Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

वन्तको बर्खास्तीसँगै को बन्ला सशस्त्र प्रहरी महानिरीक्षक ? यि हुन् आकांक्षी

\"apf_cover\"काठमाडौं । अख्तियारले सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सिफारिस गरेपछि महानिरीक्षक चुन्न सरकारले कसरत गरिरहेको छ । मन्त्रिपरिषद्को शुक्रबार बस्ने नियमित बैठकले नै सशस्त्र प्रहरीको महानिरीक्षक चयन गर्ने अपेक्षा गरिएको छ ।   वन्तलाई निलम्बन गरिएपछि को बन्ला त नयाँ आईजीपी भन्ने जोड घटाउ र रस्साकस्सी चलिरहेको छ । वन्तलाई हटाइएपछि आईजीपी बन्न एक दर्जन बढीले कसरत गरिहेका छन् ।   आईजीपी वन्तको ठाउँमा आईजीपी बन्ने लाइनमा दुर्जकुमार राईदेखि प्रकाश ओझासम्म रहेका छन् । आईजीपीको लागि वन्तपछिको पालो भने राईको रहेको भए पनि नियमावलीमा पोर्टफोलियो अनुसार एआईजीबाट आईजीपी बनाउनुपर्ने भन्ने कहिँकतै उल्लेख छैन । त्यसैले सक्षम र दक्षलाई आईजीपी बनाउन सकिन्छ ।   वन्तपछि आईजीपीको लाइनमा जीवन थापा पनि रहेका छन् । दुर्जकुमार र जीवन थापा एकै दिन एआईजी भएका हुनाले पनि थापा पनि आईजीपी बन्नका लागि कसरतमै छन् । राई र थापा एआईजीमा बढुवा भएको ६ हप्तापछि एआईजीमा बढुवा भएका कृष्णकुमार तामाङ पनि आईजीपीको दौडमा छन् ।   राई वा तामाङको सम्भावना प्रवल पहिलो बरियतामा छलफल नै नगरी दोस्रो तहका अधिकृतमा छलफल हुने सम्भावना भने एकदमै न्यून छ । त्यसैले पहिलो बरियतामा रहेकाहरुकै नाममा दलहरुबीच रस्साकस्सी रहेको छ ।   एमाले निकट मानिने दुर्जकुमारलाई नै आईजीपी बनाउनुपर्ने पक्षमा एमाले देखिए पनि उनी सर्वाधिक विवादका ब्यक्ति हुन् । उनले जनआन्दोलन–२ मा जनतामाथी गोली चलाएको फोटोसमेत सार्वजनिक भएको थियो ।  तर एमाओवादी नजरमा पर्ने तामाङ पनि कम विवादका भने छैनन् । सशस्त्रको अपरेशन फाँटका इन्चार्ज रहेका तामाङलाई टीकापुर घटनामा दोषी ठहर्याइएको छ ।   सेवा प्रवेशकै हिसाबले हेर्ने हो भने राई नै आईजीपीको लागि पहिलो दाबेदार मानिन्छन् । उनी वि.सं. २०४४ मा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका हुन् ।   श्रेष्ठ, शाही र ओझाको नाम चर्चामा वन्तपछि आईजीपी हत्याउन राई, थापा र तामाङ मात्र कसरतमा छैनन्, दोस्रो तहबाट पनि पनि आईजीपी बन्ने दौड चलिरहेको छ । जसका लागि दोस्रो दर्जाका अधिकृतहरु पनि आफूलाई आईजीपी बनाइदिन नेताहरुलाई गुहारीरहेको स्रोत बताउँछ ।   स्रोतका अनुसार दोस्रो तहमा आईजीपीको दौडमा सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही र प्रकाश ओझा रहेका छन् । पहिलो ¥याङ्मा रहेकाहरुलाई छाडेर दोस्रो ¥याङमा प्रवेश गरिए ओझाको सम्भावना प्रवल देखिएको छ । झापा निवासी ओझा प्रधानमन्त्री केपी शर्मा ओलीका निकट पनि रहेको स्रोतको भनाइ छ । ओझालाई प्रधानमन्त्री ओलीले प्रस्ताव गरेमा एकीकृत माओवादीले पनि स्वीकार गर्ने सम्भावना प्रवल रहेको छ ।   रोलक्रम छाडेर दक्षताको खोजी सशस्त्र प्रहरीको बरियता क्रमअनुसार आईजीपी बनाउनुपर्ने नियमावलीमा पनि नभएकाले दक्ष ब्यक्तिलाई छान्नुपर्ने बहस पनि एकातर्फ चलिरहेको । कार्यक्षमता र मूल्यांकनका आधारमा सक्षम ब्यक्ति जो कसैलाई पनि आईजीपी बनाउनुपर्ने मत पनि बढी नै छ । तल्लो र मध्यम तहका प्रहरीको मत पनि मूल्यांकन र कार्य क्षमताका आधारमा दक्ष ब्यक्तिलाई नेतृत्व दिनुपर्नेमा देखिन्छ ।   ‘सरकारले बुद्धि पु¥याउने हो भने यो ब्याच र त्यो ब्याच नभनी कुनै विवादमा नमुछिएको कार्यक्षमता मूल्यांकन अनुसार दक्ष र सक्षम जोकसैलाई पनि नेतृत्व दिनु बुद्धिमानी हुन्छ ।’ –सुरक्षा मामलामा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार रोशन खड्का भन्छन् ।   आजै आईजीपी छान्न सम्भावना कम अर्कोतर्फ शुक्रबार बेलुका बस्ने मन्त्रिपरिषद बैठकले वन्तको ठाउँमा नयाँ आईजीपी नियुक्त गर्ने सम्भावना भने एकदमै न्यून छ । कसलाई सशस्त्र प्रहरीको नेतृत्व दिने भन्नेमा सत्तारुढ  प्रमुख दुई दलका शीर्ष नेताबीच नै टुंगो लाग्न सकेको छैन ।   अख्तियारको आदेशअनुसार नै सशस्त्रका महानिरीक्षक वन्तलाई बर्खास्त गर्नुपर्ने भएकाले दलहरुले तत्कालै वन्तलाई निलम्बन गरी अख्तियारको निर्देशन कार्यान्वयन नगर्ने सम्भावना रहेको पनि स्रोत बताउँछ । बस्नेतदेखि सशस्त्र विवादित   तत्कालिन आईजीपी सनतकुमार बस्नेतदेखि सशस्त्र प्रहरी बल विवाद बन्दै गएको छ । सशस्त्र प्रहरीका सीमा सुरक्षादेखि विभिन्न १३ वटा अधिकार प्राप्त छ । तर आफ्नो क्षेत्राधिकार अनुसार काम नगर्ने तर अधिकार क्षेत्र मिचेर अधिकार मात्रै खोज्ने प्रवृत्ति सशस्त्र प्रहरीमा देखिएको छ ।   सशस्त्र प्रहरीको गठन नै नेपाली सेनाको समानान्तर फोर्सको रुपमा गठन भएको हो । सेनालाई तह लगाउन भन्दै सशस्त्र प्रहरी बल गठन गरिएकाले जनपद प्रहरीलाई त उसले गन्नै चाहन्न । त्यसैले सशस्त्र प्रहरीको संरचनाप्रति नेपाली सेना र जनपद प्रहरी सन्तुष्ट देखिदैनन् । पछिल्लो पटक एकपछि अर्को विषयमा विवादित बन्दै गएको सशस्त्र प्रहरीको संरचनालाई पारदर्शी र संगठनलाई अनुशासित बनाउनु जरुरी छ । त्यसैले राजनीतिक गन्ध आउने गरी नियुक्ति गर्नु भन्दा संगठनलाई जिम्मेवार र अनुशासित ढंगले चलाउन सक्ने क्षमतावान ब्यक्तिलाई नेतृत्व दिनु उचित हुने जानकारहरु बताउँछन् ।   दौडधुपमा वन्त अख्तियार अनुसन्धान आयोगले भ्रष्टाचा गरेको आरोपमा विहिबार मात्रै बर्खास्त गर्न बहालावाला आइजिपि कोषराज वन्तलाई सिफारिस गरेपनि वन्त भने जोगाईदिन भन्दै प्रमुख नेताहरुको दैलो चहारिरहेका छन् । वन्त निकट स्रोतका अनुसार उनी एमाओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीको शरणमा पुगेका छन् भने कांग्रेसका महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई समेत प्रभावमा पार्ने कोषिशमा  रहेका छन् ।   वन्तले आफ्ना विरुद्ध षड्यन्त्र भएको र केही दिन अघि झापामा भारतीय सिमा सुरक्षा बल एसएसबीको फोर्स नियन्त्रणमा लिएवापत बदला स्वरुप भारतकै इसारामा अख्तियार चलेकोले बर्खास्त नगर्न उनले नेताहरुसँग भन्ने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy