Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

वार्ताबाट नभए कानुनी तरिकाले समस्याको समाधान : प्रधानमन्त्री

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसवादी दलहरुको आन्दोलनका कारण सिर्जित समस्याको समाधान वार्ताबाट नभएमा सरकारले कानुनसम्मत तरिकाले खोज्ने चेतावनी दिएका छन् । मधेसी मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गरेकै दिन ओलीले आन्दोलनका नाममा हिंसा र अशान्ति मच्चाउनेलाई नियन्त्रणमा लिएर अगाडि बढ्ने चेतावनी दिए ।

\"kp‘मधेसमा भइरहेको आन्दोलन र बन्द लगायतका समस्याका समाधानका लागि वार्ता गरिराखेको छौं, वार्ताद्वारा समाधान हुन्छ,’ नेकपा एमालेले शुक्रवार कैलालीको अत्तरियामा आयोजना गरेको सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘होइन भने हिंसा मच्चाउने, कानुन हातमा लिनेलाई सरकारले नियन्त्रणमा लिएर अघि बढ्छ ।’

संविधान बन्न नदिने जालझेल र षडयन्त्र गरिरहेका शक्तिहरु संविधान बनेपछि क्रुद्ध हुँदै अशान्ति मच्चाइरहेको प्रधानमन्त्री ओलीले बताए ।

मधेसमा चार महिनादेखि अस्तव्यस्त पार्ने गरी भइरहेको आन्दोलन मधेसकै जनताप्रतिको अत्यन्त बेइमानी भएको उनले टिप्पणी गरे । मधेसकै सामन्तहरुले गरिव, पछाडि पारिएका र दलितहरुलाई माथि उठ्न नदिएको र आन्दोलनबाट पनि गरिव जनताहरु नै मारमा परेको उनले बताए । ‘आफ्ना छोरा–छोरी विदेशका महंगा विद्यालयमा पढाउनेले गरिवका छोरा–छोरी पढ्ने विद्यालय बन्द गराएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘टाठावाटा, जमिनदारहरुले पछाडि परेका जनतालाई माथि उठ्न दिन चाहेका छैनन् ।’

नेताहरु आफू महंगा गाडीमा बिभिन्न सभामा जान सडकमा गुड्ने तर गरिव जनताका सुत्केरी महिलाहरुलाई अस्पताल पुर्याउन जाने एम्वुलेन्स पनि चल्न नदिइएको भन्दै उनले रोश प्रकट गरे । नेपालीलाई दुःख दिने मधेस केन्द्रित दलको आन्दोलन राष्ट्रियता विरोधी भएको ओलीले बताए ।

भेगीय, जातिय र साम्प्रदायीक द्वन्द्व गराएर हिंसा मच्चाउनेहरुमा क्रियाकलापमा सहभागी नहुन उनले जनतालाई अपिल गरे । रुवाण्डामा विदेशीहरुले आपसमै जनतालाई लडाउँदा ३ महिनामा १० लाख जनता मारिएको उदाहरण प्रस्तुत गर्दै उनले यसबाट सजग रहन सबैलाई आग्रह गरे ।

कैलालीको टीकापुर घटना पनि रुवान्डा जस्तै आफू–आफूमा लडाउनका लागि भएको उल्लेख गर्दै उनले कैलालीका जनता एक भएर हिंसा मच्चाउनेको प्रयास सफल हुन नदिएको भन्दै धन्यवाद दिए ।

‘धोकापूर्ण तरिकाले सुरक्षाकर्मी मारिएर तनावपूर्ण स्थिति सृजना भयो, घरहरु जलाउने काम भए । तर कैलालीवासीहरुको एकताले हिंसा मच्चाउने अवस्था सिर्जना हुन दिएनन्,’ उनले भने । आगामी दिनमा सरकारले सवाधानी अपनाएर कैलालीको जस्तो घटना हुन नदिने प्रतिबद्धता जनाए

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy