Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

मधेसी मोर्चासँगको अबको वार्ता निर्णायकः सञ्चारमन्त्री राई

\"serdhanपोखरा । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले मधेसी मोर्चासंगको अबको वार्ता निर्णायक हुने र मुलुकले निकास पाउने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री राईले अब केही दिनमै वार्ताका लागि मिति र समय तोकिने तथा परिणाम नआएरसम्म निरन्तर टेबुलमा बसेर वार्ता गरी सहमतिमा पुगेर अघोषित नाकावन्दीको अन्त्य हुने विश्वास व्यक्त गरे । ‘नयाँ संविधान जारी भएपछि बिनाकारण नाकाबन्दी गरेर देशमा मानवीय सङ्कट पैदा गरियो, यसको जवाफ स्वयं मधेसवादी नेताले पनि दिन सकेका छैनन् भन्दै उनले संविधानका केही विषयवस्तुका बारेमा चित्त नबुझेका भए त्यसका बारेमा  छलफल र वार्ताबाटै टुङ्ग्याउन सकिने बताए । नेपाल सरकारका प्रवक्ता राईले भने –‘मधेसी मोर्चासँगको वार्ता टुङ्गोमा पुगेन भने सरकार चुप लागेर बस्न सक्दैन, संविधान र कानुन बमोजिम अघि बढ्छ । ’ सञ्चार क्षेत्रलाई व्यवस्थित, प्रभावकारी, सुरक्षित र मर्यादित बनाउन सरकारको ध्यान केन्द्रित भएको बताउँदै सञ्चार प्रविधिमन्त्रीले आमसञ्चार प्रतिष्ठान गठनको प्रक्रिया अघि बढेको र श्रमजीवी पत्रकार ऐन र पत्रकार दुर्घटना बिमाको कार्यक्रम तत्काल अघि बढाइने जानकारी दिए । मन्त्री राईले पोखरामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि अब दुई महिनाभित्र सुरु हुने जानकारी दिए । उनले मधेसी मोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि  जनकपुरमा गरेको दुव्र्यवहारप्रति आपत्ति प्रकट गरे  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE