Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

सुदूर र मध्यपश्चिमका पहाडी जिल्लामा चरम खाद्य सङ्कट

\"khadyaबाजुरा । सुदूर र मध्य पश्चिमका पहाडी जिल्लामा यस वर्षको बर्खे बाली खडेरीले नफल्दा घरमा हातमुख जोड्न गाह्रो हुने भन्दै गाउँका बालबालिकासहित भारतमा जाने क्रम सुरु भएको छ । हुम्लाको कालिका गाविसका पङ्कज शाहीले आफ्ना १० वर्षका छोरा र छिमेकका केही अरू बालबालिकासमेत सँगै लिएर भारत जानका लागि बाजुरा जिल्लाको तिपाडा बसपार्कमा बसेर प्रतीक्षा गरिरहेका छन् । उनीहरु महेन्द्रनगर हुँदै बनबासा नाकाबाट भारतमा काम गर्न जान लागेका हुन् । यस क्षेत्रका बाजुरा, हुम्ला, मुगु र कालीकोटमा खडेरीका कारण बर्खे बाली उत्पादनमा ७० प्रतिशतभन्दा बढी क्षति भएको छ । सिँचाइको सुविधा नभएका यहाँका गाउँमा सबै गाउँ आकाशे पानीको भरमा खेती लगाउने गर्दछन् । यस वर्ष धान, कोदो, चिनो, कागुनो र मकैसमेत खडेरीले फलेको थिएन बाजुराको जुकोट–२ किसानी चदाराले बताए । हुम्ला पाल्सा गाविसका १५ बालबालिका र केही अभिभावक बैतडी हुँदै झुलाघाट भएर भारतका कुमाउ गडवालमा गएर काम गर्ने र केही महिना पेट पाल्ने जोहो गर्ने तयारीमा छन् । जुकोट गाविस–२ का पर्वले चदारासमेत आफ्ना दुई छोरा साथमा लिएर भारत गएका छन् । उनको घर कुर्नका लागि ७५ वर्षीय उनका बुबा बिर्सिगे चदारा मात्र छन् । बिर्सिगेले भने , ‘जिमी जग्गा पूरै सुक्यो छोरा नाति पनि घर बस्न पाएनन् । केही कमाई ल्यायो भने खानु प¥यो नत्र दैवको भर छ ।’ अहिले गाउँमा बुढाबुढी र अशक्त मात्र छन् । हुम्लाको पाल्सा गाविसको कैलाश पुरी माविमा कक्षा ५ मा अध्ययनरत मङ्गल शाही आफ्ना १० जना दैतरीका साथ भारत जानका लागि तिपाडा आएका थिए । विद्यालय पोसाकमै रहेका शाहीले भने, ‘तिपाडादो घाम लाग्दैन रहेछ । एकै सट ल्या कई बेला घाम आउँला ।’ उनीहरु एकआपसमा सल्लाह गरिरहेका थिए । उनी जस्तै पाल्सा, कालिका, मैला, मदना, श्रीनगर काक्या लगायतका गाविसबाट आएका हूलका हूल बालबालिका दिनदिनै भारतमा कामका लागि जाने गरेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE