Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

सजिलो छैन, सीमामा चेली रोक्न

\"Mahila-Bikri\"भीमदत्तनगर । सिन्धुपाल्चोकको बाँसखर्क–३ की सरिता बम्जन बुधबार दिउँसो जिप्रका, कञ्चनपुरको परिसरमा अनेक बहानाबाजी गरिरहेको अवस्थामा भेटिइन् । उनको एकपछि अर्को झुटो बहानायुक्त बयानबाट जिप्रकाका प्रहरी अधिकृतदेखि माइती नेपाल कञ्चनपुरका पदाधिकारीसम्मले उनलाई किर्गिजस्तान रोजगारीका लागि लैजाने दलालबारे चाल पाउन सकिरहेका थिएनन् । चार दिनअघि काठमाडौँदेखि भारतको राजधानी नयाँदिल्लीसम्म जाने बसको पश्चिम नाका गड्डाचौकीमा जाँचका क्रममा सरिता आफ्ना श्रीमान् पेम्बाग्याल्को बम्जनसहित प्रहरी र माइती नेपालको फन्दामा परिन् । गड्डा चौकीमा नियन्त्रणमा लिनासाथ सरिताले श्रीमानसित भारत घुम्न जान लागेको प्रहरी र माइती नेपालसमक्ष जानकारी दिइन् । तर अनुसन्धान गर्दै जाँदा सरिताको यात्रा दलालमार्फत दिल्ली हुँदै किर्गिजस्तानसम्म रहेको भन्नेसम्म खुल्न पुग्यो । ‘श्रीमान्ले पनि ‘म विदेश पठाउँदैन तँलाई’ भनेर जिद्दी गरेकै हुन्, ‘प्रहरी अनुसन्धानमा रहेकी सरिताले रासससँग भनिन्– ‘तलब धेरै पाउँछ भन्ने लोभले मैले श्रीमान्लाई पनि विदेश जान अनुमति दिन बाध्य पारेँ । ड सरितासँगै सिन्धुपाल्चोक माङ्खा–७ की ठूलीमाया तामाङ, सिन्धुपाल्चोककै रेश्मा मगर, सङ्गीता तामाङ र खोटाङकी मीना खड्कालाई पनि माइती नेपाल कञ्चनपुरले गड्डा चौकीबाट उद्धार गरेको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले जानकारी दिइन् । ‘सबैलाई एजेन्टले राम्रैसित प्रशिक्षण गरेको रहेछ ’ संयोजक भट्टले भनिन् –‘पाँचैजना बयान फेर्नमा माहिर छन् ।’ उनीहरुमध्ये चार युवतीलाई किर्गिजस्तान र एक युवतीलाई ओमन लैजान भन्दै दिल्ली लग्दै गरेको अवस्थामा उद्धार गरिएको उनले बताइन् । जिप्रका, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले वैदेशिक रोजगारीका नाउँका भूकम्प प्रभावित जिल्लाका युवती पश्चिमी नाका हुँदै किर्गिजस्तान, भारत, ओमन, कतारलगायतका मुलुकमा पैठारी भइरहेको स्वीकारे । ‘बेचबिखनमा परेका महिला÷युवती नै हामीलाई बयानमा झुक्याउँदा मुख्य दलालसम्म पुग्न मुस्किल भइरहेको छ,’ खनालले भने –‘दलालको गिरोहको जाल देशभर फैलिएको छ ।’ उनका अनुसार उद्धार गरिएको युवतीले सही बयान नदिँदा दलाल गिरोहसम्म पुग्न प्रहरीलाई समस्या भइरहेको छ । ‘तस्करी हुन लागेका महिला नै बयान फेर्दै हामीलाई झुक्याइरहेका हुन्छन्,’ उनले भने – ‘भूकम्प प्रभावित क्षेत्रका महिला बढी पैसा कमाउन पाइन्छ भन्ने लोभमा पर्दैछन् ।’ दलालको सञ्जाल सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, खोटाङदेखि पश्चिमी नाका भीमदत्तनगर हुँदै भारतसम्म रहेको उनको भनाइ छ । ‘दलालको सञ्जाल पत्ता लगाउनै चुनौती छ,’ उनले भने –‘वैशाख १२ गतेको भूकम्पपछि युवती तस्करी गर्ने सजिलो नाका पश्चिम बनेको छ ।’ माइती नेपालको संरक्षणमा रहेका पाँचैजना युवती दलालको प्रलोभनमा बेचिन लागेको संयोजक भट्टको भनाइ छ । ‘यहाँबाट पैसा कमाउने सपना लिएर जान्छन्,’ उनले भने –‘त्यहाँ पुगेर चेलीहरु यौन सिकारका साथै अरु खालका यातना भोग्छन् ।’ ठूलीमाया तामाङ श्रीमानसँग सम्बन्ध टुटेपछि माइतीमा होटल व्यवसाय गरेर गुजारा गर्दै आएको बताउँछिन् । ‘एघार वर्षको छोरी लिएर माइतीको आश्रयमा गाउँमै होटल चलाएर बसेकी थिएँ, ठूलीमायाले भनिन् –‘भूकम्पले माइतीघर र होटल नै ध्वस्त भएपछि बिचल्लीमा परेँ ।’ ठूलीमाया भूकम्पबाट प्रताडित भए पनि उनी दाजु सोमबहादुर तामाङसँग दिल्ली घुम्न जान लागेको दाबी गर्न पछि पर्दिनन् । ‘भूकम्पको पीडासमेत लुकाएर दलालको आश्वासनले ठूलीमाया बयान फेर्दै आएकी छन्,’ संयोजक भट्ट भन्छिन् –‘दलालले किर्गिजस्तानमा थोरै लगानीमा आकर्षक तलब पाउने सपना बाँडेको हुनाले पनि अनेक थरि बयान आएका छन् ।’ त्यसैगरी काठमाडौँको सातदोबाटोमा सञ्जिता तामाङलाई  दलालको आग्रहअनुसार दिल्ली पु¥याउन उनका श्रीमान् प्रेम तामाङसमेत जाँदै थिए । सातदोबाटोमा भाडामा बसेर गाडीको सहचालकका रुपमा काम गर्दै आएका प्रेमसँग उनकी श्रीमती सञ्जितालाई विदेश पठाउने अभिषेक तामाङको परिचयसम्म छैन । ‘डेरा छेउछाउका महिलाबाट मैले अभिषेकलाई चिनेकी हुँ,’ सञ्जिताले भनिन् –‘मासिक रु ३० हजार तलब पाउँछ भनेपछि म श्रीमान्लाई मनाएर विदेश जान तयार भएँ ।‘ विदेसिन लागेको बताए पनि उनले कुन देश जानेबारे आफूलाई कुनै जानकारी नभएको बताइन् । ‘नागढुङ्गामा पनि हामीहरु छक्काएर बयान दिँदै यहाँसम्म पुगेका हौँ,’ उनले भने –‘अब दलालको पञ्जामा कहिल्यै पर्दिनँ ।’ बुधबार सिन्धुपाल्चोकबाट छोरी लिन भीमदत्तनगर पुगेका सञ्जिताका बुबा प्रेम तामाङले आफूलाई छोरी विदेसिन लागेकोबारे कुनै जानकारी नभएको बताए । ‘काठमाडौँबाट छोरीले तराई घुम्न जाँदै छु भन्यो,’ उनले भने  –‘मैले कतै घुम्न जाँदै होलान् भन्ने सोचेर वास्ता गरिनँ ।’ उनले आफू पनि भूकम्पले दुईवटा घर भत्किएपछि बिचल्लीमा परेको बताए । ‘आफ्नै अवस्था अहिले नाजुक बन्दै गएको छ,  उनले भने –‘त्रिपालमुनि बास बसेर दिन बिताउँदैछु ।’ त्यसैगरी, सरितालाई लिन तिनका मामा दावा तामाङ भीमदत्तनगर पुगेका छन् । ‘सञ्जिताका बुबाले भनेपछि मैले पनि भान्जीको बारेमा थाहा पाएँ,’ दावाले भने –खै १ कसरी यहाँसम्म पुगेँ थाहा भएन । उनीहरु कुनै पनि हालतमा दलालबारे मुख खोल्न चाहँदैनन् । पश्चिम नाकामा सुरक्षा निकायको उपस्थिति कम भएकाले पनि यो दलालहरुको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको संयोजक भट्टको भनाइ छ । ‘पूर्वी क्षेत्रका सीमा नाकामा गरिएको कडाइ र पछिल्लो समय आन्दोलन चर्केका कारण त्यो नाकाको प्रयोग गर्न दलालहरु चाहिरहेका छैनन्,’ उनले भने –‘पश्चिमको नाकामा जाँच र अनुसन्धान गर्ने संयन्त्र कम छ ।’ प्रहरी प्रवक्ता खनालले गड्डा चौकीमा प्रहरी, माइती नेपाल र केआई नेपाल सक्रिय रहेको बताए । उद्धार गरिएका सबै युवती २२ देखि ३२ वर्षसम्मका छन् । दिल्ली रुटका बसले दलाललाई सहज काठमाडौँ–नयाँदिल्ली र पोखरा–नयाँदिल्ली रुटमा बसहरु सञ्चालनमा आएपछि युवतीलाई वैदेशिक रोजगारीका नाउँमा तस्करी गर्ने गिरोहलाई सहज भएको छ । ‘काठमाडौँबाट दलालले युवतीलाई बसमा राख्छन्,’ प्रवक्ता खनालले भने – ‘सोझै दिल्लीमा दलाल गिरोहकै सदस्यहरु युवतीलाई ‘रिसिभ’ गर्छन् ।’ उनले पछिल्लो समय पश्चिमी नाका गड्डा चौकी हुँदै काठमाडौँ, पोखरा, अर्खाघाँची, बुटवल र धनगढीका बस दिल्ली रुटमा सञ्चालन भइरहेको जानकारी दिए । ‘जाँच गड्डा चौकीमा मात्रै हुन्छ,’ उनले भने –‘प्रहरी बसमा पस्दासम्म अनेक बहाना गरेर युवतीहरु फुत्किन सफल भइहाल्छन् ।‘ उनले युवतीको तस्करी रोक्न राजमार्गका अन्य स्थानमा पनि निगरानी बढाउनुपर्ने आवश्यक रहेको बताए । देशका विभिन्न ठाउँबाट सञ्चालन हुने बसमाथि कडा निगरानी राख्न आवश्यक भएको उनको भनाइ छ । उनले भने –गड्डा चौकीको जाँचले मात्रै पुग्दैन । भीमदत्तनगर, गड्डा चौकीलगायतका स्थानीय तहमा पनि दलाल गिरोहका एजेन्टहरु सक्रिय हुन सक्ने उनी बताउँछन् । ‘दिल्ली रुटमा चल्ने गाडीमाथि निगरानी तत्काल बढाउन जरुरी भइसक्यो,’ संयोजक भट्टले भनिन्  –‘हामीले यिनै रुटमा चल्ने बसबाट बढी सङ्ख्यामा युवतीको उद्धार गरेका छौँ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies