Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

२४ करोड सम्पत्तिका मालिक अवालेलाई भूमाफियाले डुबाएपछि ...

काठमाडौं । उमेरले ६० कटिसकेका रोग र तनावले ग्रस्त गणेशलाल अवाले अाफ्नाे गुमेको जग्गा फर्कने झिनो आशामा काठमाडौंका दर्जनभन्दा बढि अड्डा अदालत धाइरहेका छन् । तर, भूमाफियाले प्रहरी, गुण्डा र प्रशासनको आडमा आफ्नो घर भत्काइरहेको अवाले गुनासो गर्छन् । [caption id=\"attachment_57730\" align=\"alignleft\" width=\"466\"]\"डाेजर डाेजर लगाएर भत्काइएकाे गणेश अवालेकाे घर[/caption] अवालेका अनुसार काठमाडौंका मलका ठेकेदार प्रविर शम्सेर राणाले मिनभवनस्थित नेपाल कमर्श क्याम्पसको पूर्वतर्फ गणेश अवालेको नाममा रहेको ३–८–३–१ जग्गा र घर समेत पम्फी भनिने प्रविर शम्सेर जबरा, नारायणबहादुर कार्की र मनोज मिश्र समेतले सुरुमा अवालेको उक्त जग्गामा विशाल अपार्टमेन्ट बनाएर बिक्री गर्ने प्रलोभन देखाएका थिए । सोही प्रलोभनका कारण उनी जग्गा दिन राजी भए । गणेश अवालेले जग्गा दिने, नारायणबहादुर कार्कीसहितले जग्गामा अपार्टमेन्ट बनाउन लगानी गर्ने, नपुगेको पैसा बैंकबाट निकाल्न गणेश अवालेले दृष्टिबन्धक गरी दिने करारनामा बन्यो । २०६१ साल चैत्र १९ गते सोही जग्गा मध्ये २–८–३–१ क्षेत्रफलमा अपार्टमेन्ट बनाउने, जग्गाको मूल्य अपार्टमेन्ट बिक्री भईसकेपछि फिर्ता गर्ने र सो प्रयोजनको लागि विभिन्न बैंक तथा वित्तिय संस्थामा दृष्टिबन्धक धितो पार्न गर्न अवाल राजी हुने भन्ने व्यहोराको तीन पेज लामो सम्झौतामा नारायणबहादुर कार्कीले हस्ताक्षर गरे । सो सम्झौताको साक्षीको रुपमा मनोज मिश्र समेत सहभागी थिए । तर, २०६२ साल जग्गा दृष्टिबन्ध धितोमा राख्ने भन्दै ललितपुर निवासी प्रबल सम्शेर जबराको छोरा तथा किरण शम्सेर जबराको नाती प्रबिर शम्सेर जबराको नाममा रजिष्ट्रेसन पास गराइयो । त्यसपछि प्रविर शम्सेरले उक्त जग्गा मनोज मिश्रको कम्पनी प्रमा डेभलपर्सको नाममा पास गरिदिए । सबैतिर सेटिङ गरिएको सो जग्गा नारायणबहादुर कार्कीको योजनामा अवालेलाई झुक्याएर अपार्टमेन्ट बनाउन बैंकबाट ऋण लिन भनि दृष्टिबन्धक पास गरेको देखाई डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीको समेत मिलेमतोमा रजिष्ट्रेशन पास गरेको खुलेको छ । सो कुरा अवालका परिवारले जग्गा विभिन्न व्यक्तिले बैंकमा धितो राखी लिलामी हुने बेलामा मात्रै चाल पाएको बताउँछन् । मिनभवन क्याम्पसमा ३० बर्ष पिउन काम गरेको अवालको परिवारले पुर्खौदेखि मछिन्द्रनाथ गुठीको जग्गामा खेती गर्दै आई पछि निखनेका थिए । मिनभवनमा अग्लो पानीट्याङ्की बनेसँगै भूमाफियाको आँखामा परेको सो जग्गा विभिन्न षडयन्त्र गरेर खाईदिएको पीडित गणेश अवाल बताउँछन् । हाल काठमाडौं मलका सञ्चालक समेत रहेका प्रबिर सम्शेर जबरा समेतको मिलेमतोमा नारायणबहादुर कार्की र मनोज मिश्र समेतको मिलेमतोमा दृष्टिबन्धक भनि झुक्याएर रजिष्ट्रेशन पास गरिएको जग्गा अहिले इन्टरनेशनल डेभलपमेन्ट बैंकबाट ऋण लिएको अवस्थामा फेला परेको छ । केही समयअघि कुमारी बैंकबाट लिलाम भएको सो जग्गा काभ्रे कुशादेवी घर भएका रामकृष्ण हुमागाईको नाममा इन्टरनेशनल डेभलपमेन्ट बैंकको नाममा ऋण लिएको फेला परेको हो । \"ganesh सो जग्गामा अपार्टमेन्ट बनाउने र दृष्टिबन्धक गरिदिन गणेश अवाललाई मञ्जुरी गराई सम्झौता पत्रको साक्षी मनोज मिश्रको नाममा जग्गा पास भई गएको देखिन आएको छ । मालपोत कार्यालय डिल्लीबजारमा फेला परेको कागजात अनुसार दृष्टिबन्धक भन्दै गणेश अवालको नामबाट र.नं ११९७७ (क) मार्फत प्रबिर सम्शेर जबराको नाममा गएको देखिएको छ भने र प्रबिर सम्शेर जबराको नामबाट र.नं ४६४४ (घ) मार्फत मनोज मिश्र सञ्चालक रहेको प्रमा डेभलपर्सको नाममा जग्गा नामसारी भई गएको देखिन्छ । झुक्याएर, करार सम्झौता भन्दा बाहिर गएर गरिएको सम्झौता बदर हुने त्रासले मनोजकुमार मिश्र तथा नारायणबहादुर कार्कीले जग्गा कायम रहेको कम्पनी प्रमा डेभलपर्सको सञ्चालकहरु पटक पटक परिवर्तन गरेको देखिएको छ । सो क्रममा विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई समेत फसाएको प्राप्त कागजातबाट खुल्न आएको छ । आफैले गणेश अवाललाई अपार्टमेन्ट बनाउन विभिन्न बैंक तथा वित्तिय संस्थाबाट ऋण लिन दृष्टिबन्धक पास गरि दिन जग्गाधनी गणेश अवाललाई मञ्जुर गराई सम्झौता पत्रमा हस्ताक्षर गर्ने मनोज मिश्रकै नाममा जग्गा घुमीफिरी आएबाट समेत उक्त जग्गा रजिष्ट्रेशन पासमा कैफियत फेला परेको हो । कैफियतयुक्त सो जग्गाको सम्बन्धमा विभिन्न डेढ दर्जन मुद्दा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । जालसाँझी गरिएको भनिएको उक्त जग्गामा पछिल्लो समय आफ्नो दावी गर्न आएका काभ्रेका रामकृष्ण हुमागाईले आफ्ना छोरा प्रकाशलाई दुई दिन थुनाएको समेत पीडित गणेश अवाल बताउँछन् । पछिल्लो साता गणेश अवालको घर नै डोजर लगाएर भत्काईदिएपछि जीउ धनको सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन् । मानिस भित्र बसिरहेको समयमा भूमाफियाले डोजर लगाएर घर भत्काएको अवालले आरोप लगाए । अदालतमा मुद्दा चलिरहेको जग्गामा यतिबेला जग्गा किनिएको भन्दै बाहिर आएका रामकृष्ण हुमागाईले प्रहरी लगाएर घर खाली गर्न धम्की दिनुका साथै घरमा समेत डोजर लगाएको अवालेको भनाइ छ । साढे तीन रोपनी जग्गा अर्थात हालको बजार मूल्य अनुसार करिब २४ करोड सम्पत्तिका मालिक रहेका अवाले आफ्नो जमिन फिर्ता गरिदिन हारगुहार गर्दै हिडेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending