Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

देवी देवता रिसाउने डरले महिनावारी हुँदा गोठमा सुत्न बाध्य

\"goth\"जाजरकोट । दुर्गम दूरदराजका महिलाले अहिले पनि गाईभैँसी बाँध्ने गोठमा सुत्न बाध्य भएको बताएका छन् । महिनावारी हुँदा घरमा सुत्दा देवी देवता रिसाउने डरले गर्दा आफूहरु गाईभैँसी बाँध्ने गोठमा सुत्न बाध्य भएको नायकवाडा– ७ की काली सिंहले बताइन । महिनावारी हुँदा दुहुना गाईभैँसीलाई  छोएमा गाईभैँसी बिरामी हुने, दूध नदिनेजस्ता कारण गोठमा सुत्न बाध्य पारिएको अर्की सीता सिंहले दुःखेसो पोखिन । आफूहरुले दुःख गरी ल्याएको घाँस पशुचौपायालाई दिन मिल्ने तर हामीले छुन नमिल्ने भएका कारण निकै पीडित हुनुपरेको सिंहको भनाइ छ । महिनावारीको समयमा दूध, दही, मही र घ्यूसमेत देवी देवता रिसाउने डरले आफूहरुलाई नदिने गरेको नमिठो यथार्थसमेत उनले सुनाइन । रोकाय गाउँकी राधिका शाहीका अनुसार महिनावारी हँुदा नुन र मकैको रोटी आधा पेट खाएर सात दिनसम्म कष्टपूर्ण तरिकाले बाँच्नु पर्दछ । जिल्लाको बारेकोट क्षेत्रका चारवटा गाविसमा महिनावारी हँुदा देवी देवता रिसाउने डरले गोठमा सुत्न बाध्य बनाएर महिलामाथि अत्यधिक शोषण हुने गरेको वीरेन्द्र ऐश्वर्य उच्च मावि, लिम्साका प्राचार्य गोरखबहादुर सिंह बताउँछन् । गाईभैँसी गोठमा सुत्दा अधिकांश महिला बिरामी हुने गरेका छन् । चिसोका कारण मङ्सिर, पुस र माघमा बढी समस्या हुने गरेको रामीडाँडाकी महिला स्वायम्सेविका पुतली थापाले बताइन । यो क्षेत्रमा पुरुषले भन्दा  महिलाले बढी श्रम गर्ने गरेका छन् । यहाँ  नपढेका मात्र होइन पढेलेखेकाको घरमा समेत यो कु–संस्कारले जरो गाडेर मौलाएको स्वास्थ्यकर्मीको भनाइ छ । कैयौँ महिलाको यो समयमा गोठमा बस्दा चिसोका कारण कठ्याङ्गिएर मृत्युसम्म भएको नायकवाडाका नागरिक अगुवा जनकबहादुर शाहीले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE