लोकमान सिंह कार्कीले नाम सूची प्रकाशित गरेर २/४ जनालाई त्राहिमाम पार्दैमा लुट संस्कार टसको मस बन्ने कुरा पनि भएन किनकि उनले पनि सरकारले भारतलाई तर्साउन खोजेजस्तै गर्न लागेका हुन् र पछि हिसाबकिताब मिलिहाल्छ भन्नेमा सबै लुटाहाहरु ढुक्क छन् ।लोकमान सिंह कार्कीले नाम सूची प्रकाशित गरेर २/४ जनालाई त्राहिमाम पार्दैमा लुट संस्कार टसको मस बन्ने कुरा पनि भएन किनकि उनले पनि सरकारले भारतलाई तर्साउन खोजेजस्तै गर्न लागेका हुन् र पछि हिसाबकिताब मिलिहाल्छ भन्नेमा सबै लुटाहाहरु ढुक्क छन् । राज्य किन पनि हाइसञ्चो मानिरहेको छ भने मधेसमा आगो बल्न थाल्यो भने राष्ट्रियताको गाना गाए भइहाल्यो, होइन, उनीहरुलाई पनि पारिबाट उचालिएझैं व्यापक समर्थन मिलेन र लुत्रुक्क पर्न आए भने सोही ढङ्गले आफ्नो हात माथि पर्ने गरी सम्झौता गरे खेलै खत्तम् । फेरि मधेसमा जसरी झण्डै तीन महिना आगो बल्यो त्यसरी नै अब उप्रान्त आगो बल्ने छेकछन्द देखिदैन । दिल्लीकाे मधेस दिलचस्पी अहिले व्यवस्थापिका संसदमा पेश भएको संशोधन विधेयकप्रति राजी हुन दिल्लीको खबरदारी उनीहरुलाई कायमै हुनेछ । यदि यसमा चित्त नबुझाए दिल्लीले मधेसप्रति देखाएको दिलचस्पी ह्वात्तै ओरालिने छ भन्ने सङ्केत बुझेको सत्ता पक्ष मधेसीकै मागमा हत्पती गलिहाल्ने परिस्थिति देखिँदैन ।
मधेसीलाई ‘जनावर’को संज्ञा दिएका राज्यका अनुदारवादी सारथिले बरु सत्ताबाट हात धुने परन्तु आफ्नो सोचबाट पछि नहट्ने छनक दिइसकेका छन् ।मधेसीलाई ‘जनावर’को संज्ञा दिएका राज्यका अनुदारवादी सारथिले बरु सत्ताबाट हात धुने परन्तु आफ्नो सोचबाट पछि नहट्ने छनक दिइसकेका छन् । त्यसमाथि निरन्तरको नाकाबन्दीबाट वाक्कदिक्क भएका तराईवासीले पनि आन्दोलनमा अनवरत साथ दिने लक्षण देखिँदैन । हो, यही विजय–पराजयको प्रतिष्ठाको माखेसाङ्लोमा जेलिएको छ देश, निकासविहीन भएर । नागरिक समाज र बुद्धिजीवीकाे माैनता यतिबेला स्वतन्त्र बुद्धिजीवी र आफूलाई कथित प्रबुद्ध वर्ग सम्झने तप्काले जुन मौनता साँधेको छ त्यो भने बुझिनसक्नुको छ । अमुक दलको राजनीतिबाट आफूलाई पृथक राखेको र नागरिक समाज भन्न रुचाउने त्यो तप्का यो सङ्कटपूर्ण घडीमा कुहिरोको काग बनेको छ । वास्तवमा उसले नै सङ्कट मोचनमा यतिबेला निर्णायक भूमिका निर्वाह गर्न सक्थ्यो र पथ्र्यौ पनि । एकाथरी यतिबेला मधेससँग साखिल्लो हुने कसरतमा छन् र सत्ताको सत्तोसरापमा आफ्नो समय बर्बाद गरिरहेछन् भने अर्कोथरी मधेसीलाई विहारीका रुपमा चित्रित गर्दै सत्ताको तावेदारी गरिरहेछन् ।
अमुक दलको राजनीतिबाट आफूलाई पृथक राखेको र नागरिक समाज भन्न रुचाउने त्यो तप्का यो सङ्कटपूर्ण घडीमा कुहिरोको काग बनेको छ ।एउटा सानो झुण्डचाहिँ अखबारका पाना रङ्गाएर होस् वा टी.भी. का पर्दामा बकबकाएर वा रेडियोमा कर्कश स्वर उरालेर किन नहोस् दुवै थरीलाई एउटै ड्याङ्को मुला करार गर्न सक्दो जोड लगाउँदै छन् । परन्तु समाधानको सूत्र वा द्वन्द्व निरुपणको रामवाण खोज्न कोही कसैको ध्यान गएको छैन । यस्तो लाग्छ अहिले, मानौंकि सबै कथित प्रबुद्ध वर्गहरु निरो हुन् र राज्यले भोगेको शासनामा मौनताको मुरली बजाइरहेछन् सबै मिलेर । भलै त्यो धुन असह्य कर्कश नै किन नहोस्, सर्वसाधारणजनहरुका निम्ति । अहिलेकाे अावश्यकता अलमलमा परेको मुलुकलाई मार्गनिर्देश गर्नतिर यिनले जेजति ध्यान पु¥याउनु पथ्र्यो त्यस्तो गोचर भएको छैन कही कतै । यस्तो प्रतीत हुन्छ यो याम कि यहाँ तटस्थ भन्ने कुनै प्राणी छैन । हरेक व्यक्तिलाई राजनैतिक अफिमको नशा लागेको छ र राजनैतिक प्रभावले उम्कनै नसक्नेगरी गाँजेको छ । अन्यथा अन्य बेला नागरिक समाज र बुद्धिजीवीको दुहाइ दिने कथित प्रबुद्ध वर्गले किन यो सङ्कट समाधानार्थ मध्यस्तता गर्न सकिरहेको छैन ?
यस्तो लाग्छ अहिले, मानौंकि सबै कथित प्रबुद्ध वर्गहरु निरो हुन् र राज्यले भोगेको शासनामा मौनताको मुरली बजाइरहेछन् सबै मिलेर ।एकातिर सत्तापक्षको परिवर्तन आत्मसात गर्न अनिच्छा र मधेसी दलहरुको अमानवीय आन्दोलनका कारण चेपमा परेका छन् निरीह सर्वसाधारण भने अर्कातिर आन्तरिक रुपमा पन्पिएको आक्रोश मत्थर पार्न विषयान्तर गरेर बच्छ्यूभैंm सत्तापक्षतिर फन्कनु पर्ने प्रतिपक्षी बाध्यताले पनि उनीहरुको टन्कँदो घाउमा नुनचुक नै छरेको छ । अन्ततः जोसुकै होस् हुने खाने र सत्ता–विपक्षका चुला पनि बलेकै छन्, सवारी पनि चलेकै छन् । आखिर हुँदा खाने वर्ग नै हो यतिखेर पनि प्रताडित बनेको जो इतिहासदेखि नै अविराम प्रताडनाको शिकार बनेको बन्यै थियो । तसर्थ इतिहासमा आफ्नो नाम दर्ज गर्ने हो भने तटस्थ दावी गर्ने प्रबुद्ध वर्गले अब एक दिन पनि ढिला नगरी मध्यस्तताका निम्ति अग्रसर बन्दै पहलकदमी लिनु जरुरी छ । अन्यथा इतिहासको निर्मम घडीले तिनीहरुलाई दुत्कार्ने भन्दा केही गर्ने छैन ।
प्रतिकृया लेख्नुहोस्: