Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

वीरगन्जमा फेरि झडप, भारतीयबाट पेट्रोल बम प्रहार !

वीरगन्ज ।  रक्सौल–वीरगन्ज नाका ठप्प पारेर मितेरी पुलमा धर्ना बसेका नेपालका आन्दोलनकारी र भारतीय व्यपारीहरुबीच बुधबार फेरि झडप भएको छ । झडपका क्रममा भारतीय व्यपारी र तिनका भरियाहरुले आन्दोलनकारी माथि करिब पाँचवटा पेट्रोल बम प्रहार गरेका छन् । \"Birgunj_Raksaul भारतीयहरुले हानेको ढुंगाले लागेर राष्ट्रिय मधेस समाजवादी पार्टीका युवा नेता चुन्नु मिश्रा, नेपाल सदभावना पार्टी पर्साका सचिव कृष्णा पटेल र सरफुदिन अन्सारी घाइते भएका हुन् भने तीनजना आन्दोलनकारी घाइते भएका छन् । घाइतेमध्ये मिश्राको मुख र नाक फुटेको छ । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । अरु दुईजना उपचारपछि घर फर्किएका छन् । बिहान साढे नौ बजेतिर रक्सौलबाट साइकल र पैदल सामानको पोका लिएर धर्नास्थल हुँदै वीरगन्ज प्रवेश गरिरहेका २०/२५ जना भारतीय व्यपारीलाई धर्नामा बसेकाले रोक्न खोजेपछि विवाद भइ झडप भएको हो । मितेरी पुलमा आन्दोलनकारीले भारतीयहरुले रक्सौलबाट वीरगन्जतर्फ ल्याउँदै गरेको अबस्थामा संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको नेतृत्वमा रहेका आन्दोलनकारीले भारतीय व्यपारीहरुको केही पोका सामान नियन्त्रणमा लिएर जलाइ दिएका छन् । रक्सौलबाट सामान ओसार्ने भारतीय व्यपारीहरुले हातपात गर्न खोजेपछि आन्दोलनकारीले प्रतिवाद गर्दा झडप भएको राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंहले बताए । ‘रक्सौलबाट तस्करहरु साइकलमा सामान लिएर आउदै थिए’, उनले भने, ‘हामीले सामान नओसार्न आग्रह गर्दै्थियौँ, अचानक वीरबहादुर भन्ने एक तस्करले हाम्रा साथीमाथि हातपात गरेपछि झडप शुरु भएको थियो ।’\"Birgunj_Raksaul संघीय समाजवादी फोरम नेपालका नेता बच्चा यादवले भने मोबाइलको रिचार्ज कार्ड खरिद गर्न शंकराचार्य प्रवेशद्वार नजिकै गएका बेला आफूलाई भारतीय तस्करहरुले घेरा हालेर हातपात गर्न थालेपछि झडप भएको बताए । रक्सौल पुलिस थानाबाट आधा दर्जनको संख्यामा भारतीय प्रहरीहरु झडपस्थलमा आएलगत्तै भारतीयहरु पछाडि हटेका थिए । त्यसपछि मितेरी पुलको स्थिति साम्य भएको थियो । भारतीयहरु फर्किएपछि आन्दोलनकारीहरु पनि मितेरी पुलमा फर्किएका थिए । सीमा नाकामा झडप भइरहँदा नेपाली सुरक्षाकर्मीहरु भने रमिते भएर बसेका थिए । शंकराचार्य प्रवेशद्वार अगाडि करिब दुइ दर्जनको संख्यामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले झडपमा हस्तक्षेप गरेनन् । सीमानाकामा भारतीयसँग भएको झडप साम्य भएलगत्तै बुधबार दिउँसो मितेरी पुलमै आन्दोलनकारी र टयाम्पो चालकहरुबीच पनि झडप भएको छ । धर्नास्थलनजिकै यात्रु ओसारी रहेका टयाम्पोलाई लखेटन गएका एक जना आन्दोलनकारीलाइ चालकहरुले कुटेपछि झडप भएको हो । टयाम्पु चालकहरुले आन्दोलनकारी विक्रम साह तेलीलाइ कुटे लगत्तै आक्रोशीत मधेसी दलका कार्यकर्ताहरुले मितेरी पुल नजिकै पार्किङ गरेर राखिएका २८ वटा टयाम्पुमा तोडफोड पनि गरेका छन् । हातमा लठठी भाठा लिएर पुगेका आन्दोलनकारीहरुले ट्याम्पो तोडफोड गर्नुका साथै आधा दर्जन टयाम्पो सडकमै पल्टाइदिएका छन् । आन्दोलनकारीहरुको तोडफोडबाट सबै टयाम्पोको शीशा र हेडलाइट फुटेको छ । असोज ७ गते देखि मितेरी पुलमा धर्नामा बसेर नाका ठप्प पारेका आन्दोलनकारी माथि भारतीयहरुले पटक पटक आक्रमण गर्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending