प्रचण्डका चुनौतीः म्याच फिक्सिङ कि संस्थागत जीवन ?
पौष ५ गते, २०७२ आइतवार 20th December, 2015 Sun०९:००:३४ मा प्रकाशित
[caption id=\"attachment_13526\" align=\"alignleft\" width=\"150\"] लेखक[/caption]
त्यसो त प्रचण्ड नेतृत्वमा विकास भएको माओवादी आन्दोलन, करिब आधा दर्जन धारा, उपधारामा खण्डित भइसकेको छ । तथापी पछिल्लो पटक भएको डा.बाबुराम भट्टराईको बर्हिगमन र उनले नयाँ शक्तिको ब्याजमा सञ्चालन गरेको ‘अहिलेको माक्र्सवाद’ सम्बन्धि बहसमार्फत माओवादी आन्दोलनमाथिको बुर्जुवा हस्तक्षेप बलशाली ढंगले बढ्ने संकेत देखिन्छ । हजारौं नेपाली श्रमजीवी सपूतहरुको रगतमा हुर्किउका माओवादी नेताहरुसँगै बुर्जुवाहरुसमेत घालमेल भएर प्रजातन्त्र, आर्थिक समृद्धि र उत्पादक शक्तिको विकास तथा समाजवाद निर्माणका गीती एल्बमहरु बजारमा रिलिज भइरहेको छ ।
यतिखेर पनि माओवादी आन्दोलनको मुलधार एकीकृत नेकपा माओवादी हो । उसले अरु कसैले र आफूले पनि कहिल्यै नपुगेको नहिडेको यात्रा गर्ने शक्तिसहित तयारी गर्न जरुरी छ । त्यसका लागि इटालियन दार्शनिक ग्राम्सीका भाषामा ‘एउटा ऐतिहासिक अनुभव र प्रभावशाली शास्वत सत्यता र औचित्यता अझै पुष्टी नभएको होस् र साँचो तार्किक लक्ष्यतर्फ प्रवृत्त पार्टी गर्नुपर्ने’ देखिन्छ ।
हुनत पार्टी निर्माणको चुनौती भनेको अनुकुलनीय चुनौती हो । समान निष्ठाद्वारा अभिप्रेरित निश्चित मूल्य मान्यतामा आधारित भएर निश्चित उद्देश्यमा बाँधिएकाहरुले पार्टी निर्माण गर्ने हो । स्वघोषित प्रतिभाहरु मिलेर स्वस्फूर्त रुपमा कम्युनिष्ट पार्टी बन्न सक्दैन । संविधान निर्माणपछिको अवस्थाको पार्टी निर्माण गर्न, पेरिसडाँडाबाट केही पुरानो गाँठो फुकाउनुपर्ने देखिन्छ ।
[caption id=\"attachment_42931\" align=\"alignleft\" width=\"400\"] प्रचण्ड[/caption]
एउटा विश्व अवधारणा वा विचार, जसले जनतालाई एउटा साझा उद्देश्य प्रदान गर्छ र त्यस उद्देश्यका आधारमा एकपछि अर्को गर्दै मानिसहरु गोलबन्द हुँदै जान्छन् । वास्तवमा सो साझा उद्देश्यमा आधारीत रहेर संगठित हुनेहरुबीचको एकीकृत अभिब्यक्ति भनेको पार्टी हो । कम्युनिष्ट पार्टी भनेको विश्व कम्युनिष्ट अवधारणा वा माक्र्सवादी विचारमा आधारितहरुको एकताको अभिब्यक्ति रुप हो । स्तन्त्रताको संसारमा फड्को मार्न निर्णायक भूमिका खेल्ने साधन पार्टी ब्यवहारमा कति एकीकृत, अनुशासित, सशक्त र जनतासँग एकाकार छ भन्ने कुराले त्यसको अस्तित्वको निरुपण गर्छ । कम्युनिष्ट अवधारणा भनेको त्यो दीप हो, जसले भिन्नतापूर्ण कला संस्कृति, परम्परा, क्षेत्र, लिंग र राष्ट्रियता सहितको विविधतालाई एकतावद्ध गरेर स्वतन्त्रताको उज्यालो प्रवाह गर्दछ र स्वतन्त्रताको यात्रामा निरन्तर अभिप्रेरित गर्दछ ।
वास्तवमा स्वतन्त्रताको अर्को नाम क्रान्ति हो । कम्युनिष्ट अवधारणा वा माक्र्सवादी विचारअनुसार क्रान्ति भनेको स्वतःस्फूर्त विस्फोट हुने चिज होइन, अपितु जनताको सचेतन प्रयत्न वा आफूभित्रको रुपान्तरणसहित क्रान्ति निर्माण गर्नुपर्दछ । आफूभित्रको रुपान्तरणकारी गतिविधि भनेको पार्टी गतिविधि हो । पार्टी निर्माण हा । नयाँ आविष्कार वा नयाँ चिजको खोजी गर्नु पनि क्रान्ति हो । तर पुँजीवादीले पनि नयाँ प्रयोग र नयाँ आविष्कारमार्फत आफ्नो सत्ता जोगाउने प्रयत्न गरिरहेका हुन्छन् । त्यो त उनीहरुको क्रान्ति हो । हामीले चाहेको त जनताको क्रान्ति हो ।
आम जनतालाई अति नै आवश्यक परेको जसरी पुँजीवादीहरुले पनि प्रजातन्त्रका नारा फलाक्छन् र स्वतन्त्रताको सपना बाँड्छन् । प्रजातान्त्रिक प्रतिष्पर्धाको कुरा त बुर्जुवाहरुले धेरै भन्ने गरेका छन् । सधैंभरीको भन्दा आजको पुँजीवाद सबैभन्दा बढी शक्तिशाली छ । आज पुँजीवादी नियम (अयचउयचयतष्यलक) ले नयाँ वस्तुहरु तथा नयाँ योजनाहरुको विकास गर्नका लागि विज्ञान प्रविधिको विकास गर्छन् । जसमा एकाधिकारको सिर्जना गर्नका लागि प्रतिष्पर्धात्मक संघर्ष गर्ने वातावरणसहितको एउटा स्थायी प्रणाली विकास गर्छन् ।
त्यसैले कम्युनिष्ट पार्टी बलियो नहुने हो वा ऊ आफैले जनआन्दोलनका लागि पथप्रदर्शन गर्न सक्ने क्षमता नराख्ने हो भने जनता अरुको पछि लाग्न सक्छन् । त्यसबाट वास्तविक कम्युनिष्ट पार्टी र जनतासमेत धेरै पछाडि पर्न सक्छन् । अथवा बुर्जुवा समूह वा ब्यक्तिहरुले जनताको नेतृत्व आफ्नो हातमा लिन सक्छन् ।
हामीसँग इटालीको उदाहरण ताजै छ, जहाँ ‘बेप्पे ग्रिलो’ भन्ने एक जना हाँस्य कलाकारले राष्ट्रिय निर्वाचनमा २७ प्रतिशत मत प्राप्त गरेर संसारलाई हँसाए । आज तिनै बेप्पेको फ्यानहरु नेपालमा पनि जुर्मुराएका छन् । कलाकार पत्रकार, कर्मचारी, ब्यापारी मिलेर सदाचार र स्वतन्त्रताको आन्दोलन गर्ने भन्दैछन् ।
उनीहरुले पनि ‘विकास फलामे सत्य हो,’ पहिले निश्चित ठाउँ र केही मान्छेहरुलाई धनि बन्न दिऔं र विकासका लागि विवाद नगरौं’ भन्ने ढोङवादी बासी नाराहरु फलाकीरहेका छन् । माक्र्सवादको चुरो कुरो त विकास र समृद्धि मात्र होइन, अपितु साझा समृद्धि र शोषणको अन्त्य हो । सवाल वाक, प्रेस र मानवअधिकारको स्वतन्त्रताको मात्र होयन, पुँजीवादबाट जनताको स्वतन्त्रता हो ।
त्यसैले एक वर्षअघिदेखि जारी पेरिसडाँडा बैठकबाट एमाओवादीले समाजवादी क्रृषि कार्यक्रम कस्तो बनाउन सक्छ ? सबैभन्दा ठूलो प्रश्न हो, मुख्य गाँठो आफ्ना दश वर्षीय इतिहासका भजन गाएर मात्र एमालेभन्दा एमाओवादी पृथक रहन सक्दैन । बरु जारी केन्द्रीय समितिमा एक पेज खाली कागज लिएर सबै केन्द्रीय सदस्यले जनयुद्धको इतिहास बाहेकको आगमी दिनमा एमाले र एमाओवादीबीच कसरी फरक छुट्याउने भनेर स्वस्थ निबन्ध प्रतियोगिता गर्दा फलदायी हुन सक्थ्यो कि भन्ने लाग्छ । किनकि आगामी दिनमा अरुको आलोचना गरेर वा अर्काको नराम्रो खोजेर आफ्नो राम्रो हुनेवाला छैन । अरुभन्दा फरक योजना, कार्यक्रम र संस्कारमा देखिन जरुरी छ । जो विरोधीहरु छन्, तिनीहरु विद्रोहलाई पर्खन्छन् तर दीर्घकालिन योजना बनाउँदैनन् । जनताको असली पहलकर्ता कम्युनिष्टले जनताको असली नेतृत्व गर्न नसकेको अवस्थामा स्वतःस्फूर्त रुपमा हुने जनताको आन्दोलनबारे सोंच्नमा उनीहरु लिन भएका हुन्छन् । जब त्यो आन्दोलन स्वतःस्फूर्त होइन आफ्नै नेतृत्वमा गोलबन्द हुन्छ, त्यतिबेला उनीहरु आफै निस्तेज हुनेछन् । मानसिक तनावमा फस्नेछन् ।
देङबादी चिनिया विकासको विरोध गर्न ‘बोसी’लाई जो आज जेलमा छन्, उनले भनेका छन्–‘जनताको सेवा गर्नु कम्युनिष्ट पार्टीको आधारभूत सिद्धान्त हो र साझा समृद्धिले नै जनताको सेवाको हाम्रो ठोस प्राप्ति हो ।...केही मान्छेका लागि अगाडि बढ्नुको अर्थ पश्चिमबाट सिक्नु हो भन्ने छ । जबकी हाम्रो समृद्धिको विकासशीलताको बाटेमा कम्युनिष्ट पार्टीलाई अघि बढाउने सुन्दर परम्परा वा सहि अर्थमा बामपन्थी हुनु भनेको चाँही पछि हट्नु हो भन्ने गर्छन् । आज हाम्रो हकमा पनि अघि बढ्ने नामा पश्चिमी मोडेल वा नवउदारवादसँगको मितेरी जरुरी छैन, बरु हाम्रो विशेषताको आर्थिक विकासको मोडेल, क्रान्तिको मोडेल र पार्टी प्रणालीको विकास गर्न जरुरी छ ।
नेपालमा अहिले दलाल पुँजीवाद हाबी देखिन्छन् । इतिहासमा खासगरी बेलायती भारतमार्फत विश्व पुँजीवादसँग नेपालको संघर्ष भएपछि पुँजी निर्माणको आन्तरिक प्रक्रिया कमजोर हुँदै गएको पाइन्छ । सन् १९६१ मा हाम्रो ब्यापारघाटा १७ करोड ९२ लाख थियो । अहिले त्यो बढेर ६ अर्ब ८९ अर्ब पुगेको छ । यसले ठूलो परनिर्भरताको अभिब्यक्त गर्दछ ।
यो अवस्थामा करिब ५६ प्रतिशत घरधुरीबाट एक वा सो भन्दा बढी सदस्य बैदेशिक रोजगारीमा गएका छन् र राष्ट्रिय आयमा २८ प्रतिशत रेमिट्यान्सले टेवा पुर्याएको छ ।
ती विदेशीएकाहरु मूल त सवैजसो युवाहरु नै हुन् । आधा जनसंख्या भनेको युवाहरु हो, तिनीहरु स्वदेशमा बेरोजगार छन्, विदेशमा गएर गएर पूँजी निर्माण प्रक्रियामा सामेल भएका छन् । नेपालको राजनीतिमा निर्णायक धक्का दिएर राज्यसत्ता नै बदल्न सक्ने तागत विदेशमा छ । सरकार बदल्न सक्ने ताकत भएका युवाहरुलाई विदेश पठाएर सरकार संचालन गर्न खोजे जस्तो देखिन्छ नेपालमा । ती विदेशीएका युवाहरुलाई स्वदेशमा फिर्ता गर्न सक्ने र स्वरोजगार सिर्जना गर्न सक्ने कार्यक्रम बनाउन सक्नुपर्छ । त्यसले मात्र विकास र क्रान्तिलाई दिगोपना दिलाउँछ ।
तिनै युवाहरुको रगत, पसीनाबाट सिचिंत हो माओवादी पार्टी । आजपनि एमाओवादी पार्टीमा युवाहरुको ठुलो जमात छ । प्रचण्ड नेतृत्वको माओवादी टीम एक्स्ट्रा खेलाडीहरु बढी भएको टीम हो । जो सँग टोलीको जर्सी वर्षौ देखि छ र हार/जीतमा, जस/अपजस धेरै बोक्नु पनि पर्छ तर बल र व्याट लिएर क्रीजमा छिन पाउने टीम असाध्यै सानो छ । त्यासले बेलाबेलामा ‘म्याच फिक्सिङ’ गरिरहन्छ र पार्टीलाई कमजोर बनाईरहन्छ ।
सामुहिकतामा बल हुन्छ भन्ने विज्ञानलाई मान्ने हो भने, ‘सबैलाई जिम्मेवारी’ अनिवार्य शर्त हो । त्यसका लागी संस्थागत जीवनको थालनी अपरीहार्य आवश्यकता हो । के अब ‘माथी रिझाउने’ पार्टीलाई ‘तल रिझाउने’ र नीजि घरको अफिस र भेटघाटलाई पेरिसडाँडा फर्काउने गरी गाँठो फुकाउन सक्छ ? यीनै प्रश्नवाचक साँचोले पार्टी निर्माणको ढोका खोल्न सक्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: