Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

ओलीको जम्बोे मन्त्रिपरिषदले एमालेभित्रै बबण्डर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धमाधम आफ्ना पक्षका नेताहरुलाई मन्त्री बनाउन थालेपछि एमालेभित्र विवाद चर्किएको छ । लामो समयदेखि गुट उपगुट मौलाउँदै गएको एमालेमा पछिल्लो समयमा भने विवाद कम देखिएको थियो । प्रधानमन्त्री ओलीले पछिल्लो पटक मन्त्री परिषद् विस्तार गरेपछि एमालेमा असुन्तुष्टी बढेको हो । मन्त्रिपरिषद् विस्तारपछि एमालेभित्र मात्र नभई सत्ता साझेदार प्रमुख दल एकीकृत माओवादीसमेत असन्तुष्ट बनेको छ । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले आफूखुशी गर्दै जाने हो भने सरकारको समर्थन गरिरहनुपर्छ भन्ने छैन भनेर सार्वजनिक अभिब्यक्ति नै दिइसकेका छन् । \"Madhvविहीबार राप्रपा नेपालसहितका अन्य साना दलका तर्फबाट मन्त्री नियुक्त गरेका प्रधानमन्त्री ओलीले आफ्ना पार्टीका अन्य ६ जनालाई पनि राज्यमन्त्री बनाएको स्रोतको भनाइ छ । विहीबारको मन्त्रिपरिषद बैठकबाट अनुमोदन गराइएका ती छ जना राज्यमन्त्रीलाई शनिवार सपथ गराउने प्रधानमन्त्री ओलीले तयारी गरेका छन् । उनीहरुलाई पनि विहीबार नै सपथ गराउने तयारी गरेका प्रधानमन्त्री ओलीले आन्तरिक कचिंगलका कारण सपथ रोकेका हुन् । ओलीले राज्यमन्त्री बनाएका ६ जना सबै ओली पक्षधरका रहेका छन् । सबै आफ्ना पक्षधरका नेतालाई मात्रै मन्त्री बनाइएपछि एमाले बरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल असन्तुुष्ट बनेका छन् । नेपालले आफ्नो असन्तुष्टी सार्वजनिक गरिसकेका छैनन् । नेपालले आफ्नो पक्षधरकालाई मन्त्रि नबनाएको भन्दै रुष्ट बनेका छन् भने अर्का बरिष्ठ नेता खनाल मन्त्रिपरिषदलाई भेँडीगोठ बनाएको भन्दै असन्तुष्टी जनाएका छन् । संक्रमणकालमा मन्त्रिपरिषद विस्तारमा संविधानले अवरोध नगर्ने भए पनि ठूलो मन्त्रिपरिषद बनाउनु गलत भएको उनले बताए । ओलीले आफ्नालाई मन्त्री बनाउने र सरकारको समर्थन गर्ने साना दलका सबैलाई मन्त्री बनाउन थालेपछि एमालेभित्रै र सत्ता साझेदार दलहरुमा असन्तुष्टी देखिन थालेको हो । विहीबार चार मन्त्रीले सपथ लिएपछि ३४ सदस्य रहेको मन्त्रिपरिषद शनिवार ६ मन्त्रीले सपथ लिएपछि ४० सदस्य हुनेछ । शनिबार ओलीले एमालेका मञ्जु चौधरी, दीपनारायण साह, बलहबहादुर महत, नरदेवी पुन, दिनेशचन्द्र यादव र दामोदर भण्डारीलाई राज्यमनत्रीको सपथ खुवाउँदैछन् । विहीबार राप्रपाका नेता दीपक बोहराले श्रम तथा रोजगार मन्त्री, समाजवादी जनता पार्टीकाका प्रेमबहादुर सिंहले खानेपानी तथा सरसफाइ, जनमुक्ति पार्टीका शिवलाल थापाले विज्ञान तथा प्रविधि र परिवार दलका एकनाथ ढकालले विनाविभागीय मन्त्रीको सपथ लिएका थिए । नयाँ बनेको \'नेपालको संविधान २०७२\' मा भने २६ सदस्यीय मन्त्रिपरिषद मात्र बनाउन सक्ने उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE