Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

आफ्नै संविधान जारी गर्दा समस्या झेल्नुपर्छ भन्ने लागेनः प्रचण्ड

कैलाली । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो संविधान जारी गर्दा समस्या झेल्नुपर्छ भन्ने विश्वले नै कल्पना नगरेको बताएका छन् । कैलालीको धनगढीमा सोमबार विहान प्रमुख जिल्ला अधिकारीसहितका कर्मचारीहरुसँगको अन्तरक्रियामा प्रचण्डले आफ्नै संविधान जारी गर्दा यस्तो समस्या होला भन्ने कल्पना नै नगरको बताए । \"prachanda‘हामीले मात्र होइन, विश्वलेसमेत कल्पना गरेको थिएन,’ प्रचण्डले भने, ‘आफैंले आफ्नो संविधान निर्माण गर्दा यस्तो समस्याको सामना गर्नुपर्छ भनेर ।’ एकताबद्ध भएर लड्ने समय एमाओवादी अध्यक्ष प्रचण्डले यो बेला देशका सबै शक्तिहरु एकताबद्ध भएर लड्ने बेला भएको बताए । उनले देशमा आइपरेका अप्ठ्यारासँग जुध्ने र एकतावद्ध भएर देश निर्माण गर्ने समय भएको उल्लेख गरे । प्रचण्डले अप्ठ्यारो अवस्थासँगै सकारात्मक कुराहरु पनि आउने बताए । उनले थारु आन्दोलन, मधेस आन्दोलन लगायतका विषयहरु देशका आन्तरिक विषय भएकाले यसलाई आन्तरिक ढंगले छलफल र वार्ताद्वारा हल गर्ने बताए । ‘नकारात्मक परिस्थितिलाई सकारात्मक परिणाम निकाल्ने हिसाबले हामीले सामना गर्ने सोचका साथ अगाडि बढ्नु पर्छ,’ उनले भने, ‘आन्दोलनरत मधेशवादी मोर्चासँग छलफल भईरहेको छ, समझदारीको नजिक पुग्दैछौं र भोलिसम्म एउटा निश्कर्षमा पुगिन्छ भन्ने आशा राखेका छौं ।’ भारतसँग पनि कुटनीतिक वार्ता एमाओवादी अध्यक्ष प्रचण्डले आफूहरुले आन्दोलनरत मधेसी मोर्चासँग मात्र नभइ भारतसँग पनि वार्ता गरिरहेको बताए । मधेसी मोर्चासँग वार्ता र छलफल जारी रहेको र सरकारको तर्फबाट भारतसँग पनि कुटनैतिक वार्ता भइरहेको उनले बताए । संविधानको घोषणा पछि देश विकास तर्फ जाने सोच राखेको तर आफूहरुले सोचेजस्तो नभएको उनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies