Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

काठमाडौं–मधेस शीत युद्ध !

\"Map-nepal\" काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले शनिवार राजधानीमा आयोजित एक साक्षात्कारमा जारी मधेस आन्दोलन वर्षौसम्म पनि जान सक्ने बताए । अब बस्ने मोर्चाको बैठकले अहिलेसम्म भएका सीमा नाका धर्ना तथा समग्र मधेस आन्दोलनको समीक्षा गर्नुका साथै आन्दोलनको स्वरुप पनि बदलिन सक्ने तर आन्दोलन नरोकिने स्पष्ट गरे । नयाँ संविधान जारी हुनुअघि नै सीमांकनको विषयमा मुख्य अन्तुष्टी राख्दै तराई–मधेसमा आन्दोलन चर्कियो । तराई–मधेसका आन्दोलनकै कारण भारतले अघोषित रुपमा नाकाबन्दी नै गरिदियो । नाकाबन्दीको कारण उत्पन्न संकटबाट मुलुक पार हुन सकेको छैन । तराई–मधेसमा जारी आन्दोलनलाई मत्थर पार्न भन्दै खासगरी प्रमुख तीन राजनीतिक दलहरुको सहमतिमा नै संविधान जारी भएको चार महिनामै संशोधन गरियो । तराई–मधेसमा असन्तुष्ट पक्षको माग सम्बोधन गर्नकै लागि संविधान संशोधन मात्रै विकल्प भएको भन्दै संशोधन गरियो । संविधान संशोधन प्रस्ताव पारित भएकै दिन भारतीय नाकाबन्दी खुल्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक अभियब्यक्ति दिए । प्रमुख तीन दलका अन्य नेताहरुले पनि तर संविधान संशोधन भएपछि मधेस आन्दोलन पनि मत्थर हुने र भारतीय नाकाबन्दी पनि हट्ने दाबी गरे । आन्दोलनरत पक्षको माग सम्बोधन गर्न भन्दै गरिएको संशोधनमा मधेसवादी दलहरु मात्र होइन, थारुवान÷थरुहटले पनि स्वीकार गर्न सकेन । प्रमुख दलका नेताहरुले संविधान संशोधनपछि यतिसम्म भने कि मोर्चाले बाहिर मात्रै ब्यक्त नगरेको हो, संविधान संशोधनपछि मोर्चा भित्रभित्र खुशी छ भन्न समेत छाडेनन् । सहमति हुन्छ, सहमति नजिक पुगिसक्यो, अब हस्ताक्षर मात्र गर्न बाँकी छ जस्ता कुरा गर्दै नेताहरुले चार महिना बढी विताइसकेका छन् । यसले दलहरुको कस्को चाहनामा संविधान संशोधन गरेका छन्, र समस्याको निकास निकाल्नतिर किन लागेका छैनन् भन्ने गम्भीर विषय बनेको छ । संविधान संशोधन हुनुअघिबाट रोकिएको मोर्चासँगको संवादको वातावरण मिलाउन भन्दै कांग्रेस सभापति सुशील कोइरालाले पहल त शुरु गरेका छन्, त्यो कत्तिको फलदायी हुन्छ भन्न मुश्किल छ । मोर्चाका केही नेताहरुले नाकाको धर्नाको कार्यक्रम हटाएर आन्दोलनको स्वरुप बदलिने संकेत दिएपछि सबै नाकाबन्दी खुल्ने भो र संकट हट्ने भो भन्ने सत्तारुढ दलहरु तर्क छ । तर आन्दोलन नरोकिने बताउँदै आएको मोर्चाले नाकाको धर्नाबाट हटाएर मुलुकको राजनीतिक समस्या समाधान हुन सक्ने अवस्था छैन । मधेस र काठमाडौंका तुष झन् झन् बढ्दै गएको छ । काठमाडौं र मधेसको तुष यतिसम्म बढ्दै गएको छ कि मधेसका नेताहरु भारतको विहारतिर सहयोग खोज्दै हिडेका छन् भने प्रमुख राजनीतिक दलका नेताहरु काठमाडौंकै सेरोफेरोमा रुमल्लिरहेका छन् । सत्तारुढ दल मधेसलाई मनाउने भारतले मात्र हो भन्ने निश्कर्षमा अब भारतसँगै सम्बन्ध बढाउनुको विकल्प नभएको भन्दै सम्बन्ध विस्तारका लागि चार सदस्यीय विज्ञ समूह नै बनाएका छन् । हुनत मधेसको आन्दोलन मात्र होइन, समग्र नेपालको राजनीति नै दिल्ली केन्द्रित छ । यो वा त्यो पार्टी सरकारमा भएको बेला आफू विपक्षमा रहँदा सबैजसो नेताहरुले सरकारको साँचो दिल्लीको हातमा रहेको भाषणबाजी गर्ने गरेका छन् । भूकम्पले ध्वस्त बनेको मुलुक पछिल्लो भारतीय नाकाबन्दी र मधेस आन्दोलनले झनै थिलोथिलो भएको छ । मुलुकको अर्थतन्त्र ओरालो लागि रहेको छ भने संयुक्त राष्ट्र संघ लगायतले नेपाल गम्भीर खतरामा रहेको बताइसकेको छ । मुलुकका गणतन्त्रका हिमायती भनिने राजनीतिक दलका नेताहरुको अर्कमन्यताको कारण काठमाडौं–मधेसको शीतयुद्धले मुलुक हाइटी बन्ने खतरा बढ्दै गएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending