Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

मलेसियाबाट घर फर्किँदै गरेकी महिला बेपत्ता

\"baideshik-rojgar-mahila\"धनकुटा । तीन वर्ष मलेसियामा रोजगारी गरेर घर फर्कदै गरेकी एक महिला बेपत्ता भएकी छिन् । धनकुटा जिल्लाको आँखिसल्ला गाविस– २ स्थायी बसोबास भएकी निर्मला श्रेष्ठ मगर काठमाडौबाट इटहरी आउने क्रममा बेपत्ता भएकी हुन् । निर्मला मलेसियाबाट गत पुस १६ गते काठमाडौ आएकी थिइन् । काठमाडौंमा काकाको घरमा ४ दिन बसेपछि गत पुस २० गते काकडभिट्टा जाने मेट्रो डिलक्समा चढेर घर फर्कदै गर्दा निर्मला इटहरी आइनपुगी बेपत्ता भएको उनका श्रीमान टेकबहादुर मगरले बताए । श्रीमतीको सल्लाहअनुसार पुस २१ गते बिहान श्रीमती लिन इटहरी पुगेका टेकबहादुरले इटहरी नजिकैबाट श्रीमती सम्पर्क बिहिन भएको बताए । श्रीमती बेपत्ता हुनेबित्तिकै इटहरी प्रहरी कार्यालयमा उजुरी गरेको तर, खोजी गर्न प्रहरीले सहयोग नगरेको समेत उनले बताए । अहिले पनि श्रीमतीको खोजीमा विभिन्न गाउँ घुमिरहेको टेकबहादुरले बताए । जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी गर्न आएका टेकबहादुरले श्रीमतीसँग कुनै मनमुटाव नभएको बताए । “मलेसियाबाट नियमित पैसा पठाइरहेकी थिइन्, पछिल्लो तीन महिनाको पैसा मात्रै पठाउन बाँकी थियो, के कारणले श्रीमती बेपत्ता भइन् पत्तो लगाउन सकेको छैन,“ टेकबहादुरले बताए । उनको पाँच वर्षीय एक छोरा रहेका छन् । टेकबहादुरको उजुरीपछि बेपत्ता महिलाको खोजी तीब्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टेकबहादुरकी श्रीमतीको खोजीका लागि जिल्लास्थित मातहतका प्रहरी चौकी र अन्य जिल्लाका प्रहरी कार्यालयमा जानकारी गराइ खोजी तीव्र पारिएको प्रहरी निरीक्षक डम्बर खड्काले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy