Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

यसकारण सल्टिएन मुलुकको समस्या

\"barta_madheshi\"काठमाडौं । नयाँ संविधान जारी हुनुभन्दा अघिदेखि सीमांकनमा असन्तुष्टी जनाउँदै मधेसवादी दलहरुले जारी राखेको आन्दोलन पाँच महिना भइसक्दा पनि अझै जारी छ । मधेसी दलहरुले आन्दोलन जारी राखे पनि असोज ३ गते नयाँ संविधान घोषणा गरियो । तर पनि मधेसको आन्दोलन नरोकिएपछि पुनः एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले वार्ता प्रक्रिया थालेको थियो । तर वार्ता थालेको चार महिनाभन्दा बढी भए पनि न त सहमति जुटेको छ न त मधेसको आन्दोलन नै रोकिएको छ । मोर्चासँगै द्विपक्षीय, त्रिपक्षीय तथा कार्यदलस्तरीय गरी सयौं पटक वार्ता र छलफलहरु भए पनि सहमति जुट्न सकेको छैन । मधेसी मोर्चाको अनुसन्तुष्टीकाबीच छिमेकी मुलुक भारतले समेत नेपालको संविधानमा आफ्नो असन्तुष्टी बुँदागत रुपमै राखेको छ । संविधानमा असन्तुष्टीकै कारण मधेस आन्दोलनलाई देखाएर भारतले नाकाबन्दी गरिदिएको छ । झण्डै आधा बर्षसम्म जारी आन्दोलन र यसअघिको विनाशकारी महाभूकम्पले ध्वस्त मुलुकको अवस्था झन भन्दा झन दर्दनाक बन्दै गएको छ । वार्ताबाट नै सहमति खोजिने भन्दै गरेको प्रयास निरर्थक भएपनि संविधान संशोधनबाट मधेसको समस्या सम्बोधन हुने प्रमुख राजनीतिक दलहरुले संविधान संशोधनमा सहमति जुटाउन मोर्चासँग प्रयत्न गरे पनि सहमति जुटेको छैन । तर पनि मोर्चाकै माग सम्बोधन गर्न भन्दै संविधानमा छलफलमा रहेको संविधान संशोधन प्रक्रिया सम्भवतः शनिवारको निर्वाचन प्रक्रियाबाट टुंग्याइँदैछ । मोर्चाको माग सम्बोधन गर्न भन्दै पहिलो पटक संविधानसभाबाट घोषित संविधान संशोधन गर्ने दिनसम्म आइपुग्दासमेत मोर्चासँग सहमति जुटेको छैन । तर प्रमुख दलहरुले भने मोर्चासँग सहमति नजुटे पनि संविधान संशोधन पारित भएपछि सबै समस्या ‘अटोमेटिक’ समाधान हुने प्रवचन दिँदै हिँडेका छन् । तर आन्दोलनरत मोर्चाले भने दलहरुले अहिले गर्न लागेको संशोधनबाट आफ्नो माग सम्बोधन नहुने भन्दै संशोधनको कुनै पनि प्रक्रियामा नै भाग लिएका छैनन् । यसअघि संविधान जारी हुनुअघि पनि संविधान जारी भएपछि सबै समस्या समाधान हुने प्रचारबाजी प्रमुख राजनीतिक दलका नेताहरुले नै गर्दै हिडेका थिए । अहिले पनि मोर्चाले सीमांकनको विषयमा नै आफ्नो मुख्य असन्तुष्टी जाहेर गरेका छन् । जसलाई दलहरुले संविधान संशोधनमार्फत तीन महिनाभित्र आयोगमार्फत टुंगो लगाउने जनाएका छन् । तीन दल र मोर्चाले कार्यदल बनाएर साझा अवधारणा तयार गर्ने बताए पनि असफल भएपछि पछिल्लो तीन दल–मोर्चाको शीर्ष वार्तामा पनि मोर्चाले राखेको पहिलो बुँदाकै माग मधेसमा दुई प्रदेश भन्नेमा सहमति जुटेन । मधेसी मोर्चाले राखेको ११ बुँदे माग पनि दलहरुबीचको छलफलबाट नटुंगिने खालको नभएको उनीहरु नै बताउँछन् । तर सहमति नजुट्नुको जड आम नागरिकलाई बुझ्न कठिन भए पनि प्रमु्ख दलहरुले असहमतिकैबीचबाट मुलुकलाई लतार्दै लैजान चाहेको आशंका गर्न थालिएको छ । आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन नै नहुने खालको संविधान संशोधन किन र कसका लागि गरिँदैछ भन्ने पनि अर्को प्रश्नचिन्ह खडा भएको छ । सहमतिका लागि सहमति राजनीतिक दलहरुले पछिल्लो पटकको असन्तुष्टीलाई सम्बोधन गर्ने विषयमा गरेका जति पनि सहमति केवल सहमतिका लागि सहमति भन्ने मात्रै भएको छ । आन्दोलनरत पक्षको मागलाई यथासिघ्र सहमति गर्ने र सहमतिबाट नै मुलुकको निकास खोज्नै भन्दै प्रम्ख दलहरुले आफूबीच दर्जनौं पटक सहमति गिरिसकेका छन् । ब्यवस्थापिका संसदको बैठकमा पनि सांसदहरुले तराई मधेसमा उठेका मुद्दालाई अघि बढाउन सकारात्मक सोच र सहयोग तथा सहमतिको आवश्यकता औँल्याउँदै आएका छन् । तर भत्काउनै नसकिने गरी खडा भएको अहसमतिमा कहिले सहमति होला भन्ने ठेगान भने लागेको छैन । मधेसी मोर्चाका यी हुन् ११ बुँदे माग ः १. पहिलो संविधानसभाबाट गठित राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँड समिति तथा राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदन तथा मधेसी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायसँग भएका सम्झौता र नेपालको अन्तरिम संविधान–२०६३ को धारा १३८, १ (क) अनुरुप तराई–मधेसमा मेचीदेखि महाकालीसम्म २ स्वायत्त प्रदेश लगायत ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधारमा अन्य स्वायत्त प्रदेशहरु निर्माण हुनुपर्ने । स्वायत्त प्रदेशहरु अधिकार सम्पन्न हुनुपर्ने । २. मौलिक हकमा समुदायगत समानुपातिक समावेशी हुने स्पष्ट व्यवस्थासहितको अलग धाराको व्यवस्था गर्नुपर्ने । ३. सङ्घ, प्रदेश लगायत राज्यको सम्पूर्ण अङ्ग, तह, निकाय र सेवा आयोगहरुमा समानुपातिक समावेशी हुने कुराको प्रत्याभूति हुनुपर्ने । ४. प्रतिनिधि सभाको निर्वाचन क्षेत्र जनसंख्याको आधारमा निर्धारण तथा मिश्रित निर्वाचन प्रणाली अन्तरिम संविधानमा भएको व्यवस्था बमोजिम गर्ने र राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट अनिवार्य प्रतिनिधित्व हुने गरी जनसंख्याको आधारमा प्रदेशको सदस्यहरु प्रदेश सभाको सदस्यहरु मतदाता हुने गरी एकल संक्रमणीय निर्वाचन प्रणालीबाट गठन हुनुपर्ने । ५. वैवाहिक नागरिकताको प्राप्ति सङ्घीय कानूनमा नभई संविधानमा नै स्पष्ट व्यवस्था हुनुपर्ने र संवैधानिक पदहरुमा मनोनित वा निर्वाचित अन्तरिम संविधानको व्यवस्था अनुरुप हुनुपर्ने। ६. न्यायपालिकालाई सङ्घ राज्यको आधारभूत मान्यता अनुरुप सङ्घीय ढाँचामा रुपान्तरित गर्ने तथा सर्वोच्च अदालत, उच्च अदालत र स्थानीय अदालतको नियुक्ति समावेशी समानुपातिक आधारमा गर्नुपर्ने । साथै उच्च अदालत र स्थानीय अदालतको न्यायाधीशहरुको नियुक्ति प्रादेशिक कानून बमोजिम हुनुपर्ने । ७. सङ्घ, प्रदेश र स्थानीय निकायका सबै अङ्गहरुमा बहुभाषिक नीति लागू गर्नुपर्ने । ८. समावेशी आयोगमा सबै समुदायको प्रतिनिधित्व तथा अन्य सबै आयोगहरुको गठन र कार्यक्षेत्र स्पष्ट उल्लेखित हुनुपर्ने । साथै प्राकृतिक श्रोत तथा वित्तीय आयोगमा सबै प्रदेशहरुको प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने । ९. स्थानीय निकाय तथा विशेष संरचनाको गठन प्रादेशिक कानून बमोजिम हुनुपर्ने । १०. नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्दै लोकतान्त्रिकरण गर्ने तथा सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरु समानुपातिक समावेशी गर्नुपर्ने । ११. नेपाललाई एकल राष्ट्रिय राज्यको रुपमा नभई बहुराष्ट्रिय राज्यको रुपमा परिभाषित गर्नुपर्ने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies