बेलायतले भन्यो –‘नयाँ संविधान नेपालको इतिहासमा कोसेढुङ्गा’
पौष ३ गते, २०७२ शुक्रवार 18th December, 2015 Fri११:५३:४७ मा प्रकाशित
काठमाडौं । संयुक्त अधिराज्य बेलायतले हालै जारी गरेको नयाँ संविधान नेपालको इतिहासमा कोसेढुङ्गा भएको जनाएको छ ।
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्धको दुई शताब्दी पुगेका अवसरमा बेलायतमा आयोजित विशेष समारोहमा भाग लिन पुगेका उपप्रधानमन्त्री कमल थापासँग भेटघाटका क्रममा बेलायती विदेशमन्त्री फिलिप हम्मोन्डले नेपालको नयाँ संविधानको स्वागत गर्दै संविधान नेपालको इतिहासमा कोसेढुङ्गा भएको उल्लेख गर ।
उनले नेपाल–भारत सीमामा देखिएको आपूर्तिको समस्याप्रति चासो राख्दै शीघ्र समस्या समाधान हुने आशा पनि व्याक्त गरे । उनले बेलायती गोर्खा सैनिकका बारेमा संसदीय समितिको प्रतिवेदनअनुसार समस्या समाधान गर्न सरकारका तर्फबाट सम्भव भएसम्मका प्रयत्न गरिने वचन दिए ।
सो समारोहमा भाग लिन गत मङ्सिर २९ गते त्यसतर्फ प्रस्थान गरेका परराष्ट्रमन्त्री थापाले बुधबार आफ्ना बेलायती विदेशमन्त्री हम्मोन्डसँग लन्डनमा भेटघाट गरेको परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
सो अवसरमा उपप्रधानमन्त्री थापाले नेपालको वर्तमान राजनीतिक अवस्थाका साथै हालै जारी भएको नयाँ संविधान र नेपाल–भारत सीमामा इन्धनलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको असहज अवस्थाका बारेमा अवगत गराएको परराष्ट्र मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
उपप्रधानमन्त्री थापाले बेलायती गोर्खा सैनिकको समस्यालाई समानताका आधारमा समाधान गर्न र बेलायती सांसद् ज्याकी–डोले प्राइस नेतृत्वको संसदीय प्रतिवेदनले दिएको सुझाव कार्यान्वयन गर्न बेलायती सरकारलाई आग्रह गरेका थिए ।
उपप्रधानमन्त्री थापाले नेपालमा सत्य तथा मेलमिलाप आयोग गठन भई कार्य प्रारम्भ भइसकेका अवस्थामा नेपाली सेनाका कर्णेल कुमार लामालाई मुक्त गर्न पनि आग्रह गरेका थिए ।
उपप्रधानमन्त्री थापा बुधबार साँझ दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई शताब्दी भएको अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए ।
उपप्रधानमन्त्री थापाले बेलायती अन्तर्राष्ट्रिय विकास विभागमन्त्री देशमोन्ड स्वायनेसँग पनि भेटघाट गरी दुई देशबीचको विकास सहयोगका सम्बन्धमा कुराकानी गर्नाका साथै खासगरी नेपालको मानवीय अवस्था र भूकम्पपछिको पुनःनिर्माणका योजनाका बारेमा छलफल गरेका थिए । पुनःनिर्माण प्राधिकरणसम्बन्धी विधेयक पारित भएको अवस्थामा सहयोग र समन्वयका लागि पनि परराष्ट्रमन्त्री थापाले उनीसँग आग्रह गरेको जनाइएको छ ।
परराष्ट्रमन्त्री थापा यही पुस ६ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: