१५ घण्टा बत्तीबिहीन बनेका सर्वसाधारणले यस्ता काइते कथन कति पत्यार गर्लान् यो ओली महोदय नै जान्लान् ।ओलीले तुइनलाई तमाम पारेर पुल हाल्ने कसम खाएको प्रधानमन्त्री नियुक्त हुनासाथ हो परन्तु त्यो दिशामा उनले सिन्को भाँच्ने पनि लक्षण देखाएका छैनन् । हावाबाट बिजुली निकाल्ने अनि देश बिजुलीबत्तीको जगमगहाटले धपक्क बाल्ने तथा चुला–चुलामा ग्याँस पाइप पु¥याइदिने प्रतिज्ञाले पनि कम जग हँसाएनन् । मध्यरातमा गौंडा बथानेर एक सिलिण्डर ग्याँसको १० हजार तिरी सास धान्नुपर्ने जनता र १५ घण्टा बत्तीबिहीन बनेका सर्वसाधारणले यस्ता काइते कथन कति पत्यार गर्लान् यो ओली महोदय नै जान्लान् । तथापि उनले जुन उडन्ते कुरा गरेर कुर्सी बचाउने सोच बनाएका छन् त्यो उनको गफ जत्तिकै वाहियात छ ।
भोक लाग्ने बित्तिकै स्विच दबाए ओछ्यानमै खाना आउने प्रविधि जडान गर्छु जस्ता हवाइकल्पना पस्कन थाले भने मनोज गजुरेलदेखि हरिवंश आचार्यसम्म के गरेर जीविकोपार्जन गर्दा हुन् कुन्नि ।हावादारी हल्लाले मान्छे मन्त्रमुग्ध पार्ने जमाना गए भनेर उनलाई कुन परामर्शदाताले सल्लाह देलान् कुन्नि ! बोल्दाबोल्दै उनले भोली टोलटोलमा हवाइमैदान बनाउँछु, आकाशमा स्याउ खेती गरेर देखाउँछु, हरेक सहरी घरका छत र ग्रामीण छाप्राका आँगनमा हेलिप्याड निर्माण गर्छु, भोक लाग्ने बित्तिकै स्विच दबाए ओछ्यानमै खाना आउने प्रविधि जडान गर्छु जस्ता हवाइकल्पना पस्कन थाले भने मनोज गजुरेलदेखि हरिवंश आचार्यसम्म के गरेर जीविकोपार्जन गर्दा हुन् कुन्नि । विषय कम्ती रोचक छैनन् । जसले मधुमास काट्दा पनि जनतालाई एउटा ग्याँसको सिलिण्डर उपलब्ध गराउन सकेको छैन उसले चुलामा ग्याँस पाइप जडान गरिदिन्छु भन्छ भने त्यसको मानसिक सन्तुलनबारे सामान्यजनले आशङ्का गर्ने कि नगर्ने ? [caption id=\"attachment_56912\" align=\"alignleft\" width=\"253\"] लेखक[/caption] बुद्धको समयको कुरा हो– कसैले बुद्धलाई सोध्यो ‘विष के हो ?’ बडो शालीन मुद्रामा बुद्धले जवाफ दिए – ‘हर मानिसको जिन्दगीमा आवश्कताभन्दा बढी हुने हरचीज विष हो– चाहे त्यो तागत होस् वा लालच ; भोक होस् वा भोजन ; धन होस् वा अभिमान ; आलस्यता होस् वा महत्वाकाङ्क्षा ; प्रेम होस् वा घृणा ।’ कतै हाम्रा प्रधानमन्त्री महोदयलाई यस्तै भएको त होइन ? ज्यास्ती अभिमानले पूर्णरुपेण गाँजेको त होइन ? अन्यथा ‘धाकभन्दा धक्कु ठूलो, हिँड्न लाग्यो खुट्टा लुलो’ किन हुन्थ्यो होला र । भनिन्छ, धान पाके निहुरिन्छ, कोदो पाके ठाडो रहन्छ । कतै कोदो पाकेकै रवैया हो उनको भनेर भुइँमान्छेहरुले किन नबुझ्ने ? सामान्य कथनको पनि हेक्का नहुनेले के ठेक्का लिएको होला सिङ्गो राष्ट्रको ? उनलाई हेर्दा यस्तो आभास हुन्छ कि डेभिडसन्ले भनेझैं समस्या रित्तो खल्ती किमार्थ होइन रहेछ बरु समस्या त रित्तो मस्तिष्क र रित्तो हृदय पो रहेछ । यदि यस्तो हुँदैनथ्यो भने उनी अस्थायी पालमा जीवन गुजारेका पीडित जनहरु हिउँको छानामुनि सन्त्रस्त जिन्दगी जिएका बेला उनीहरुको संवेदनामा अमिट चोट पर्ने गरी उटपट्याङ् बात बोल्दैनथे होला । यी सर्वोच्च सारथिलाई हे¥यो भने यस्तो भान हुन्छ मानौंकि दुनियाँमा मान्छेले लगभग सबथोक भेट्टाउँछ, भेट्टाउँदैन भने फगत आफ्नो गल्ती भेट्टाउँदैन ।
अन्यथा ‘धाकभन्दा धक्कु ठूलो, हिँड्न लाग्यो खुट्टा लुलो’ किन हुन्थ्यो होला र । भनिन्छ, धान पाके निहुरिन्छ, कोदो पाके ठाडो रहन्छ ।झण्डैझण्डै यही अनुपातका संवेदनहीन अर्का पूर्व सारथि देखिएका छन् जो आफू त कहिल्यै हाँस्दैनन् परन्तु राजनीतिक क्षेत्रलाई भने धेरथोर हँसाइरहेका छन्, विगत केही समय यता । अरविन्द केजरीवालको मार्गलाई आदर्श मान्दै आत्मसात गर्न तम्सेका यिनी ताउलो, कुम्लो बोकेर त्यतैतिर दौडेका छन् यतिखेर उनकै भाषाको लिगलिगे दौड ।
विद्यावारिधि प्रमाणपत्रधारीले आफ्नो अढाई दशक बिताएको पूर्व पार्टीलाई बाटो बिराएको संज्ञा दिएका त छन्एक दशक चलेको नेपाली जनताको मुक्तियुद्धलाई ‘नेपाली समाजमा गडेर रहेका अनेकौं विभेदलाई चकनाचुर पारेर समतामूलक, समावेशी समाज सिर्जना गर्ने राजनीतिक आन्दोलन, स्विकारेका यी विद्यावारिधि प्रमाणपत्रधारीले आफ्नो अढाई दशक बिताएको पूर्व पार्टीलाई बाटो बिराएको संज्ञा दिएका त छन् तर आफ्नो नयाँ शक्तिको दर्शन र सिद्धान्त भने मुलुकको कायापलट हो मात्र भनेका छन् । त्यस्तो कायापलट गर्ने ब्रहास्त्र भने कहींकतै बकेका छैनन् । निकै मिठो ढङ्गले ‘समावेशी लोकतन्त्र नयाँ शक्तिको मूल राजनैतिक दर्शन, समावेशी विकास मूल आर्थिक दर्शन, सुशासन र सदाचार जीवनशैली एवं भ्रष्टाचारमुक्त समाजको परिकल्पना मूल मन्त्र’ भएको सगर्व घोषणा गरेका उनले त्यो प्राप्त गर्ने विधि भने ओलीको हावाबाट निकाल्ने बिजुलीभन्दा कुनै मानेमा पनि पृथक भेटिन्न । पूर्व पार्टीलाई भ्रष्टाचारी करार गरेका उनका अधिकांश अनुयायी कहीं न कहीं गन्हाएका व्यक्तिहरु छन् जसको छत्रछायाँमा उनले भ्रष्टाचारमुक्त समाजको परिकल्पना गरेका छन् । उनकी आफ्नै जीवनसङ्गीनीले त्यस्ता पात्रहरुको नेतृत्व गरेकी थिइन् भनेर प्रचारवाजीमा आएका कुरालाई उनले कहींकतै खण्डन गरेको भेटिन्न । फेरि उनी कुन दर्शन वा वादको टेको टेकेर यी यावत् कुराको परिकल्पना गरेका होलान् भनेर कसैले सुइँकोसम्म पाएका छैनन् । हावामा हजारौं महल खडा गर्न तम्सेका उनका हवाइकल्पनालाई पत्यार गरिहाल्ने आधार नभएकै कारण उनले न्युक्लियस घोषणा गरे पनि पार्टी घोषणा गर्न आनाकानी गरेका हुन सक्छन् । पार्टीमा रहँदा सधैं दाहिने मेलो लिने गरेका यिनले कुन दर्शनलाई आधार बनाएर पार्टी गठन गर्ने भन्नेमा आफैं कुहिराको काग बनेको अनुमान गर्न पनि हम्मे पर्दैन ।
पार्टीमा रहँदा सधैं दाहिने मेलो लिने गरेका यिनले कुन दर्शनलाई आधार बनाएर पार्टी गठन गर्ने भन्नेमा आफैं कुहिराको काग बनेको अनुमान गर्न पनि हम्मे पर्दैन ।गोरेटोविनाको गन्तव्य दुर्घटित हुने आकलन गरेकैले हुनसक्छ एक समय जुन तहको उनको चुरीफुरी र ताउरमाउर देखिन्थ्यो अहिले त्यो ओरालिएको अनुभूत हुन्छ । लगभग १५ हजार नेपाली सपूतहरुको बलिदानलाई दुत्कारेर कोर्न खोजेको मार्गचित्र कति समावेशी लोकतन्त्रको पहरेदार बन्ने हो त्यो त समयले बताउला परन्तु एउटा कुरा चाहिँ पक्कापक्की छ कि देशलाई अस्थिर पार्न चाहने नेपथ्यका नायकहरु उनको यो कदमबाट भारी पुलकित हुनेछन् ।
प्रतिकृया लेख्नुहोस्: