Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

यी हुन् नेपाली कम्युनिष्ट आन्दोलनका चुनौतिहरु

बिसौं शताब्दीको उत्तरार्धमा सोभियत संघ लगायत पूर्वी यूरोपका समाजबादी राष्ट्रहरुमा एकपछि अर्कोगरी कम्यूनिष्ट सत्ता ढलिरहँदा नेपालमा भने कम्युनिष्टहरुले चीलले आकाशमा उचाई मारेझैं फड्को मारिरहेका थिए। सोही समयमा एकातिर नेपालकै इतिहासमा पहिलो पटक मनमोहन अधिकारीको नेतृत्वमा कम्युनिष्ट सरकारको गठन भएको थियो भने अर्कोतर्फ प्रचण्डको नेतृत्वमा संसारलाई हल्लाउनेगरी दीर्घकालिन जनयुद्धको घोषणा भएको थियो। माओवादीको १० बर्षे जनयुद्ध र माओवादीसहितका  कम्युनिष्ट पार्टी तथा जनतान्त्रिक शक्तिहरुबाट भएको आन्दोलनहरुबाट नेपालमा पूँजीवादीरजनवादी गणतन्त्रको स्थापना हुन पुग्यो । [caption id=\"attachment_52244\" align=\"alignleft\" width=\"150\"]\"मथुरा मथुरा ढकाल[/caption] धर्म निरपेक्ष राज्य, संघीयता र समावेशीतासहितको मौलिक ढंगको लोकतन्त्रको स्थापनाले ६० बर्षदेखिको नेपाली कम्युनिष्टहरुको नयाँ जनवादी क्रान्तिको कार्यभार एक हदसम्म पुरा हुन पुग्यो । वि.सं. २००६ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना हुँदा लिएको मुख्य लक्ष्य नयाँ जनवादी क्रान्तिको लक्ष्य जस्ताको तस्तै पूरा नभए पनि नेपालमा मौलिक ढंगले पूँजिवादी क्रान्ति सम्पन्न गर्नमा नेपालका कम्युनिष्ट पार्टीहरुको महत्वपूर्ण योगदान रह्यो । बितेको झण्डै ८ वर्षमा नेपालमा बनेका ७ वटा सरकारमध्ये ५ वटा सरकार कम्युनिष्टहरुकै नेतृत्वमा निर्माण भएका छन् भने गएको संविधानसभाको निर्वाचनमा ४०५ भन्दा बढी मत ल्याउन सफल भएका थिए र पछिल्लो चरणमा आउदा सत्ताका प्रमुख अंगहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख कम्युनिष्टहरु नै बन्न सफल भएका छन् । नेपालको कम्युनिष्ट आन्दोलनका लागि यी महान उपलब्धिहरु हुन् । यति हुँदाहुँदै पनि नेपालका कम्युनिष्टहरुका लागि आगामी दिनहरु त्यति सजिला छैनन्, निकै चुनौतिपूर्ण र संकटपूर्ण छन् । नेपालमा पूँजीवादीरजनवादी क्रान्ति मौलिकरुपमा सम्पन्न भएको र आगामी कार्यदिशा समाजबादी हुने सन्दर्भमा नेपाली कम्युनिष्टहरु  वास्तबमै यो कार्यभारलाई सम्पन्न गर्ने अवस्थामा छैनन्, किनभने यो संकटको अवस्थामा छ र यसका शक्तिहरु बिखण्डित अवस्थामा छन् । अस्पष्ट कार्यदिशा, बिखण्डित कम्युनिष्ट आन्दोलन, पूँजीवाद बिरूद्ध वैकल्पिक योजनाको अभाव, कम्युनिष्ट नेतृत्वप्रति विश्वसनियताको संकट, वामपन्थी पार्टीको दक्षिण तर्फको संक्रमण आदिका कारण नेपालको कम्युनिष्ट आन्दोलन संभावित संकटबाट गुज्रिनु पर्ने देखिन्छ। अस्पष्ट कार्यदिशा नेपालका कम्युनिष्टहरुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिबेशको ठोस स्थितिको ठोस बिश्लेषण गर्ने क्षमताको अभाव छ। वर्तमान विश्व परिबेश र मुलुकको बस्तुगत अवस्थाको बिश्लेषण गर्न नसक्दा नेपालको कम्युनिष्ट आन्दोलनमा कहिले बायाँ त कहिले दायाँ भड्कावको प्रभाव देखापर्दै आएको छ। कम्युनिष्ट आन्दोलनका मूख्य घटकहरु एमाओवादी र एमालेहरुले वर्तमानमा नेपालमा भएका परिवर्तनहरुलाई महान उपलब्धि मानेका छन् र नेपालमा मौलिक ढंगले पूँजीवादीरजनवादी क्रान्ति सम्पन्न भएको र नेपाली समाज पूँजीवादी समाजमा प्रवेश गरेको निष्कर्ष निकालेका छन् भने केहि कट्टरपन्थी कम्युनिष्टहरु भने नेपाली समाज आधारभूतरुपले अर्धसामन्ती र अर्धऔपनिबेशिक अवस्थामा रहेको र बि.सं.२००७ देखि हालसम्म नेपाली समाजमा आधारभूत परिवर्तन नभएको तथा वर्तमानमा भएका परिवर्तनहरु प्रतिक्रियावादी ब्यवस्थाभित्र भएको परिवर्तन भनी निष्कर्ष निकालेका छन्। संसदीय राजनीतिका हिसाबले सबैभन्दा ठूलो दल एमालेले वर्तमान नेपाली समाज आधारभूतरुपमा पूँजीवादी समाज भएको निस्कर्ष निकालेको छ, तर उसले नेपाली कम्युनिष्ट आन्दोलनको भावि कार्यदिशा निर्धारण गर्न अलमल परिरहेको छ। उसले अझै पनि पूरा भईसकेको आफ्नो पुरानो कार्यदिशा बहुदलीय जनवादलाई नै निरन्तरता दिनाले पूँजीवादको बिकास नै उसको कार्यदिशा हुने प्रष्ट देखिन्छ। नेपाली कम्युनिष्ट आन्दोलनको अर्को ठूलो दल एमाओवादीले नेपालमा पूँजीवादी वा जनवादी क्रान्ति मौलिक ढंगले सम्पन्न भएको र अबको कार्यदिशा समाजवाद हुने निष्कर्ष निकाले तापनि समाजवादको मोडेल के हुने रु सोभियत मोडेल जस्तो श्रममा आधारित समाजवाद हुने कि विज्ञान प्रविधिमा आधारित आधुनिक समाजवादी मोडेल हुनेरु समाजवाद प्राप्त गर्न कस्तो बिधि/ साधन प्रयोग गर्नेरु आदि कुरामा अलमलमै परेको देखिन्छ। त्यसैले उसको समाजवादको कार्यदिशा पनि अमूर्त नै छ। अर्कोतर्फ बैद्य, चन्द, मोहनबिक्रमले नेतृत्व गरेका साना कम्युनिष्ट दलहरुले नेपाली समाज अझै पनि अर्ध सामन्ती र अर्धऔपनिबेशिक अवस्थामा रहेकोले नेपाली क्रान्तिको कार्यदिशा फेरी पनि पूँजीवादी वा जनवादी हुने निष्कर्ष निकालेका छन्। नेपाली समाजमा भएका वर्तमान परिवर्तन हुनु पूर्व अधिकांश कम्युनिष्ट दलहरुको कार्यदिशा  नया जनवादी क्रान्ति सम्पन्न गर्नु वा पूर्णता प्रदान गर्नु नै थियो, तर वर्तमानमा आउँदा उनीहरुको कार्यदिशा अलग अलग भएको देखिन्छ। ठोसरुपमा भन्नुपर्दा नेपाली कम्युनिष्टहरु कार्यदिशा निर्माणमा अल्मलिएका छन्।  विश्वमा भएका परिवर्तन र वर्तमानमा नेपालमा भएका परिबर्तनलाई ठोसरुपमा बिश्लेषण गरी नेपाली कम्युनिष्टहरुले आफ्नो कार्यदिशामा एकरुपता नल्याएसम्म नेपाली कम्युनिष्ट आन्दोलन संकटपूर्ण अवस्थाबाट गुज्रनुपर्ने अनिवार्य छ। बिखण्डित कम्युनिष्ट आन्दोलन नेपालको कम्युनिष्ट आन्दोलन बिभाजित अवस्थामा छ। कम्युनिष्ट पार्टीको संख्या कति छ भन्ने कुरा अनुमान मात्र लगाउन सकिन्छ यकिन गर्न कठिन भईसकेको छ। नेपालका कम्युनिष्टहरुले आफ्नो प्रत्येक बिभाजनमा सैध्दान्तिक आधार दिने गर्दछन्, तर एक दुई ओटा फूट बाहेक अन्तर्यमा फूटको आधार  निम्नपूँजीवादी अवसरवादी प्रबृति र पदिय महत्वाकांक्षा भएको देखिन्छ। नेपालको कम्युनिष्ट आन्दोलनमा फूट यति हानिकारक छ कि महाभारतमा यदुबशींय लडाईमा जस्तै एकले अर्कोलाई  राजनीतिकरुपमा मात्र होईन भौतिकरुपमै एक अर्कालाई सिध्याउन पनि पछि परेका छैनन्। बितेको दशबर्षको इतिहासलाई हेर्नेहो भने संविधान निर्माण प्रक्रियामा एमाओवादी बिरुध्द आफ्नो सिध्दान्त र आदर्श बिपरित एमालेको नेपाली कांग्रेससंगको सामिप्यता र गएको संविधानसभाको चुनावमा वैध्य माओवादीले चुनाव बहिस्कार गर्ने आफ्नो पार्टीको नीति बिरुध्द कांग्रेस र एमालेलाई जिताउन र एमाओवादीलाई हराउन हदैसम्म लागेको घटनाले कम्युनिष्टहरु एक अर्कालाई सिध्याउन कसरी लाग्छन् भन्ने कुराका यी त एक दुई ओटा उदाहरण मात्र हुन्। यसरी नेपालका कम्युनिष्टहरु प्रतिक्रियावादी सत्ताका बिरुध्द एकजुट भई लाग्नुको सट्टा आफ्नै मित्रहरुका बिरुध्द निशाना लगाउनुले नेपालको कम्युनिष्ट आन्दोलन कति संकटपूर्ण छ भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ। पछिल्ला दिनमा कम्युनिष्ट आन्दोलनबाट नेपाली समाजका समस्याहरु हल हुन सक्दैन भनी वैचारिकरुपमा असहमति जनाउँदै एमालेबाट अशोक राई र एमाओवादीबाट बाबुराम भट्टराईको बिहिर्गमन घटनाका हिसाबले सामान्य जस्तो लागेता पनि यसले नेपालको कम्युनिष्ट आन्दोलनमा दूरगामी प्रभाव पार्नुका साथै संकटपूर्ण भबिश्यको समेत संकेत गर्दछ।   पूँजीवादबिरुद्ध बैकल्पिक योजनाको अभाव नेपालको राजनीतिको बितेका आठ बर्षमा कम्युनिष्ट आन्दोलनका ५ जना बरिष्ठ नेताहरुलाई झण्डै ६ बर्ष प्रधानमन्त्री भई सरकारको नेतृत्व गर्ने मौका मिल्यो। यसबीचमा बनेका कुनै पनि कम्युनिष्ट प्रधानमन्त्रीहरुले पूँजीवादको बिरुध्दमा वैकल्पिक योजना ल्याउन समेत सकेनन्। नेपालमा पटक पटक सरकारमा पुगेर पनि नेपालका कम्युनिष्टहरुले पूँजीवाद बिरुध्द वैकल्पिक योजना ल्याउनुको सट्टा नव-उदारवादी आर्थिक नीतिका आधारभूत तत्वहरुलाई कार्यान्वयन गर्नमै सीमित हुन पुगे। चुनावी घोषणापत्रमा उल्लेख भएका पूँजीवाद बिरुध्दका सीमित बाचाहरु समेत कार्यान्वयन गर्नु त कता हो कता त्यसलाई स्मरण गर्ने प्रयास समेत गरीएन। हामी यो भन्न सक्छौं कि कार्यक्रमिक हिसावले एउटा कम्युनिष्ट खाली हात आउँछ र खाली हात नै फर्कन्छ भने यो कम्युनिष्ट आन्दोलनका लागि बिडम्बना नै हो। हुन त बिकल्पहरु रातारात निर्माण गर्ने बिषय होईनन्। तर पनि आजको विश्वमा जटिल भन्दा जटिल नव-उदारवादी प्रारुपबाट उत्पन्न प्रभावलाई छिटो भन्दा छिटो आवस्यक मात्रामा न्यूनिकरण गर्न सफल हुनु पर्दछ। यदि नेपालका कम्युनिष्टहरुले पूँजीवादका बिरुध्द वैकल्पिक योजना निर्माण गर्न नसक्ने हो भने नेपालको कम्युनिष्ट राजनीति संकटमा पर्ने देखिन्छ। राजनीतिक नेतृत्वको विश्वसनियता आजको कम्युनिष्ट आन्दोलनमा जनताको सहभागिता घट्दै गएको अनुभूति हुन थालेको छ। यसो हुनुमा  कम्युनिष्ट राजनीतिप्रतिको अबिश्वास भन्दा पनि नेतृत्वको आनी बानी, ब्यवहार र जीवनशैलि हुन सक्छ। नेपाल कम्युनिष्ट पार्टीको स्थापनादेखि दश बर्षे जनयुध्दसम्म कम्युनिष्ट आन्दोलन र  नेतृत्वप्रति आम जनता र यूवाबर्गको अगाढ बिश्वास थियो। नेताको एउटा कासनमा मर्न तयार हुने यूवाहरु हाल राजनीतिको सामान्य प्रक्रियामा समेत सामेल हुन छाडी प्रायस् निश्क्रिय जीवन बिताउन बाध्य भएका छन् भने कोही पारिवारिक जीवन यापनका लागि बैदेशिक रोजगारीमा जान बाध्य भएका छन्। बितेको १० बर्षलाई अध्ययन गर्ने हो भने नेपालको कम्युनिष्ट आन्दोलनले बिरलै मात्र यूवाहरुलाई आकर्षण गर्न सकेको छ, बरु त्यो भन्दा ठूलो मात्रामा राजनीतिबाट यूवाहरुको पलायन भईरहेको छ। यसो हुनुको प्रमुख कारण कम्युनिष्ट राजनीति र नेतृत्वप्रतिको अबिश्वास नै हो। वर्तमान नेतृत्वले आफ्ना आनी बानी, आचरण र कार्यशैलि बेलैमा रुपान्तरण नगर्ने हो र यूवा तथा आम जनसमुदायलाई बिश्वासमा लिन नसक्ने हो भने  नेपालको कम्युनिष्ट आन्दोलनले ठूलो संकटको सामना गर्नु पर्नैमा शंका मानिरहनु पर्दैन। वामपन्थी पार्टीको दक्षिणतर्फको संक्रमण नेपालका सबै कम्युनिष्ट पार्टीहरुलाई वामपन्थी भन्ने गरिन्छ। राजनीतिमा आएको फेरबदलसंगै वामपन्थीको परिभाषा पनि परिवर्तन भईरहन्छ। कुनै बेला वामपन्थी भएका दल बस्तुगत राजनीतिमा आएको परिवर्तनसंगै दक्षिणपन्थी हुन सकक्छन् भने कुनै बेला दक्षिणपन्थी भएका दल वामपन्थी हुन सक्छन्। वर्तमान विश्व परिस्थिति र नेपालको सन्दर्भमा पूँजीवादी ब्यवस्था र नव( उदारवादी शोषणको बिरोध गर्ने दलहरु नै वामपन्थी दलहरु हुन्। नेपालका कतिपय कम्युनिष्ट पार्टीहरु राजनीतिक रुपले यथास्थितिवादी भएको र नव(उदारवादी शोषणको बिरोध समेत नगर्ने भएकाले उनीहरुको चरित्र वामपन्थीबाट दक्षिण तर्फ संक्रमण भएको देखिन्छ। बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा विकल्प बिना वागमति किनारका सुकुम्बासीहरुलाई घरबारबिहिन बनाउनु र एमालेले संविधान निर्माण प्रक्रियामा मधेसी र जनजाति बिरोधी नीति लिनु वामपन्थी पार्टीको दक्षिण तर्फको संक्रमणका सामान्य उदाहरणहरु मात्र हुन्। वामपन्थी पार्टीहरुले आफ्ना दक्षिणपन्थी ब्यवहारहरुलाई बेलैमा नसच्याउने हो र वामपन्थी कार्यदिशा अवलम्वन नगर्ने हो भने नेपालको कम्युनिष्ट राजनीति संकटमा पर्ने देखिन्छ। वर्तमानमा नेपालको कम्युनिष्ट राजनीतिमा अत्यन्तै उदासीनताको वातावरण छ। सामान्य मानिसहरु र आम यूवाहरु परम्परागत कम्युनिष्ट राजनीतिबाट दिक्क भएका छन्। उनीहरु कम्युनिष्ट राजनीतिमा केही  परिवर्तन चाहन्छन्। उनीहरु वर्तमान कम्युनिष्ट राजनीतिमा श्वस्थता र पारदर्शिता चाहन्छन्। त्यसैले नेपालका कम्युनिष्टहरुले नेपाली जनताको बिश्वास आर्जन गर्न तथा समाजवादी क्रान्ति सम्पन्न गर्न तत्काल राजनीतिक कार्यदिशा स्पष्ट गर्नु पर्दछ र बिभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबध्द गर्नुका साथै राजनीतिक नेतृत्वले जनतामा गुमेको बिश्वास आर्जन गर्नु पर्दछ। रुपान्तरित नेतृत्व र वामपन्थी कार्यदिशाले मात्र नेपालको कम्युनिष्ट आन्दोलनले विजय प्राप्त गर्ने छ। यसप्रति सबै कम्युनिष्टहरुको हेक्का रहोस्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies