Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

चीनले थप इन्धन अनुदान दिने

\"kamal-thapa-1\"काठमाडौं । भारतीय नाकाबन्दीपछि एक हजार मेट्रिक टन पेट्रोल सहयोग गरेको चीनले नेपाललाई थप इन्धन अनुदान दिने भएको छ । चीनका उपराष्ट्रपति ली युनचाओले नेपाललाई थप इन्धन सहयोग दिन सकिने बताएका हुन् । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासँग बिहीबार बेइजिङमा भएको भेटवार्तामा उपराष्ट्रपति लीले नेपाललाई थप इन्धन अनुदान दिने बताएका हुन् । चीनले यसअघि पनि एक हजार मेट्रिक टन इन्धन अनुदान सहयोग उपलब्ध गराएको थियो । बेइजिङस्थित सरकारी मुख्यालय ग्रेट हलमा भएको भेटवार्तामा सीमा नाकाहरू व्यवस्थित गर्ने र पारवहन तथा व्यापार सम्झौता अगाडि बढाउन महत्व दिनेबारे छलफल भएको बताइएको छ । चीन–नेपाल कुटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिक उत्सवको अवसरमा चीनको औपचारिक निमन्त्रणमा उपप्रधानमन्त्री थापा चीन भ्रमणमा गएका हुन् । उपराष्ट्रपतिसँगको भेटवार्तामा दशक लामो सम्बन्धको समीक्षा भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य समेत रहेका ली र उपप्रधानमन्त्री थापाबीचको भेटमा द्विपक्षीय सम्बन्ध विस्तारका अन्य विभिन्न पक्षबारे छलफल भएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता होङ लेइले संविधान लागू भएर नयाँ सरकार बनेपछिको पहिलो उच्चस्तरीय भ्रमणलाई दुवै देशले महत्व दिएको बताए । उनले नाकाबन्दीले निम्त्याएको संकट, चीनले गर्न सक्ने सहयोग, भूकम्पपछिको पुनर्निर्माण लगायतका विषयमा वृह्त छलफल हुने जानकारी दिए । विहीबार साँझ पत्रकार सम्मेलन गरी होङले दुवै पक्षबीच द्विपक्षीय सम्बन्ध विकास सम्बन्धी अर्को वर्षको योजना, सीमापार व्यावहारिक सहयोग तथा दुई पक्षीय चासोका अन्य विषयहरूमा आ–आफ्नो विचार आदान प्रदान गरिने उल्लेख गरे । यो भ्रमणले आपसी विश्वास बढाउने, सहयोग विस्तार गर्ने तथा मित्रतालाई अझ गहिरो बनाएर वृहत् सहयोगात्मक साझेदारी विकास गर्ने उनले बताए । उपप्रधानमन्त्री थापा नेतृत्वको नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले शुक्रबार शुक्रबार चीनका विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतले झण्डै तीन महिनादेखि लगाएको नाकाबन्दीले दिल्ली र काठमाडौंबीच सम्बन्ध निकै चिसिएको बेला बेइजिङमा उच्च भेटवार्ता भएको हो । विदेशमन्त्री वाङको निमन्त्रणामा उपप्रधान तथा परराष्ट्रमन्त्री थापा कानुन मन्त्री अग्नि खरेल सहित नौ सदस्यीय टोलीको नेतृत्व गरी छ दिने चीन भ्रमणको क्रममा बिहीबार बेइजिङ पुगेका थिए । टोली साताब्यापी भ्रमणपछि पुस १४ गते स्वदेश फर्किने कार्यक्रम छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies