Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

मधेस आन्दोलन र भारतीय नाकाबन्दीले धनकुटामा विकास निर्माण कार्य ठप्प

धनकुटा । करिब चार महिनादेखि जारी भएको मधेस आन्दोलनको असर धनकुटामा निर्माण क्षेत्रमा समेत देखिएको छ । पेट्रोलियम पदार्थ र निर्माण सामग्री अभावका कारण सयौं योजना अलपत्र परेका छन् । जिल्लामा सात महिनायता विकास निर्माणका कार्य ठप्प बनेका छन् । गत वैशाखमा गएको विनाशकारी भूकम्प, वर्षातका तीन महिना सरकारले गरेको गिटी, बालुवा, ढुङ्गा उत्खननमा रोकावट र पछिल्लो समयमा भारतीय अघोषित नाकाबन्दी तथा तराईमा भइरहेको आन्दोलनका कारण पेट्रोलियम पदार्थ र निर्माण सामग्री अभावका कारण विकास निर्माणका कार्य प्राय ठप्प बनेको धनकुटाका स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले बताए । जिल्ला विकास समितिको ३४ वटा ग्रामीण सडक, ६ वटा खानेपानी योजना, ९ वटा साना सिँचाइ, ११ वटा झोलुङ्गे पुल, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको ४० वटा, स्वास्थ्यका २१ वटा योजना सञ्चालन हुन सकेका छैनन् । सडक डिभिजन अन्तर्गत धनकुटा र तेह्रथुम जिल्लामा २५ योजना सञ्चालन हुन सकेका छैनन् । पेट्रोलियम पदार्थ, निर्माण सामग्री र कच्चापदार्थको अभावले काम लगाउन नसकेको सडक डिभिजन कार्यालय प्रमुख ईश्वर रिजालले बताए । अहिले सिमेन्ट, रड, गिटी, ढुङ्गा र बालुवाको सहज आपूर्ति हुन सकेको छैन । बजारमा सामान नपाएपछि चिनजानको आधारमा महंगो मूल्यमा सामान किनेर केही योजनाको काम गरिरहेको निर्माण व्यवसायी कमलदिप तिगेलाले बताए । यस्तै, भारतीय अघोषित नाकाबन्दी र तराईमा जारी आन्दोलनका कारण निर्माण सामाग्री अभाव भएपछि जिल्लामा सञ्चालित शान्तिका लागि विकास र पुनर्निर्माण तथा पुनर्स्थापना कार्यक्रमले चालू आर्थिक वर्षमा पनि पूर्णता नपाउने भएको छ । विगत वर्षमा सरकारले पर्याप्त बजेट निकासा नदिँदा गत पाँच वटा आर्थिक वर्षदेखि अधुरै रहेका निर्माणाधीन ४४ भन्दा बढी साना ठूला क्रमागत योजनाको काम तीन महिनायता प्राय ठप्प बनेको छ । पुनर्निर्माण तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत पूर्वाधार निर्माणका लागि जिल्लामा चालू आर्थिक वर्षको सुरुमै खर्चको अख्तियारी आएको भएपछि गाविस भवन, स्वास्थ्य केन्द्र, मन्दिर, विद्यालय भवन मर्मत र निर्माण शान्ति पार्क, सामुदायिक सूचना केन्द्र तथा सहिद सरोकार स्मृति केन्द्र लगायत दर्जनौं योजनाको कामले गति लिन नसकेको जिल्ला प्राविधिक कार्यालय प्रमुख जिल्ला इन्जिनियर प्रकाश चौधरीले बताए । यसैबीच निर्माण सामग्री अभाव भएपछि ठेक्का सम्झौता सकेर काम गरि रहेका निर्माण कम्पनी तथा उपभोक्ता समितिले लागत पुनः मूल्यांकन गरेर मूल्य वृद्धि अनुसारको रकम थपिदिन माग गरेका छन् । नाकाबन्दीले बजारमा निर्माण सामग्री नपाइने र पाइहालेमा पनि निकै महंगो मूल्य तिर्नु परेको उनीहरूको गुनासो रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE