केही दिनमै नाकाबन्दी खुल्ने भारतको संकेत, तीन बुँदे प्रस्तावको स्वागत
पौष ६ गते, २०७२ सोमवार 21st December, 2015 Mon२०:३४:५८ मा प्रकाशित
काठमाडौं । लामो समयदेखि जारी मधेस आन्दोलनका कारण नाकाबन्दी गर्दै आएको भारतले केही दिनमै नाकाबन्दी खोल्ने संकेत गरेको छ ।
आइतबार राती मन्त्रिपरिषदको आकस्मिक बैठकले भएको मोर्चाको माग सम्बोधन गर्नेबारे प्रमुख तीन दलबीच भएको तीन बुँदे प्रस्ताव अनुमोदन गरेको थियो । मन्त्रिपरिषदले अनुमोदन गरेको उक्त प्रस्तावको स्वागत गर्दै भारतले नाकाबन्दी छिट्टै नै खुला गर्ने संकेत गरेको हो ।
भारतीय विदेशमन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारले पारित गरेको तीन बुँदे प्रस्तावको स्वागत गर्दै जारी मधेस आन्दोलनका कारण नेपाल–भारतबीच व्यापारमा भइरहेको अवरोध पनि छिट्टै अन्त्य हुने विश्वास भारतले गरेको छ ।
ती निर्णयहरु राज्यका सबैअंगमा समानुपातिकरसमावेशी प्रतिनिधित्वको सिद्धान्त लागु गर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा संविधान संशोधन गर्नका लागि भएको उल्लेख गर्दै भारतले राजनीतिक सहमतिका आधारमा प्रदेशको सीमांकन परिवर्तन गर्ने र नागरिकतासम्बन्धी मुद्धालाई सम्बोधन गरिने कुरा स्वागतयोग्य भएको भारतीय विदेश मन्त्री सुष्मा स्वराजले सोमवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालका सबै राजनीतिक दललाई समस्या समाधानका लागि परिपक्वता र लचकता अपनाउन भारतले आग्रह गरेको छ । एक असल छिमेकी र शुभचिन्तकका हिसाबले भारतको संविधानका विषयमा नेपालमा भइरहेको आन्तरिक मतभेदमा गहिरो चासो रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले केही दिनअघि समानुपातिक समावेशीको सिद्धान्त अपनाउन र जनसंख्याका आधार निर्वाचन क्षेत्र तोक्न संसदमा संविधान संशोधन विधेयक अघि बढाउने र मोर्चालाई वार्ताका लागि आह्वान गर्ने सहमति गरेका थिए । सोही सहमति मन्त्रिपरिषदको आइतबारको आकस्मिक बैठकले अनुमोदन गरेको थियो ।
सहमति गर्न मोर्चालाई दूतावासको सुझाव
मधेस समस्या समाधानका लागि प्रमुख तीन दलबीच भएको तीन बुँदे सहमति मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि भारतले मोर्चाका नेताहरुलाई सहमति कायम गर्न सुझाव दिएको छ ।
नेपालका लागि भारतीय राजदूत राणजीत रायले सोमवार लैनचौरमा मधेसी मोर्चाका शीर्ष नेताहरुलाई बोलाएर तीन बुँदे प्रस्तावका आधारमा सहमति गर्न सुझाव दिएका हुन् । छलफलका लागि मधेसी मोर्चाका शीर्ष नेताहरु भारतीय दूताबास लैनचौरस्थित राजदूतको क्वाटरमा पुगेका थिए ।
भारतीय राजदूत रायसँगको भेट लगत्तै मोर्चाका नेताहरुले सोमवार नै सरकारी वार्ता टोली संयोजक कमल थापासँग सिंहदरबारमै अनौपचारिक वार्ता गरेका थिए । उक्त अनौपचारिक वार्तामा मन्त्री थापाले सरकारले आइतबार राती गरेको तीनबुँदे प्रस्ताव मोर्चाका वार्ता टोलीलाई लिखित रुपमा नै बुझाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: