Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

विप्लव र सीके राउतको गतिविधिमा ओली संशकित

\"samyantraकाठमाडौं । उच्च स्तरीय राजनीतिक संयन्त्रको आइतबार बेलुका बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव माओवादी र सीके राउतको गतिविधिमाथि प्रश्न उठाएका छन् । सरकारको कामकारबाही प्रभावकारी नभएकोबारे छलफल गर्न बसेको बैठकमा प्रधानमन्त्री ओलीले विप्लव हिंसात्मक गतिविधिमा लागेको र राउत पृथकीकरणमा लागेको संकेत गरे । विप्लव र राउतप्रति संकेत गर्दै ओलीले हिंसात्मक र पृथकीकरणकाविरुद्ध राष्ट्रवादी शक्तिहरुको एकतामा जोड दिए । ओलीले गम्भीरतापूर्वक विप्लव र राउतको बारेमा कुरा उठाएपछि संयन्त्रको बैठकले सरकारमा रहेका दलहरुबीच एकता कायम राख्ने निर्णय गरेको छ । मोर्चा र भारतसँग संवाद जारी राख्ने संयन्त्रको बैठकले मधेस समस्या समाधान गर्न वार्ता र छलफललाई जारी राख्ने निर्णय पनि गरेको छ । नाकाको अवरोध हटाउन मधेसी मोर्चासँग कुरा गर्ने र भारतसँग पनि पहल गर्र्ने निर्णय भएको एमाओवादी महासचिव कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा समिति संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय संकटमा कांग्रेसलाई पनि साथै लिएर जानुपर्ने धारणा राखेका थिए । राष्ट्रिय हितका विपक्षमा सम्झौता नगर्न सुझाव उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकले प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणमा राष्ट्रिय हितका विपक्षमा कुनै पनि सम्झौता नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । बैठकले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध सुमधुर बनाउने तथा राष्ट्रिय हितका विपक्षमा सहमति र सम्झौता नगर्ने निर्णय गरेको महराले बताए । सरकारको काम प्रभावकारी र परिणाममुखी नभएको भन्दै सत्ता साझेदार दल एमाओवादी वैठकमा सरकारको आलोचना भएपछि संयन्त्रका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बैठक डाकेका थिए । आइतबार विहान बसेको बैठकमा संयन्त्रका संयोजक प्रचण्डले सरकारको कामकारवाही, प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, सीमामा जारी नाकावन्दी, मधेस आन्दोलन लगायतको एजेण्डा प्रस्तुत गरेका थिए । उक्त एजेण्डामाथि छलफल गर्न समय नभएको भन्दै विहानको वैठक स्थगित गरिएको थियो । सरकारको काम कारवाही प्रभावकारी बनाउने विषयमा बहस भए पनि आइतबार बेलुकाको बैठकले भने असहज अवस्थामा पनि सरकारले काम गरेको भन्दै धन्यवाद दिएको एमाओवादी महासचिव महराले जानकारी दिए । यद्यपी सरकारको काम अझै प्रभावकारी बनाउनु पर्ने पनि संयन्त्रले प्रधानमन्त्रीलाई सुझाव दिएको एमाओवादी महासचिव महराले बताए । सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेको र परिणामुखी प्रभावकारी काम नगरेको भन्दै एमाओवादी स्थायी समितिको बैठकले प्रधानमन्त्रीसँग संयन्त्रका संयोजकको हैसियतमा प्रधानमन्त्रीसँग छलफल गर्ने र संयन्त्रको वैठक बसालेर सरकारको सकारात्मक योजना बनाउन निर्देशन दिएको थियो । प्रचण्डले शनिबार प्रधानमन्त्री ओलीसित भेटेर संयन्त्रको बैठक बोलाउने तय गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending