Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

माओवादी एकता यसकारण हुन्छ, यसकारण हुँदैन

\"prachanda_mohanकाठमाडौं । जनयुद्धपछिको पहिलो संविधानसभासम्म आइपुग्दा एक रहेका माओवादी शक्तिहरु त्यसपछि छिन्नभिन्न अवस्थामा पुगे । माओवादी छिन्न भिन्न हुँदै गए पनि डा.बाबुराम भट्टराईबाहेक सबैलाई आफूलाई माओवादी नै भन्ने गरेका छन् । थोरै धेरै सबै माओवादीहरु अस्तित्वमै छन् । तर माओवादी छिन्न भिन्न हुँदै गइएपछि अब माओवादीको अस्तित्व नै नरहने हो कि भन्नेमा चिन्ता बढ्दै गएको छ । एकले अर्कोलाई लगाउने गरेको आरोप प्रत्यारोप केवल प्रतिशोधका लागि मात्रै हो कि भन्ने सबैजसो माओवादीका कार्यकर्ताहरुलाई लागिरहेको छ । त्यसैले पछिल्लो समय माओवादी कार्यकर्ताहरु माओवादी पार्टीहरुबीचको एकतामा जोड दिँदै आएका छन् भने नेताहरुले पनि एकताका लागि पहल थालेका छन् । खासगरी माओवादीहरुले संसदीय राजनीतिलाई केवल उपयोग मात्रै गर्ने भन्दै आएका थिए । संसद भनेको ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो’ भन्ने माओको उद्दरण कुनैबेला माओवादीले कार्यकर्तालाई रटान लगाएको थियो । तर अहिले संविधानसभाबाट नयाँ संविधान जारी गरिसकेको अवस्थामा भने एउटा माओवादी संसदीय ब्यवस्थालाई उपयोग मात्रै गर्ने कि संसदीय ब्यवस्थामै रमाउने भन्नेमा अन्योल छ भने अरु माओवादी संसदीय ब्यवस्थालाई स्वीकार गर्नै नसक्ने रटान लगाउँदै हिँडेका छन् । छुट्टाभिन्न भएका माओवादीहरुले आफूहरुको विभाजनको कारण माओवादी शक्ति नै कमजोर भएको स्वीकार गरे पनि एकताको जस खोजिरहेका छन् । एमाओवादी अध्यक्ष विचारबाट च्यूत भएको आरोप लगाउँदै पारपाचुके गरेका वैद्यहरुले फेरि के भनेर एकता गर्ने भन्ने कारण खोजिरहेका छन् भने विप्लवले फेरि पनि सशस्त्र क्रान्तिको हौवा पिटेकोले फेरि कुन नैतिकताले फर्किने भन्ने दोमनमा छन् । प्रचण्ड नेतृत्वको एमाओवादी भने बाबुराम भट्टराईले समेत साथ छाडेपछि उनको नयाँ शक्ति भन्दा बलियो शक्ति बनाउनकै लागि एकता आवश्यक ठानेको छ । यसकारण एकता हुन सक्छ माओवादी नेताहरुको जस्तोसुकै प्रतिशोध भए पनि अन्नतः मिल्नुको विकल्प छैन । माओवादी विभाजनले माओवादीलाई कमजोर मात्रै बनाएको छैन, विसर्जन र विघटनकै दिशामा लगेको सबै माओवादी नेताहरुमा चिन्ता देखिन्छ । लामो समय माक्र्सवाद, लेनिनवाद, माओवादीको दर्शन छाँटेर हिँडेका बाबुरामले अब मालेमावादको नाम भजाउनु आवश्यक नभएको भन्दै सबै विचारका मानिसहरुको भिँड जम्मा गरेर नयाँ शक्ति बनाउँदै छन् । जनवादी क्रान्ति सम्पन्न पर्ने अभिष्ट बोकेको ब्यक्ति नै माओवादी शक्तिलाई सिध्याउनेतिर लागेकैले पनि अब माओवादी शक्तिहरु एक हुनुपर्ने मत सबैमा देखिन्छ । यतिबेला राष्ट्रियता स्वाधिनतासमेत खतरामा परेको सबै माओवादी नेताको बुझाइ छ । त्यसैले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि पनि माओवादी एकता आवश्यक रहेको वैद्य माओवादीका सचिवालय सदस्य देव गुरुङ बताउँछन् । एकले अर्कोलाई सत्तोसराप गरेर अंशबण्डा गरे पनि ब्यवहारतः फुटको औचित्य कसैले पनि पुष्टी गर्न नसकेपछि कार्यकर्ताको दबाब मात्र होइन, जनयुद्धकालिन मुद्दाहरुलाई एकपछि अर्को गरी ब्युँताउने कामले पनि माओवादी शक्तिहरुलाई एक ठाउँमा ल्याउन बल पुर्याएको छ । संसदीय ब्यवस्थालाई उपयोग गर्ने सवालमा पनि बाबुरामले माओवादी नै छाडेपछि एमाओवादीमा पनि बाबुरामको लोकतान्त्रिक गणतन्त्रको अवधारणा सकिएको वैद्य माओवादी तर्क गर्छन् । त्यसैले बाबुरामको बर्हिगमन माओवादी एकताका लागि राम्रो अवसर भएको पनि वैद्य माओवादीका नेताहरुको बुझाइ छ । यसकारण एकता मुश्किल माओवादी विभाजनले गर्दा आफूहरुको राजनीतिक शक्ति कमजोर भएको सबैलाई लागे पनि एकताका लागि चोर दुलोको खोजी सबैले गरेकै छन् । तर बाहिरतिर कार्यकर्तालाई भने सिद्धान्तनिष्ठ एकता मात्रै सम्भव भएको भन्दै भुलभुलैयामा पारेका छन् । एमाओवादीबाट छुट्टिएर गएको वैद्य माओवादीले केही समयअघि मात्रै परि थापासँग एकता गरेको छ । परिसँगको एकतापछि एकताको शुरुवात भइसकेको र अब छिट्टै एमाओवादीसँग पनि एकता हुने नेताहरुले सार्वजनिक अभिब्यक्ति नै दिए । एमाओवादीबाट छुट्टिएर दोस्रो संविधानसभा नै बहिष्कार गरेको वैद्य–विप्लवहरुले संविधानसभाबाट जारी गरिएको नयाँ संविधानलाई अस्वीकार गरिसकेका छन् । तर एमाओवादीले भने आफूहरुको बलमा मात्रै जारी भएको संविधान ऐतिहासिक भएको जनाएको छ । एमाओवादीको हेटौंडा महाधिवेशनबाटै मुलतः जनवादी क्रान्ति पूरा भइसकेकोले अब समाजवादी क्रान्तिमा जानुपर्ने तर्क गर्दै आएको छ भने वैद्य–विप्लवहरुले जनवादी क्रान्ति नै सम्पन्न नभएको बताइरहेका छन् । मिलनविन्दुको खोजी जसले जसलाई जे आरोप लगाए पनि मुलुतः सबै माओवादीहरु एकताको मिलनविन्दु खोजीरहेका छन् । एक वर्षअघि मात्रै वैद्यले पनि क्रान्ति गरेनन् भन्दै छुट्टिएका विप्लवले फेरि एकताको प्रस्ताव लिएर केही समयअघि मात्रै वैद्यसँग पुगेका थिए । एकातर्फ तत्कालै सशस्त्र क्रान्तिको रटान लगाए पनि अर्कोतर्फ बैद्यसँग खुसुक्क भेटेर विप्लवले वैद्यलाई गरेको एकताको प्रस्ताव चानचुने विषय हुनै सक्दैन । तत्काल माओवादी एकतामा जोड दिँदै आएको वैद्यको ३८ जनाको सचिवालय वैठक त्यही एकताको मिलनविन्दु खोज्दै १० दिनदेखि आन्तरिक छलफलमा छन् । एकता एकता भनेर मात्रै नहुने सिद्धान्तनिष्ट एकता हुनुपर्यो नि भन्नै अध्यक्ष वैद्य वैठकमै पड्किएको स्रोत बताउँछ । सारतः गणतन्त्रको स्थापना, संविधानसभा र नयाँ संविधानसमेत जारी भइसकेको अवस्थामा ‘जनयुद्धको जगमा जनविद्रोह’ भन्ने वैद्यको दस्तावेज जस्तै प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्ने उद्घोषका साथ फेरि पनि माओवादीहरु एक ठाउँमा उभिनु अहिलेको आवश्यकता हुने कार्यकर्ताहरुको जोड देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies