Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

दुर्घटनामा मुत्यु हुनेको सङ्ख्या सात पुग्यो

\"Capture-640\"दाङ । तुलसीपुर घोराही सडक खण्डको सौडीकुलामा बुधबार बिहान सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।   बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा थप दुईजना महिलाको मृत्यु भएपछि मृतकको सङ्ख्या सात पुगेको प्रहरीले जनाएको छ । घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ क १९१ नम्बरको स्कुल बस र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ज ३७२ नम्बरको यात्रुबाहक माइक्रो हाइस गाडी एक अर्कामा ठोकिँदा दुर्घटना भएको थियो ।   कोहलपुरमा तुलसीपुर–१ राणागाउँकी किमनी खड्का र सल्यान काभ्रा गाविस–६ निवासी २४ वर्षीया विष्णु विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख कुँवेर कडायतले जानकारी दिP .   यसअघि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा थप पाँचजनाको मृत्यु भएको थियो । उपक्षेत्रीय अस्पताल घोराही कियाका चालक, मानपुर–७ वनकट्टि निवासी २० वर्षे धनबहादुर थापा (सुमन), त्रिपुर– १ नारायणपुर निवासी ३६ वर्षीया सवनम अन्सारी, सल्यान काभ्रा गाविस–६ निवासी साढे दुई वर्षे बालक हेमन्त विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी जानकारी दिएको छ ।   उपक्षेत्रीय अस्पतालमा मृत्यु भएकामध्य दुईजना महिलाको अझै सनाखत हुन सकेको छैन । दुर्घटनामा २९ यात्रु घाइते भएका थिए । घाइते मध्य २३ जनालाई उपक्षेत्रीय अस्पताल राप्तीले थप उपचारका लागि बाहिरी जिल्लामा पठाएको छ । त्यसैगरी बाक्लो तुवाँलो र ओभर स्पिटका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending