Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

गधाको घाँटीमा मौवाको माला

दिल्लीमै न्यानो आतिथ्यको कामना गरेका मधेसी मोर्चाको परिकल्पना विपरीतको दिल्लीको सङ्केत र व्यवहारपछि उनीहरुमा देखिएको किञ्चित लचकता र उखाने सारथिका उखान– टुक्काका विश्रान्तीले अब देशले भोगेको पीडाबाट केही न केही राहत मिल्ने हो कि भन्ने जनअपेक्षामा पुनः चिसो पानी खन्याइएको छ । यतिबेला नेपाली कांग्रेस सत्ता बाहिर छ र यो उसका निम्ति असह्य पीडा पनि हो । तसर्थ अनेकखाले बखेडा झिकेर राज्य सञ्चालनमा तगारा तेस्र्याई ऊ फेरि पनि सत्तामै जाने दाउमा छ र मधेस समस्या समाधानको श्रेय एकलौटी आफ्नो पोल्टामा पार्न उद्यत छ । पुनःनिर्माण प्राधिकरणमा आफ्नै मान्छे भर्ती गर्न पाइयो भने त्यसबाट अकुत सम्पत्ति आर्जनको द्वार खुल्ने दिव्यज्ञान उसलाई पहिल्यै प्राप्त छ । [caption id=\"attachment_44721\" align=\"alignleft\" width=\"150\"]\"लेखक\" लेखक[/caption] अर्कातिर वर्तमान गतिरोध शीघ्रातिशीघ्र सल्ट्याउने रहर न प्रतिपक्षमा छ न सत्ता पक्षमा नै । कर्मचारीतन्त्र त यतिवेला कसरी राज्य लुट्ने भनेर अहोरात्र लागेकै छ । लुटतन्त्र अहिले यति मौलाएको छ कि अब सर्वसाधारण जनताले एकमुठी श्वास कसरी धान्ने भन्ने कुरामा नै धौ धौ पर्दै गएको छ । कमिशनकै चक्करका कारण न चीनसँगको पेट्रोलियम कारोवार सम्झौताले मूर्त रुप लिएको छ, न अरब वा वङ्गलादेशबाट ल्याउने हावादारी गफले नै । अन्ततोगत्वा भारतलाई तर्साउने तुरुपभन्दा वेसी केही रहेन चीनसँग गर्ने भन्ने पेट्रोलियम पदार्थ आयातको चुरीफुरी । सत्ता र प्रतिपक्षको अघोषित चोचोमोचो सत्तारोहण जसले गरे पनि हरेक निकायमा हुने मोलतोलको कुरा उत्तरसँग मिलाउन सहज छैन चाहे त्यो भाषिक, सांस्कृतिक होस् वा चारित्रिक । भ्रष्टाचार मामिलामा शून्य सहनशीलता देखाउँदै आएको उत्तरसँग कुनै पनि मानेमा अत्यावश्यक बस्तु आयात गर्न राज्यले भित्रैबाट मञ्जुरीनामा गर्न सकेन र यो भागसान्तीमा सत्ता र प्रतिपक्षको अघोषित चोचोमोचो रहेको बुझ्न कठिनाइ छैन पनि ।
लोकमान सिंह कार्कीले नाम सूची प्रकाशित गरेर २/४ जनालाई त्राहिमाम पार्दैमा लुट संस्कार टसको मस बन्ने कुरा पनि भएन किनकि उनले पनि सरकारले भारतलाई तर्साउन खोजेजस्तै गर्न लागेका हुन् र पछि हिसाबकिताब मिलिहाल्छ भन्नेमा सबै लुटाहाहरु ढुक्क छन् ।
लोकमान सिंह कार्कीले नाम सूची प्रकाशित गरेर २/४ जनालाई त्राहिमाम पार्दैमा लुट संस्कार टसको मस बन्ने कुरा पनि भएन किनकि उनले पनि सरकारले भारतलाई तर्साउन खोजेजस्तै गर्न लागेका हुन् र पछि हिसाबकिताब मिलिहाल्छ भन्नेमा सबै लुटाहाहरु ढुक्क छन् । राज्य किन पनि हाइसञ्चो मानिरहेको छ भने मधेसमा आगो बल्न थाल्यो भने राष्ट्रियताको गाना गाए भइहाल्यो, होइन, उनीहरुलाई पनि पारिबाट उचालिएझैं व्यापक समर्थन मिलेन र लुत्रुक्क पर्न आए भने सोही ढङ्गले आफ्नो हात माथि पर्ने गरी सम्झौता गरे खेलै खत्तम् । फेरि मधेसमा जसरी झण्डै तीन महिना आगो बल्यो त्यसरी नै अब उप्रान्त आगो बल्ने छेकछन्द देखिदैन । दिल्लीकाे मधेस दिलचस्पी अहिले व्यवस्थापिका संसदमा पेश भएको संशोधन विधेयकप्रति राजी हुन दिल्लीको खबरदारी उनीहरुलाई कायमै हुनेछ । यदि यसमा चित्त नबुझाए दिल्लीले मधेसप्रति देखाएको दिलचस्पी ह्वात्तै ओरालिने छ भन्ने सङ्केत बुझेको सत्ता पक्ष मधेसीकै मागमा हत्पती गलिहाल्ने परिस्थिति देखिँदैन ।
मधेसीलाई ‘जनावर’को संज्ञा दिएका राज्यका अनुदारवादी सारथिले बरु सत्ताबाट हात धुने परन्तु आफ्नो सोचबाट पछि नहट्ने छनक दिइसकेका छन् ।
मधेसीलाई ‘जनावर’को संज्ञा दिएका राज्यका अनुदारवादी सारथिले बरु सत्ताबाट हात धुने परन्तु आफ्नो सोचबाट पछि नहट्ने छनक दिइसकेका छन् । त्यसमाथि निरन्तरको नाकाबन्दीबाट वाक्कदिक्क भएका तराईवासीले पनि आन्दोलनमा अनवरत साथ दिने लक्षण देखिँदैन । हो, यही विजय–पराजयको प्रतिष्ठाको माखेसाङ्लोमा जेलिएको छ देश, निकासविहीन भएर । नागरिक समाज र बुद्धिजीवीकाे माैनता यतिबेला स्वतन्त्र बुद्धिजीवी र आफूलाई कथित प्रबुद्ध वर्ग सम्झने तप्काले जुन मौनता साँधेको छ त्यो भने बुझिनसक्नुको छ । अमुक दलको राजनीतिबाट आफूलाई पृथक राखेको र नागरिक समाज भन्न रुचाउने त्यो तप्का यो सङ्कटपूर्ण घडीमा कुहिरोको काग बनेको छ । वास्तवमा उसले नै सङ्कट मोचनमा यतिबेला निर्णायक भूमिका निर्वाह गर्न सक्थ्यो र पथ्र्यौ पनि । एकाथरी यतिबेला मधेससँग साखिल्लो हुने कसरतमा छन् र सत्ताको सत्तोसरापमा आफ्नो समय बर्बाद गरिरहेछन् भने अर्कोथरी मधेसीलाई विहारीका रुपमा चित्रित गर्दै सत्ताको तावेदारी गरिरहेछन् ।
अमुक दलको राजनीतिबाट आफूलाई पृथक राखेको र नागरिक समाज भन्न रुचाउने त्यो तप्का यो सङ्कटपूर्ण घडीमा कुहिरोको काग बनेको छ ।
एउटा सानो झुण्डचाहिँ अखबारका पाना रङ्गाएर होस् वा टी.भी. का पर्दामा बकबकाएर वा रेडियोमा कर्कश स्वर उरालेर किन नहोस् दुवै थरीलाई एउटै ड्याङ्को मुला करार गर्न सक्दो जोड लगाउँदै छन् । परन्तु समाधानको सूत्र वा द्वन्द्व निरुपणको रामवाण खोज्न कोही कसैको ध्यान गएको छैन । यस्तो लाग्छ अहिले, मानौंकि सबै कथित प्रबुद्ध वर्गहरु निरो हुन् र राज्यले भोगेको शासनामा मौनताको मुरली बजाइरहेछन् सबै मिलेर । भलै त्यो धुन असह्य कर्कश नै किन नहोस्, सर्वसाधारणजनहरुका निम्ति । अहिलेकाे अावश्यकता अलमलमा परेको मुलुकलाई मार्गनिर्देश गर्नतिर यिनले जेजति ध्यान पु¥याउनु पथ्र्यो त्यस्तो गोचर भएको छैन कही कतै । यस्तो प्रतीत हुन्छ यो याम कि यहाँ तटस्थ भन्ने कुनै प्राणी छैन । हरेक व्यक्तिलाई राजनैतिक अफिमको नशा लागेको छ र राजनैतिक प्रभावले उम्कनै नसक्नेगरी गाँजेको छ । अन्यथा अन्य बेला नागरिक समाज र बुद्धिजीवीको दुहाइ दिने कथित प्रबुद्ध वर्गले किन यो सङ्कट समाधानार्थ मध्यस्तता गर्न सकिरहेको छैन ?
यस्तो लाग्छ अहिले, मानौंकि सबै कथित प्रबुद्ध वर्गहरु निरो हुन् र राज्यले भोगेको शासनामा मौनताको मुरली बजाइरहेछन् सबै मिलेर ।
एकातिर सत्तापक्षको परिवर्तन आत्मसात गर्न अनिच्छा र मधेसी दलहरुको अमानवीय आन्दोलनका कारण चेपमा परेका छन् निरीह सर्वसाधारण भने अर्कातिर आन्तरिक रुपमा पन्पिएको आक्रोश मत्थर पार्न विषयान्तर गरेर बच्छ्यूभैंm सत्तापक्षतिर फन्कनु पर्ने प्रतिपक्षी बाध्यताले पनि उनीहरुको टन्कँदो घाउमा नुनचुक नै छरेको छ । अन्ततः जोसुकै होस् हुने खाने र सत्ता–विपक्षका चुला पनि बलेकै छन्, सवारी पनि चलेकै छन् । आखिर हुँदा खाने वर्ग नै हो यतिखेर पनि प्रताडित बनेको जो इतिहासदेखि नै अविराम प्रताडनाको शिकार बनेको बन्यै थियो । तसर्थ इतिहासमा आफ्नो नाम दर्ज गर्ने हो भने तटस्थ दावी गर्ने प्रबुद्ध वर्गले अब एक दिन पनि ढिला नगरी मध्यस्तताका निम्ति अग्रसर बन्दै पहलकदमी लिनु जरुरी छ । अन्यथा इतिहासको निर्मम घडीले तिनीहरुलाई दुत्कार्ने भन्दा केही गर्ने छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending