Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

ओलीको निभ्न लागेको जिन्दगीको उपहार

निहारिका ! स्वतन्त्रतालाई भाकेपछि भाक्न बाँकी कुनै भाकल हुँदैन देशलाई ढोगेपछि ढोग्न बाँकी कुनै देवल हुँदैन एउटा युद्ध खुदै युद्धका विरुद्ध लडेपछि लड्न बाँकी कुनै युद्ध हुँदैन ।अज्ञात मान्छेहरु भन्ने गर्थे, गर्छन्– घिउ, सख्खरले धुँदैमा नीम गुलियो हुँदैन । वास्तवमा वर्तमान सरकार जसले एउटा कालखण्ड घरेलु सामन्तहरु र विस्तारवादको गठजोडले लादेको नाकाबन्दीविरुद्ध सतीसाल उभियो र त चुलो निभेका, गाडी थन्क्याएका, बुङबुङ्ती उडेको धुलोमा हत्केलाले नाकको प्वाल थुनेका, भोकले टाँक्सिएका, औषधिविना छट्पटिएका, इलम चिप्लिएका साराका सारा देशभक्त नेपालीहरुले सलाम गरे । यसो मोहोर, रुपियाँ भाउ बढ्दा सडक जुरुक्क पार्ने युवा विद्यार्थीहरु चुपचाप बसे । के धनी, के गरीब, के शिक्षक, के मजदुर, के व्यापारी, के वकिल, के पत्रकार–तमाम राष्ट्रभक्तले चुइँक्क आवाज ननिकाल्नुको पछाडिको कारण किमार्थ कम तड्पाइ हुँदै होइन, बरु स्वाधीन राष्ट्रप्रतिको नमन, उत्तरदायित्व बोध र एकताको चिराग हो, न कि ओलीको अन्ध समर्थन । परन्तु सरकारलाई लाग्यो नेपालीहरु यतिसम्म निरीह बने कि सरकारको विरोध गर्ने सामथ्र्य समेत राख्दैनन् या सरकारका पूर्ण समर्थक हुन् सारा नेपाली भन्ने भ्रान्ति पनि हुन सक्छ । कुरा किमार्थ यस्तो होइन । मौसमको पारो जतिसुकै घटे पनि विरोधको पारो अब ह्वात्तै चढ्नेवाला छ ।
उपप्रधामन्त्रीले सङ्केत गरेअनुसार ओली अब दक्षिणी धामको तीर्थाटनका निम्ति पूरै तयारीमा छन् । यमुनाको गङ्गाजल सेंचन गरेर पवित्र हुनका निम्ति खुट्टो उचालिसकेका छन् ।
[caption id=\"attachment_44721\" align=\"alignleft\" width=\"150\"]\"लेखक\" लेखक[/caption] उपप्रधामन्त्रीले सङ्केत गरेअनुसार ओली अब दक्षिणी धामको तीर्थाटनका निम्ति पूरै तयारीमा छन् । यमुनाको गङ्गाजल सेंचन गरेर पवित्र हुनका निम्ति खुट्टो उचालिसकेका छन् । चीनसँग पेट्रोलियम पदार्थ व्यापारको सम्झौतामा ढिलाढाला हुनुको पछाडि कुनै संयोग नभएर दक्षिणी मोहनी हो भन्ने कुरा यतिबेलासम्म छर्लङ्ग भइसकेको छ । उपप्रधानमन्त्रीले समेत चीनबाट व्यापार, पारवहनबारे कुनै ठोस धारणासहित नेपाल फर्किएनन् । आखिर जतिसुकै हेपे पनि, थिचोमिचो गरे पनि, उपहास गरे पनि, परिहासको पात्र बनाए पनि दक्षिण दाहिना हुँदा सत्ता र शक्ति एवं अकुत सम्पत्ति प्राप्त हुने हुनाले त्यतैतिर ‘त्वम् शरणम्’ गर्ने प्रवृत्तिले यसपटक समेत निरन्तरता पायो, आगामी पुस्तालाई पराधीनताको गर्तमा धकेल्दै । दक्षिणकै कारण त्यत्रो बलिदानीपूर्ण समर हाँकेका प्रचण्ड र बाबुराम तल्लो दर्जाको गालीगलौजमा उत्रिएका छन् । एउटाले अर्कोलाई भ्रष्टाचारी करार गर्न न्वारानदेखिको बल लगाएका छन् भने अर्कोले मित्रघाती सावित गर्न लगौंटी कसिरहेका छन् । इतिहासको यो मोडमा आएर किन बाबुराम बिच्किए वा एस्. जयसङ्करको आदेश पेरिसडाँडाले तामेल नगर्दा सिङ्गो राष्ट्रले कसरी गोता खायो भन्ने विषयमा आगामी दिनमा तीव्र बहस हुँदै जाला । आफैंले अल्पविराम, अर्धविराम र पूर्णविराम साथै शुद्धाशुद्धिसमेत हेरेको संविधान सौताको सन्तानझैं अपनत्व ग्रहण गर्न बाबुरामलाई कुन नेपथ्यको सङ्केतले अवरोध ग¥यो, भावी दिनमा यसबारेको चर्चा–परिचर्चा पनि मनग्गे हुनेवाला नै छ । बिप्पा सम्झौता र भारतीय एयरमार्सलको प्रस्तावदेखि ‘देशलाई जुवा खेलेँ’ भनेका उनका कथनसम्म देशभक्त नेपालीका कानमा गुञ्जिरहने छन् युगौंयुग चाहे जुनसुकै भावमा किन नहोस् ।
यहाँका नेतागणले राष्ट्रको जतिसुकै चीरहरण गर्ने खोजे पनि लाज ढाक्ने गुन्यु बन्न तयार छन् सर्वसाधारण जनता र त यति साह्रो महङ्गी, कालो बजारी र अभावमा पनि मुख बाएका छैनन् ।
मधेसी आन्दोलनको अन्तर्य र मकसदका विषयमा पनि काफी कुरा आइसकेका छन् र यसको ग्रयाण्ड् डिजाइनको पर्दा पनि लगभग खुलिसकेको छ । को कसको लहैलहैमा लाग्यो र राष्ट्रलाई रिट्ठे भुँमरीमा जाक्यो भन्ने कुराको हिसाबकिताव ऐनमौकामा हुने नै छ चाहे त्यो पछ्र्याैट गर्नै नसक्ने खालको नै किन नहोस् । भँडार खनेर आँगन पुर्नेहरुको सक्कली हैसियत सालाखाला सतहमा आइसकेको छ । यसमा आजसम्म सत्ताको सारथि बनेका कोही पनि चोखा भेटिने छैनन् । यो देशका जनता लडाएर किनारामा बसी थपडी बजाउने कोही कसैलाई पनि छोड्ने छैन भावी पुस्ताले । बात मार्ने स्वर नभएका किच्चकहरु राग ढाल्ने सुर कस्दै छन् र फरक चम्कोमा भात बसाल्दै छन् । थाहा छैन, पारिको इशारामा पाक्ने भात भर्सेला, नभर्सेला । यहाँका नेतागणले राष्ट्रको जतिसुकै चीरहरण गर्ने खोजे पनि लाज ढाक्ने गुन्यु बन्न तयार छन् सर्वसाधारण जनता र त यति साह्रो महङ्गी, कालो बजारी र अभावमा पनि मुख बाएका छैनन् । अन्यथा उत्तरतिरको तेल आयातमा भाँजो हाल्ने देशद्रोही जमातलाई भूतले पाएको मधौरु बनाइदिने थिए । मरी जानु न गरी खानु बनेर मुखमा ठेडी कोच्नु पर्दैनथ्यो उनीहरुले ।
उनी जसरी मोदीलाई मनपेट दिँदैछन् र आफ्नो सत्तालाई लम्ब्याउने खेलमा लिप्त हुँदैछन् यसले उनलाई पुनः एक पटक महले छोपेको विष सावित गर्नेछ ।
हो, ओलीले यो भुइँमान्छेको सदाशयतालाई किमार्थ नसम्झियू्न् उनीहरुको कमजोरी । अहिले भित्रभित्र जस्तो खिचडी पाक्दैछ त्यसले उनले हालको कालखण्डमा आर्जित मर्यादा पुनः क्षीण हुनेछ र मान्छेले उही पञ्चेश्वर सौदा गर्ने ओलीलाई दिलदिमागमा राख्ने छन् । उनी जसरी मोदीलाई मनपेट दिँदैछन् र आफ्नो सत्तालाई लम्ब्याउने खेलमा लिप्त हुँदैछन् यसले उनलाई पुनः एक पटक महले छोपेको विष सावित गर्नेछ । जसरी बुद्धिजीवीहरुले उनलाई धापको किलो सम्झन्थे उनी त्यही बुझाइलाई सिद्ध गर्ने दिशामा यात्रारत छन् यतिबेला । यदि यो पङ्क्तिकारले उनलाई पानी खेदो गरेको अर्थ लाग्दैन भने उसले एउटा नागरिकका रुपमा भन्नैपर्छ– डङ्का पिटाएर जोगिँदैन राष्ट्रियता र स्वाधीनता । त्यसका निम्ति केही न केही उनले पनि त्याग गर्नैपर्छ जसरी जनताले गरे यतिन्जेल । अन्ततोगत्वा अरस्तुले भनेझैं ‘म त्यसलाई बहादुर मान्छु जसले आपैmँलाई जित्नसक्छ तर त्यसलाई होइन जसले शत्रुलाई जित्दछ’ भन्नै पर्दछ तमाम देशभक्त नागरिकहरुले । उनले  आफूलाई त के शत्रुलाई जित्ने पनि छनक देखाएका छैनन् । के यही हो त उनको निभ्न लागेको जिन्दगीको उपहार नेपाली जनतालाई ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies