Ntc summer Offer
Khabar Dabali २४ पुष २०८१ बुधबार | 8th January, 2025 Wed
Investment bank

कक्षा ११ को नतिजा सार्वजनिक, ४९ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर । उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले बिहीबार कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा ४९ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।\"HSEB\" परीक्षामा नियमित तर्फ २ लाख ४३ हजार ७ सय ३१ जना परीक्षार्थी रहेकोमा १ लाख १९ हजार ९ सय १६ जना परीक्षार्थी उत्तीर्ण भएको परिषद्का उपाध्यक्ष डा. चैतन्य शर्माले जानकारी दिनुभयो । परीक्षार्थी मध्ये ४ जनाको परीक्षा स्थगित गरिएको छ भने ६१ जनाको परीक्षाफल रद्ध गरिएको छ । आंशिक तर्फ भने १ लाख २६ हजार ९ सय ३० जना परीक्षार्थी सहभागि भएकोमा ४३ हजार ९८३ अर्थात ३४ दशमलव ६५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको उहाँले जानकारी दिनुभयो । परीक्षार्थी मध्ये ५ जनाको परीक्षा स्थगित गरिएको छ भने ३५ जनाको परीक्षाफल रद्ध गरिएको छ । गतवर्ष भने ४७ दशमलव २७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकोमा यसवर्ष उत्तीर्ण प्रतिशत बढेको शर्माले जानकारी दिनुभयो । परीक्षा भएको ६ महिना पछि बल्ल कक्षा ११ को नतिजा सार्वजनिक गरेको हो । परीक्षा भएको ९० दिन भित्र नतिजा सार्वजनिक गर्नु पर्ने नियम भएपनि ६ महिना ढिलो नतिजा सार्वजनिक भएको छ । कक्षा ११ को परीक्षा गत असार १ गतेदेखि भएको थियो । भूकम्पका कारण रोकिएको सात जिल्लाको परीक्षा भने असार २४ गतेदेखि भएको थियो । ईन्टरनेट मार्फत नतिजा प्राप्त गर्न यँहा क्लिक गर्नुहोस् । एसएमएस व्यवस्थाबाट पनि थाहा पाउन सक्नेछन् । यसका लागि अंग्रेजी अक्षरमा एचएसइबी (HSEB) लेखि खाली ठाउँ छाडेर आफ्नो सिम्बोल नम्बर लेखि ५००१ वा ५५६६ मा एसएस गनुपर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy