Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

क्यान इन्फोटेक मेला आजदेखि शुरु

\"CAN काठमाडौं । सूचना प्रविधि क्यान इन्फोटेक मेला शुक्रबारदेखि शुरु भएको छ । क्यान इन्फोटेक मेलाको यो २२ औं संस्करण हो । कम्युटर तथा सूचना प्रविधि सम्बन्धी सामग्रीहरुको प्रदर्शन स्वरुप कम्प्युटर एशोसियन अफ नेपाल (क्यान)ले हरेक वर्ष क्यान इन्फोटेक मेला सञ्चालन गर्दै आएको छ । शुक्रबारदेखि शुरु मेला ६ दिन सम्म चल्ने क्यान अध्यक्ष विनोद ढकालले बताए । यसपटक मेलाको नाम ‘सुविसु क्यान इन्फोटेक–२०१६ इन एसोसिएसन विथ हुवावे’ तय गरिएको छ ।  महोत्सवमा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा तथा हल बाहिर ३ वटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहने तथा ट्रसमा १ सय ४, ओपन स्पेसमा १४, फुड स्टल १० गरी कुल १ सय ८० वटा स्टल रहने आयोजक क्यान महासंघले जनाएको छ । मेलामा करिब १ सय कम्पनीले आफ्ना उत्पादन तथा प्रविधिका बारेमा उपभोक्ताहरूलाई जानकारी गराउनेछन् । प्रदर्शनीमा कम्प्युटर हार्डवेयर विक्री तथा मर्मत, पावर सोलुसन्स, नेटवर्किङ उपकरण तथा प्रविधि, मोबाइल एसेसरिज, डिलर डिस्ट्रीब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, सफ्टवेयर सोलुसन्स लगायतका प्रविधिहरुका स्टल राखिएका छन् । मेलामा डेस्कटप एवं ल्यापटप कम्प्युटर, नोटबुक, मोबाइल फोन सेट, ट्याब्लेट–फ्याब्लेट पिसी, प्रिन्टर, क्यामेरा, मोनिटर, प्रोजेक्टर लगायतका उपकरणहरुको विक्री तथा जानकारी दिइनेछ । आइसिटी कलेजले पनि सूचना प्रविधि सम्बन्धी जानकारी दिने उद्देश्यले स्टल राखेको छ । प्रदर्शन अवधिमध्ये माघ १७ गते आइतबार ‘विजनेस डे’ का रुपमा व्यवसायिक समूहले आफ्नो व्यवसाय प्रवद्र्धनका निम्ति आफ्ना डिलर तथा लक्षित उपभोक्तासँग सोझै डिल गर्न पाउने बताइएको छ । इन्फोटेक अवलोकनका निम्ति सर्वसाधारणलाई प्रवेश शुल्क १ सय तथा विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । मेला अवलोकनका लागि अनलाइन टिकटको व्यवस्था मिलाइएको छ । अनलाइन टिकटमा २० प्रतिशत छुट प्रदान गरिएको छ । क्यान डट ओआरजी डट एनपी तथा क्यानइन्फोटेक डट ओआरजी डट एनपीमा लग इन गरी टिकट खरिद गर्न सकिने ब्यवस्था मिलाइएको छ । मोबाइलको म्यासेज बक्समा क्यान स्पेस आफूले खरिद गर्न चाहेको सामान, ब्रान्डको नाम वा सर्भिसको नाम टाइप गरेर ५००१ मा सन्देश पठाए तत्कालै त्यसको प्रतिउत्तर पाइने ब्यवस्थासमेत मिलाइएको आयोजकले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending