Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

अवैधरुपमा भित्र्याइएको भारतीय ग्यास सिलिन्डर बरामद

\"gasपर्सा  । मधेस केन्द्रित दलले गरेको नाका अवरुद्धले वैध व्यापारलाई समाप्त पार्दै अवैध व्यपारलाई बढावा दिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गर्दै आएको बन्द हड्ताल र नाकाबन्दीको कारण नेपालको लागि भारत तथा तेस्रो मुलुकबाट हुने आयात ठप्प भएपछि सीमाक्षेत्रमा इन्धनलगायत दैनिक उपभोग्य वस्तुको अवैध कारोवार फस्टाउँदै गएको हो । बन्द हड्ताल र नाकाबन्दीको कारण इन्धन तथा दैनिक उपभोग्य वस्तु अभावको फाइदा उठाउँदै तस्करले पर्साका विभिन्न नाकालाई प्रयोग गर्दै डिजल, पेट्रोल, खाना पकाउने ग्यासदेखि दैनिक उपभोग्य वस्तु भित्र्याउने गरेका छन् । यसै क्रममा आज बिहान भारतबाट अवैधरुपमा भित्र्याइएको नम्बर नभएको ट्र्याक्टरसहित ५५ थान भारतीय ग्यासको सिलिन्डर प्रहरीले बरामद गरेको छ । भारतबाट अवैधरुपमा तस्करले ग्यास सिलिन्डर भित्र्याएको पूर्व सूचनाको आधारमा प्रहरीले कारवाही गर्दा पर्साको महादेवपट्टी गाविस–१ जिराभवानी मन्दिर नजिकैबाट भारतीय ग्यास सिलिन्डरसहित ट्याङ्करलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक यादव घर्तीमगरले जानकारी दिए  । उनले  बरामद गरिएको ट्र्याक्टर र ग्यास सिलिन्डरलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी भएको बताए । बन्द हड्तालको कारण हाल देखापरेको अवैध कारोवारलाई निरुत्साहित गर्न प्रहरी दिनरात लागिपरेको प्रवक्ता घर्तीमगरले जानकारी दिए । उनले भारतबाट हुँने अवैध कारोवारलाई नियन्त्रण गर्न सीमाक्षेत्रमा प्रहरीको गतिविधिलाई बढाइएको बताए  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE