Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

फेसबुकमा ‘बाँदर सरकार’को यस्तो कथा भेटियो

काठमाडौं । लामो समयदेखि भारतले गरेको नाकाबन्दीले गर्दा मुलुकमा महासंकट छ । चार महिनादेखि इन्धन अभावले गर्दा निर्वाध सवारी साधन सञ्चालन हुन सकेको छैन भने खाना पकाउने ग्यासको अभावमा राजधानीकै बासिन्दा पनि दाउरामा निर्भर रहनुपर्ने बाध्यता आइपरेको छ । \"kp-oli1\"भारतले गरेको नाकाबन्दीको कारण चार महिनाभन्दा बढी समयदेखि मुलुक गम्भीर संकटमा पर्दा समेत सरकारले कुनै विकल्प दिन सकिरहेको छैन् । तिहारपछि निजी सवारी साधनले तेल नपाएपछि कालाबजारियाबाट महंगोमा इन्धन खरिद गरेर गाडी चलाइरहेका छन् । लामो समयदेखिको मधेसमा जारी बन्द हड्ताल र भारतले गरेको नाकाबन्दीको कारण मुलुक गम्भीर संकटमा पर्दा सरकारले वैकल्पिक रुपमा इन्धन आपूर्ति गर्न सकेको छैन । भारतले गरेको नाकाबन्दीलाई औपचारिक रुपमै सरकारले अन्तर्राष्ट्रिय करण गर्न सकिरहेको छैन । अन्य विकल्प दिन नसकेको सरकारले भारतसँग पनि कुटनीतिक पहल गरी समस्या समाधान गर्न सकिरहेको छैन । भारतले गरेको हेपाहा प्रवृत्तिको विरोधमा आम नागरिक कष्ट सहेर पनि भारत बाहेकको विकल्प खोज्न सुझाव दिइरहेका छन् । सरकारको विरोधमा समेत उत्रिएका छैनन् । सरकारले विकल्प खोजिरहेको र पहल भइरहेको भन्दै आएको छ तर कस्तो पहल र विकल्प हो देखिएको छैन । सरकारले पहल भइरहेको भन्ने र दौडधुप गरिरहेजस्तो पनि देखिने तर उपलब्धी सून्य भएपछि सामाजिक सञ्जाल फेसबुकमा बाँदर सरकारको कथा भाइरल बनेको छ । कथा यस्तो छ ः एकादेशमा एउटा जंगल थियो, उक्त जंगलमा थरिथरिका जनावर बस्थे । एक दिन जंगलको राजाको चुनाव भयो, जनावरहरुले सिंहलाई छोडेर बाँदरलाई राजा बनाएछन् । एक दिन एउटा बाघले बाख्राको बच्चालाई उठाएर आफ्नो गुफामा लगेछ, बाख्राले आफ्नो बच्चालाई मुक्त गराईदिन बिन्ति गर्दै बाँदर राजा कहाँ गइन् । बाँदर राजा बाघको गुफाको नजिक जाँदा गुफामा पाठालाई देखेछ तर भित्र गएर मुक्त गराइदिने आँट उसमा आएन । बाँदर राजा गुफा नजिकै रहेको रुखमा चढी एउटा हाँगाबाट अर्कोमा छलाङ्ग लगाउन (हामफाल्न) थाल्यो । छलाङ्ग लगाउँदा लगाउँदै धेरै दिन यसरी नै बितिसक्दा पनि आफ्नो बच्चा न फिर्ता नआएको देखेर बाख्रीले गएर सोधी, मेरो बच्चा कहिले ल्याइदिनु हुन्छ सरकार ? बाख्राको प्रश्नको जवाफ दिंदै बाँदर राजाले भने “मेरो दौडधूप र प्रयासमा कुनै कमि देखेकी छौ भने भन ।“ भन्दै प्रश्न ग¥यो । \"FBसरकारले आँट गरोस् कथामा बाँदर राजाले बाघलाई बाख्राको पाठो छाडिदेउ भन्ने आँट गर्न नसकी एउटा रुखबाट अर्को रुखमा हामफाल्दै यता र उता मात्रै गरेर उफ्रेर बस्दा परिणाम निस्किएन । त्यस्तै नयाँ बनेको संविधानपछि नेपालको समृद्धितर्फ लैजाने र मुलुकको निकास दिनका लागि भन्दै नयाँ सरकार गगठन भएर पनि समस्या सुल्झिनुभन्दा झनै बल्झिँदै गएको छ । कथाले भनेजस्तै मात्र हो कि मुलुकले निकास पाउँछ, आम नागरिक प्रश्न सोधिरहेका छन्, ओली सरकार ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies