Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

कांग्रेसमा महाधिवेशनको भिडन्त अहिल्यैदेखि

\"koirala-deuba\"काठमाडौं । आफूलाई सबैभन्दा ठूलो प्रजातान्त्रिक दल दाबी गर्ने कांग्रेसमा १३ औं महाधिवेशन केन्द्रित तयारीको अस्वस्थ र गुटगत राजनीति तीव्र बन्दै गएको छ ।   महाधिवेशनमा संस्थापन र देउवा पक्षले आफ्नो पक्षको पल्लाभारी बनाउनका लागि आफू निकटलाई क्रियाशील सदस्य बनाएपछिको विवाद सतहमा आएको हो । संस्थापनका निकटका केन्द्रीय सदस्य नरहरि आचार्य संयोजकत्वको क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिमा प्रतिवेदन पेश गरेलगत्तै प्रतिवेदनमाथि बोल्दै संस्थापन र देउवा पक्षका नेताहरु आमनेसामने भएका हुन् । आचार्य नेतृत्वको समितिले विधि र प्रक्रिया नपुगेको भन्दै बरिष्ठ नेताहरुकै कतिपय पूरै जिल्ला, निर्वाचन क्षेत्र, गाउँ र नगरका सदस्यलाई महाधिवेशनमा भाग लिन नपाउने गरी रोक लगाएको छ । तर, देउवा पक्ष सदस्यमाथिको यस्तो रोकावटलाई हटाई सबैलाई महाधिवेशनको कार्यक्रममा भाग लिन दिनुपर्ने पक्षमा छ ।   महाधिवेशनमा आफ्नो पक्षको पल्लाभारी गराउनका लागि देउवा पक्षले विधि र प्रक्रिया पूरा नगरी सदस्यता बाँडेको आरोप संस्थापन पक्षले लगाएको छ । धाँधली गरी देउवा पक्षले देशका अधिकांश ठाउँमा विधि र प्रक्रिया मिचेर सदस्यता बाडेकोले विवादित ठाउँका सदस्यता रोक्न्ुपर्ने पक्षमा संस्थापन पक्ष छ ।   शुक्रबारकै केन्द्रीय समितिको बैठकमा समेत संस्थापनपक्षका नेता बलबहादुर केसीले शेरबहादुर देउवाको दादागिरीमा पार्टी कब्जा गर्न खोजिएको आरोप लगाएका थिए । ‘विधि र प्रक्रियालाई मिचेर मेरै जिल्मा जिम्मेवार नेतालाई क्रियाशील सदसय बन्न दिइइन’ नेता देउवाको नाम नै लिएर यस्तो गर्नु गम्भीर भूल भएकोले नयाँ सूची खारेज गरी १२ औं महाधिवेशनको सूची अनुसार क्रियाशील सदस्यलाई महाधिवेशनमा भाग लिन दिनुपर्ने माग गर्दै उनले भने, ‘यस्तै रवैया रहे पार्टी सकिन्छ ।’   कांग्रेसमा १२औं महाधिवेशनमा ३ लाख १६ हजार ८ सय ६६ सदस्य थिए । तर, यो पाँच वर्षमा ४ लाख ७० हजार ६ सय ५५ जना सक्रिय सदस्य पुगिसकेका छन्। यसमा २ लाख ५७ हजार ४ सय २ ले सदस्यता नवीकरण गरेका छन् । त्यस्तै २ लाख २ हजार १ सय ७९ जनाले नयाँ सदस्यता लिएको विवरण आचार्य समितिले केन्द्रीय समितिमा पेश गरेको छ ।   छानविन समितिले नुवाकोट, महोत्तरी, सिरहा, सप्तरी, पर्साका सबै निर्वाचन क्षेत्रका सबै नयाँ सदस्यहरुले महाधिवेशनमा भाग लिन नपाउने र १२ औं महाधिवेशनको सदस्यता सूची अनसार मात्र भाग लिने पाउने प्रतिवेदन तयार गरेको छ । तर, देउवा पक्ष यसलाई मान्ने पक्षमा छैन । विधि नै नपुगेका केही ठाउँको सदस्यता समितिको प्रतिवेदन अनुसार जान सकिने भए पनि देउवा पक्षले ५ वर्षमा बल्ल बनेका सदस्इलाई महाधिवेशनमा भाग लिने अवस्थाबाट रोक्न नहुने पक्षमा छ । शुक्रबार देउवा निकट केन्द्रीय सदस्य डा. प्रकाशरण महतले पाँच वर्षमा सदस्यता वितरण हुँदै आएको भन्दै आफ्नो अनूकूलता र प्रतिकूलताका आधारमा सदस्यतालाई मान्ने र नमान्ने गर्नै नहुने बताएका थिए ।   कांग्रेसमा क्रियाशील सदस्यबाटै वडा, गाउँ र नगरहुँदै क्षेत्रीय अधिवेशन हुने र क्षेत्रीय अधिवेशनले प्रत्येक निर्वाचन क्षेत्रबाट १२÷१२ जनाका दरले महाधिवेशन प्रतिनिधि छनोट गर्छ । त्यसैले आफ्ना पक्षका प्रतिनिधि धेरै ल्याउनकै लागि कांग्रेसमा संस्थापन र देउवा पक्षबीच यस्तो मारामार चल्ने गरेको छ । यो पटक पनि देउवा पक्षले आफूलाई जिताउन सदस्यता फारम आफूखुशी बाँडेको भन्दै धेरै नयाँ सदस्यलाई महाधिवेशनमा भाग लिन नपाउने गरी सूची तयार गरेको हो । सबै नयाँ सदस्यलाई महाधिवेशनका कार्यक्रममा भाग लिन दिइए आफ्नो पक्षले पराजयको सामना गर्नुपर्ने बुझाई देउवा पक्षको छ ।   कांग्रेसमा १३ औं महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ । त्यसको एक महिना अघिसम्म वडा, गाउँ, नगर, क्षेत्र र जिल्लाको अधिवेशन भइसक्नुपर्ने कार्यतालिका छ ।   संस्थापनमा सुशील कोइराला र अर्को पक्षबाट नेता शेरबहादुर देउवा सभापतिका प्रवल दाबेदार हुन् । कोइरालाले मुख नखोले पनि देउवा घोषित जस्तै उम्मेदवार हुन् । तर, कोइराला पनि रामचन्द्र पौडेल वा अरु कसैलाई सभापतिको उम्मेदवार बनाउन तयार छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy