Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

देशको अर्थतन्त्र बिदेशीको कव्जामा :पूर्व राज्यमन्त्री खेवा

काठमाडौं । पूर्व अर्थराज्य मन्त्री हरीराज खेवाले देशको अर्थतन्त्र बिदेशीको कव्जामा गएकाले देशको आर्थिक बिकास हुन नसकेको बताएका छन् । जनज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटाको तेश्रो बार्षिक साधारण सभामा बोल्दै खेवाले यस्तो बताएका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खेवाले भने “०४७ सालको प्रजातन्त्र बहाली संगै देशले खुला अर्थनीति अपनाएपछि ठूला पूँजीको लगानी बिदेशीको कव्जामा गएकोले देशमा आर्थिक बिकास भएन ।” देशका राष्ट्रिय पूँजीपतिलाई लगानीको मुलधारमा नल्याए सम्म बिदेशी लगानीकर्ताहरुलाई मात्र भित्राएर देशको अर्थतन्त्रको बिकास हुन नसक्ने उनले बताए । \"FB_IMG_14542145860204571-640\" ठूला लगानी कर्ता र बैकहरु जनता पुग्न नसकेको अबस्थामा सहकारी स्थाहरुको भूमिका महत्वपूर्ण रहेकोले नै सहकारी देशको ३ खम्बे अर्थनीतिमा एक खम्बा भएको उनले बताए । नयां संविधान संस्थागत गर्ने क्रम संगै सबै दलको लक्ष देशमा आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने भएकोले स्वाधिन अर्थतन्त्रको बिकासमा सहकारीको प्रमुख भुमिकाको रहने खेवाको तर्क छ । साधारणसभामा संस्थाले १ करोड ३७ लाख ८१ ह्जार २ सय ३५ रुपैया बरावरको कारोवार गरेको जानकारी दिएको छ । ३ सय २५ जना बचत कर्ता रहेको यस संस्थाले मुनाफा भएको ४३ हजार १ सय ८ रुपैंया बोनस बाँडेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष बिकास घिमिरेले नगरका ६ वटा बिद्यालयहरुलाई १५ हजार बरावरको प्राथमिक उपचारका लागि स्वास्थ्य सामाग्री प्रदान गरेका थिए । सहकारीमा उत्कृष्ट कारोबार गरेबापत १६ जना बचतकर्ता तथा ऋणीहरुलाई सहकारीले सम्मान गरेको छ भने सहकारीका ३ जना कर्मचारीलाई पनि सम्मान गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending