Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

ग्यासभन्दा दाउरा दोब्बर महँगो

\"daura1\"बागलुङ । चार महिनादेखि ग्यासको चरम अभाव व्यहोरिरहेका यहाँका व्यवसायी तथा सर्वसाधारण उपभोक्ता चर्को मूल्यका दाउरा प्रयोग गर्न बाध्य छन् । ग्यासको तुलनामा दाउराको प्रयोगले दोब्बर बढी खर्च उठेको होटल तथा रेस्टुराँ व्यवसायी बताउँछन् । बजारमा दाउराको माग बढेपछि बेच्नेहरुले पनि मूल्य बढाउँदै लगेका छन् । सामान्य अवस्थामा चार÷पाँच सय रुपैयाँमा पाइने एक भारी दाउरा अहिले बढेर हजार रुपैयाँसम्म पुगेको छ । ग्यास नपाइएपछि महँगो पैसा तिरेर भए पनि दाउराको भर पर्नुपर्ने अवस्था निम्तिएको छ । पाँचसय रुपैयाँको दाउराले दुई दिन मात्र पुग्ने बागलुङ आवारोडमा रहेको सौगात एन्ड सन्देश खाजा घरका सञ्चालक लक्ष्मी शर्मा पौडेलले बताए । ‘एउटा ग्यासले बाह्र÷चौध दिन हुन्थ्यो, अहिले छ हजारको दाउराले पनि त्यति दिन धानिदैन , पौडेलले भने , ‘दाउराको मूल्य त ग्यासको भन्दा दोब्बर÷तेब्बर पुगेको छ ।; पौडेलले पाँचसय रुपैयाँ भारीको दाउरा किनेर खाजाघर सञ्चालन गरिरहेका छन् । बिहानै सबेरैदेखि दिनभर चालु रहने खाजाघर भएकाले पनि दाउराको खपत बढी हुने गरेको छ । साधारण उपभोक्ताका लागि भने एक भारी दाउराले दुई सातासम्म चल्ने गरेको बताइन्छ । गाउँमा घर र आफन्त भएकाले गाडीमा दाउरा झिकाएर पनि प्रयोग गर्ने गरेका छन् । खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेका बेला ग्यासको सङ्कटले झन् समस्या पारेको होटल व्यवसायी अर्जुन चोखालले बताए । आफूले चलाएको होटल समिटका लागि तीन महिनालाई पुग्ने गरी दाउराको जोहो गरिसकेको उनले उल्लेख गरे । ‘दाउराले झन् व्यवसायीलाई आर्थिक भार थपेको छ, ग्यासको भन्दा बढी खर्च दाउराबाट उठ्छ’, चोखालले भने । होटल तथा रेस्टुराँ व्यवसायी सङ्घ बागलुङका अध्यक्षसमेत रहेका चोखालले ग्यास अभावले होटल–रेस्टुराँ व्यवसाय चौपट परेको बताए । ग्यासको नहुँदा भुसे ९दम० चुल्हो, विद्युत्बाट चल्ने हिटर र दाउराको प्रयोग अत्यधिक बढेको हो । महिनौँसम्म सीमामा भएको अवरोधले ग्यास नभित्रिएपछि उपभोक्ता चर्को मारमा परेका हुन् । केही साताअघि पाँच सय सिलिन्डर ग्यास आए पनि हजारौँको सङ्ख्यामा रहेका उपभोक्ताको मागलाई थेग्न सकेन । राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले थप पाँच सय सिलिन्डर ग्यास केही दिनमा भित्रन लागेको जानकारी दिए । उनल्े आठवटा अधिकृत बिक्रेतामार्फत सूचीमा रहेका उपभोक्तालाई ग्यास वितरण गरिने बताए । बागलुङमा ग्याससँगै पेट्रोल र डिजेलको पनि चरम अभाव कायमै छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE