Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

प्रदीप ज्ञवालीको नजरमा मधेस आन्दोलनका चार तत्व

\"pradipकाठमाडौं । नेकपा एमालेका सचिव तथा प्रभावशाली नेता प्रदीप ज्ञवालीले तराई–मधेसमा जारी मधेस आन्दोलनबारे चार गुह्य तथ्य पेश गरेका छन् । मधेस आन्दोलनलाई राजनीतिक आन्दोलन भनी स्वीकार गरिए पनि अराजनीतिक आन्दोलन भइरहेको उनको तर्क छ । उनले मधेसमा जारी आन्दोलनलाई राजनीतिक आन्दोलनकै रुपमा स्वीकार गरिएको भए पनि अराजनीतिक आन्दोलन भन्दै चार तथ्य पेश गरेका छन् । तत्व नम्बर एक मधेस आन्दोलनबारे एमाले नेता ज्ञवालीले ‘इमोश्नल कारण’लाई पहिलो तत्व मानेका छन् । मधेसी नेता कार्यकर्ताहरु इमोश्नल किसिमले आन्दोलनमा आएको तर्क पेश गर्छन् । उनले इमोश्नल कारण जायज नै भएको बताए । तत्व नम्बर दुई एमालेका प्रभावशाली नेता ज्ञवालीले मधेस आन्दोलनबारे दोस्रो तत्व पेश गर्दै भनेका छन्, ‘यो पोलिटिकल स्वार्थका लागि हो ।’ मधेसका १ सय १६ निर्वाचन क्षेत्र मध्ये मधेसवादी दलहरुले १२ सिट मात्रै जितेका छन् । मधेस सबै आफ्नै भन्नेहरु पराजित भएपछि आन्दोलनको बलमा ‘पोलिटिलक स्पेस’ बनाउन चाहेको उनको आरोप छ । तत्व नम्बर तीन एमाले सचिव ज्ञवालीको दृष्टिकोणमा मधेस आन्दोलनको तेस्रो तत्व भनेको ‘अतिवाद’ हो । मधेसका आन्दोलन अतिवादतर्फ उन्मुख भइहेको उनको तर्क छ । पछिल्लो पटक धनुषाको जनकपुरधामस्थित राम जानकी मन्दिरमा सम्मानित राष्ट्रपतिमाथि विधवा महिला भनेर अपहेलना गर्नु अतिवाद भएको ज्ञवालीको दाबी छ । तत्व नम्बर चार एमाले नेता ज्ञवालीले मधेस आन्दोलनको चौथो तत्वको रुपमा ‘जिओपोलिटिक्स’ भनेका छन् । भू राजनीतिक कारणले मधेसमा समस्या रहेको उनको तर्क छ । मधेसका जनताहरुलाई हेर्ने दृष्टिकोण त्यस्तै छ । रंगभेदका आधारमा मधेसका जनताहरु हेपिएका छन् । मधेसमा अझै पनि डुमलाई इनारमा पानी भर्न नदिने समस्या कायमै रहेको ज्ञवालीको भनाई छ । प्रजातन्त्रको लगानी चुक्ता गर्ने भारतको चाहना एमाले नेता ज्ञवालीले मधेस आन्दोलनबारे आफ्ना चार तत्व मात्र पेश गरेनन् । उनले नेपाललाई हेर्ने भारतको दृष्टिकोणबारे पनि खुलासा गरेका छन् । भारतको बुझाई–आफूले नेपालमा प्रजातन्त्रको लागि गरेको लगानी चुक्ता गर्नपर्छ भन्ने रहेको ज्ञवालीले बताए । नेपालको हरेक राजनीतिमा आफूले डिजाइन गर्ने भारतको सोंच नै सबै भन्दा गलत रहेको ज्ञवालीको भनाई छ । संविधान जारी गर्ने बेलामा आफू भारतको सद्भाव लिन जाँदा संविधान रोक्न आग्रह गरेकोसमेत ज्ञवालीले खुलासा गरे । निरंकुश पञ्चायती ब्यवस्थाप्रति सद्भाव र समर्थन राख्ने भारतले अहिलेको संविधानलाई समावेशी नदेख्नु आश्चार्यजनक रहेको ज्ञवालीको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies