पौष ३० गते, २०७२ बिहिवार 14th January, 2016 Thu१५:१०:४९ मा प्रकाशित
वीरगन्ज । रक्सौल नाकामा लामो समयदेखि रोकिएका २५५ बटा ग्यासका बुलेट ‘रि–रुट’ गरी नेपाल भित्र्याइने भएको छ ।
भारतबाट ग्यास लिएर वीरगन्ज नाकामा आइपुगेका ग्यास बुलेट मधेसकेन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्द र नाकामा जामका कारण गन्तव्यसम्म पुग्न नपाएपछि भारतीय सहर रक्सौलमै थन्किएका थिए । रक्सौल बजारदेखि करिब पाँच किलोमिटर टाढाको खुल्ला क्षेत्रमा अलपत्र अवस्थामा रहेका २५५ वटा ग्यास बुलेटलाई रि–रुट गरी सुनौली र जोगवनी नाकाबाट नेपाल भित्र्याउने तयारी भइरहेको ग्यास बोटलिङ गर्ने उद्योगका सञ्चालकहरुले बताएका छन् ।
सीमा अवरोध हुनासाथ रोकिएका ती बुलेट भन्सार जाँचपास भएर रक्सौल र वीरगन्ज भन्सार कार्यालयमा दस्तुर बुझाइसकेका कारण अर्को नाकाबाट नेपाल भित्र्याउन सकिएको थिएन । अहिले कागजात दाखिला फुकुवा भएपछि नयाँ रुट तोकी अन्य नाकाबाट भित्र्याउन बाटो खुलेको हो ।
रक्सौलमा भन्सार तिरेको कागज अन्य भारतीय भन्सार कार्यालयलाई देखाएर बुलेट नेपाल ल्याउने प्रयास सुरु भएको छ । भारतीय भन्सार अधिकारीले एउटा भन्सारले असुलिसकेको दस्तुर देखाएर अर्को नाकाबाट बुलेट लैजान दिन तयार भएकाले रक्सौलमा रोकिएका ग्यास बुलेट रि–रुट गरी नेपाल भित्र्याउन लागिएको नेपाल आलय निगम क्षेत्रीय कार्यालय वीरगन्जले जनाएको छ ।
पचास वटा ग्यास बुलेट रि–रुटको अनुमति पाएर सुनौली र जोगबनी नाकातर्फ लागेका छन् भने बाँकी २०५ ग्यास बुलेटको रि–रुटका लागि आवश्यक कागजात मिलाउन सुरु भइसकेको र केहि दिनभित्रमै ती ग्यास बुलेट पनि नेपाल भित्रर्ने भएका छन् । कागजात दाखिला नगरेका बुलेटलाई इन्डियन आयल कर्पोरेसनले अर्को नाकाबाट पठाउने तयारी गरेको छ । बाँकी बुलेटको हकमा रि–रुट हुने जानकारी आएको मनोज ग्यास उद्योगका सञ्चालक मनोज दासले बताए ।
भन्सार दाखिला र रुट निर्धारणले झन्डै ३०० बुलेट सीमावर्ती भारतीय क्षेत्रमा नै महिनौँसम्म थन्किएपछि नेपालका लागि ग्यास बोकेर आउने बुलेट आधाभन्दा कममा सीमित भएको थियो । इन्डियन आयल कर्पोरेसनको बरौनी, हल्दिया र मथुरास्थित रिफाइनरीका डिपोबाट नेपालका लागि ग्यास आयात हुने गरेको छ । भारतको पश्चिम बङ्गालको हल्दिया, बिहारको बरौनी र उत्तरप्रदेशको मथुरावाट आयात गरिएका ग्यासका कागजात ती डिपोमा रि–रुटका लागि फिर्ता गरिएको रक्सौल स्थित भारतीय भन्सारका अधिकारीको भनाइ छ । रक्सौलमा थन्किएका करिब २५५ बुलेटमध्ये आधा बरौनी र बाँकी हल्दिया र मथुराबाट आएका बताईएको छ ।
जारी ग्यास अभाब अझै सहज भएन
नेपालको संबिधान घोषणा सँगै मधेसकेन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्द तथा भारतिय नाकाबन्दीका कारण सुरु भएको अभाब अझै सहज हुन सकेको छैन ।
करिब ४ महिना बितिसक्दा पनि आपुर्ति सहज नहुदा अभाब जारी रहेको हो । अहिले बिरगञ्जको रक्सौल नाका बाहेक सबै नाकाबाट सहज रुपमा आपुर्ति सहज भएतापनि जारी ईन्धन तथा पेट्रोलिएमा पदार्थको चरम अभाब सहज नभएको स्थानीय बताउछन् ।
सरकारले आधा सिलिन्डर ग्यास उपलब्ध गराउने गरेतापनि सहज रुपमा नपाईने गरेको गुनासो गरेका छन् । अभाबको बेला कालोजारी मौलाएको भन्दै सरकारले अनुगमन समिति गठन गरेका छ तर कालोबजारी नियन्त्रण गर्न सकेको छैन । अहिले आधा सिलिन्डर ग्यास कालाजारीले गर्दा तीनहजार देखि छ पाँच हजार सम्म किनबेच भएको भन्दै उपभोत्ताले गुनासो गर्ने गरेका छन् ।
सीमावर्ती क्षेत्रमा रोकिएका सबै ग्यासका बुलेट ल्याएर आधा सिलिन्डर ग्यास मात्र उपलब्ध गराउने हो भने झन्डै पाँच लाख परिवारको चुल्होमा खाना पाक्ने निगमको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: