काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पार्टी छाडेर मधेस आन्दोलनमा सहभागी हुन आग्रह गर्दै प्रमुख तीन दलका सांसदहरुलाई पत्र पठाएका छन् ।
तराई–मधेसका जिल्लाहरुबाट प्रतिनिधित्व गर्ने कांग्रेस, एमाले र एमाओवादीका झण्डै १५० जना सांसदहरुलाई पत्र पठाएर आन्दोलनमा सक्रिय सहभागी हुन महतोले आग्रह गरेका हुन् ।
‘यो समय पार्टीको परिधिमा बाँधी रहने होइन । काठमाडौंमा बस्ने होइन, यो समय जनताको बीचमा आएर आवाज बुलन्द पार्ने हो,’ हिन्दी भाषामा महतोले लेखेको पत्रको व्यहोरामा भनिएको छ ।
‘जननेता होने के नाते जनता की संघर्ष मे कंधे से कंधे मिलाना आपका भी फर्ज बनता है’, महतोले सांसदहरुलाई पठाएको पत्रमा लेखेका छन्, ‘डेढ करोड मधेसी जनता की अधिकार के इस लडाइँमे आपको भी जनता के बीच रहना चाहिए यही जनता की इच्छा और आपसे अपेक्षा है ।’
तीन दलका शीर्ष नेताको नियतको पर्दाफास भएको उल्लेख गर्दै महतोले अब ‘वार–पार’ लडाईँ लड्न कम्मर कसेको बताएका छन् । ‘आक्रोशित वा उद्वेलित जनता सडकों पर ‘आर–पार’ की लडाई के लिए कमर कस चुकी है’, महतोले उर्दी जारी गरेको पत्रमा लेखिएको छ, ‘डेढ करोड मधेसी जनता की एक ही आवाज हैं ‘अभी नही तो कभी नहीं ।’यसैबीच बुधबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा महतोले मधेसका विषयमा सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाए । उनले मन्त्रिपरिषदले पास गरेको तीन बुँदे प्रस्तावलाई अपूर्ण र आधारहीन भएको बताए ।
महतोले सीमांकन बटमलाइन भएको भन्दै त्यसमा सहमति नभएसम्म आन्दोलन नरोक्ने दोहोर्याए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: