पौष ३० गते, २०७२ बिहिवार 14th January, 2016 Thu१५:५३:५९ मा प्रकाशित
काठमाडौं । विभिन्न खेलहरु जस्तै पछिल्लो समय नेपालमा फुटसलप्रति पनि आकर्षण बढ्दै गएको छ ।
राजधानीका सार्वजनिक स्थलहरुमा पनि फुटसल कोर्ट धमाधम बन्न बनिरहेका छन् । बालबालिकाहरु खेल्ने फनपार्कदेखि यूएन पार्कसम्म फुटसल कोर्टहरु बनाइएका छन् ।
फुटसल खेल्ने लहर चल्दै गएपछि काठमाडौंका विभिन्न टोलमा पनि हिजोआज फुटसल कोर्टहरु बन्न थालेका छन् । फुटसल नेपालमा मात्र होइन, विश्वमै खेलिने खेल हो ।
काठमाडौं उपत्यकामा झण्डै २ सय वटा फुटसल कोर्टहरु छन् । तर फुटसलप्रतिको आकर्षण बढ्दै जाँदा प्रहरीले भने काठमाडौं उपत्यकामा फुटसल कोर्टहरु सञ्चालनमा प्रतिबन्ध लगाएको छ । राजधानीमा ब्यवसायीक रुपमा सञ्चालनमा रहेका ५१ वटा फुटसल बन्द गरिएको प्रहरीले जनाएको छ । फुटसल कोर्टहरु लागूऔषध प्रयोगकर्ताहरुको अखडा बन्दै गएको भन्दै प्रहरीले काठमाडौं उपत्याकामा फुटसल कोर्ट सञ्चालनमा प्रतिबन्ध लगाएको छ ।
अधिकांश अभिभावकहरुको उजुरी आएपछि फुटसल कोर्ट प्रतिबन्ध गर्नुपरेको प्रहरीको तर्क छ । फुटसल कोर्टहरु लागूऔषध प्रयोगकर्ताहरुको अखडा बनेको निश्कर्ष निकाल्दै बन्द गरिनु सकारात्मक पक्ष होला । तर पछिल्लो समय सहर बजारका युवाहरु लागूऔषधको लतमा विग्रँदै गएका छन् ।
फुटसल कोर्ट लागूऔषध प्रयोगकर्ताहरुको अखडा बन्दै गएको प्रहरीले निश्कर्ष निकालेजस्तै राजधानीका अधिकांश स्कुल कलेजहरु पनि लागूऔषध प्रयोगकर्ताहरुको अखडा बन्दै गएको छ । लागूऔषध प्रयोग गर्ने युवाहरु बढ्दै गएको सन्दर्भमा यसलाई रोक्ने पहल स्वभाविक भए पनि अखडा बनेको निश्कर्षमा स्कुल कलेज पनि बन्द गर्ने बन्द गर्ने भन्ने सवाल उचित नहुने एक फुटसल सञ्चालक बताउँछन् ।
फुटसल एउटा खेल हो, जुन खेल खेल्न कुनै पनि देशमा प्रतिबन्ध छैन । तर राजधानीमै अवैध रुपमा जुवाहरु सञ्चालन हुने गरेका छन् भने बैध ढंगले चलेका राजधानीका क्यासिनोहरुमा करोडौं रुपैयाँ जुवा खेल खेलाइन्छ । स्वास्थ्य र रमाइलोका लागि खेलिने यो खेलमा नियमन नहुँदा विकृति बढेको प्रहरीको भनाइ छ । जुनसुकै क्षेत्रमा पनि विकृति बढ्दै गएमा त्यसको प्रभावकारी नियमन गरिनु आवश्यक छ ।
फुटसल खेल सन् १९३० मा ब्राजिलबाट औपचारिकरुपमा शुरु भएको हो । इन्डोर मैदानमा खेलिने फुटसल नेपालमा आएको धेरै भएको छैन । चार वर्षअघिदेखि मात्रै नेपालमा फुटसल खेल्न थालिएको हो । बालबालिकादेखि सबै उमेरकाले खेल्न सक्ने फुटसल लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार न्यूनतम २५/१६ मिटर र अधिकतम ४२÷२५ मिटरको मैदान चाहिन्छ । फुटसल खेलमा ६/६ जना खेलाडीले प्रतिष्पर्धा गर्ने नियम छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: