Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

काठ तस्करको आक्रमणमा परि वन कर्मचारी सहित चारजना घाइते

\"dhanusa_district\"धनुषा । धनुषाको उत्तरी भेगमा पर्ने पुष्पवलपुर गाविसमा काठ तस्करको आक्रमणमा परेर वन कर्मचारीसहित चारजना घाइते भएका छन् । आक्रमणबाट सेक्टर वन कार्यालय पुष्पवलपुरका प्रमुख विष्णु यादव, जलाद साँझेदारी वनका अध्यक्ष श्यामलाल महतो, पोष्टबहादुर गिरी, समिति सदस्य महेन्द्र महतोलगायतका वन कर्मचारी तथा साझेदारी वनका पदाधीकारीहरु घाइते भएको जिल्ला वन कार्यालय धनुषाका जिल्ला वन अधिकृत वीरेन्द्र साहले जानकारी दिए । गएराति धनुषाको उत्तरी वन क्षेत्रको जङ्गलबाट ट्र्याक्टरमा सखुवा काठ तस्करी गरिरहेको सूचनाको आधारमा वन कर्मचारीसहित जलाद साझेदारी वनका पदाधिकारीहरुले अवैध रुपमा ल्याउँदै गरेको काठ नियन्त्रणमा लिएपछि तस्करहरुले हातहतियारसहित वन कर्मचारीमाथि आक्रमण गरेर घाइते बनाएका थिए । घाइतेहरुमध्ये महेन्द्र महतोको अवस्था गम्भीर रहेको छ । तस्करहरुले कर्मचारीहरु सवार ज६प ८४२१, ज७प ७०२७ र ज५प ४७४ नंको मोटरसाइकलसमेत तोडफोड गरेका छन् । यसका साथै पुष्पवलपुरमा रहेको इलाका वन कार्यालयमा समेत तोडफोड गरेको ढल्केवर इलाका प्रहरी कार्यालयले जनाएको छ । आक्रमणपछि तस्करहरुले उक्त काठ पनि लिएर फरार भएका छन् । काठ तस्कर हरिविष्णु खनाल नेतृत्वको समूहले हातहतियारसहित जथाभावी आक्रमण गर्न थालेपछि वन रक्षकले तीन राउन्ड हवाई फायर गरेर ज्यान जोगाएको सेक्टर वन कार्यालय पुष्पवलपुरका प्रमुख विष्णु यादवले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies