३. केशव दाहाल – वैकल्पिक विचार मञ्च
१४. डा. केशवमान शाक्य –
१५. पासाङ शेर्पा – जनजाति अगुवा
१६. तिलक थापा मगर – नेपाल कम्युनिष्ट पार्टी
१७. डा. प्रविण मिश्र – पूर्व स्वास्थ्य सचिव
१८. सरोज खनाल – अभिनेता
१९. भाष्कर गौतम – अनुसन्धानकर्ता
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: